158Shares

नमस्कार मेरो यात्रा सस्करण कहाँबाट सुरु गरौ । मैले बिगतको दिनहरुमा धेरै यात्रा गरेको छु सो को तुलनामा यसपटकको यात्राको अनुभव भने छुटै र एक नयाँ अनुभवको रुपमा नबिर्सने लायकको रह्यो । जुन आज तपाईहरु माझ यात्रा संस्करण लेख मार्फत जस्ताको त्यस्तै राख्दैछु । अहिलेसम्म मैले गरेको यात्राहरूको तुलनामा यो यात्रा अलि लामो नै हो भन्नु पर्छ। धरानबाट पाल्पा र अन्य स्थानहरुको हाम्रो यो ५ दिने यात्रा मेरो लागी केही सिकाई र केही भोगाईमा परिणत भएतापनि मैले बिशुद्ध रुपमा धरानको पर्यटनलाई कसरी प्रर्बद्धन गर्न सकिन्छ र त्यसका लागी मैले भ्रमण गर्ने अन्य जिल्लाहरुले आ आफना स्थानमा के कसरी पर्यटनमा काम गरेका छन सो को जानकारी लिदै सिंगो धरानलाई सुझाव दिनै नै थियो ।

सर्वप्रथम त यो यात्रामा सहभागीता गराई यात्रा गराउनुहुने धरान वडा नं १३ का वडा अध्यक्ष नेत्र काफले र यात्रा नेतृत्वको रुपमा बिचबिचमा भुमिका निभाउनु हुने धरानका उपमेयर अईन्द्र बिक्रम बेघा,वडा नं ६ का वडा सदस्य राजेन्द्र न्यौपाने,धरान उपमहानगरपालिकाका शब-ईन्जीनियर किशोर अधिकारी र पत्रकारहरु देबेन्द्र कार्की,रत्न आचार्य,मनिता चाम्लीङ,सागर सिंजाली,शेखर योगी,केदार बस्नेत,गोपाल श्रेष्ठ,निमा पोङसोवा,बसन्त बान्तवा,दिलबहादुर राई,मौषमी कार्की,रश्मी प्रधान,शुक्रान्त राई,सिर्जना योगी र धरानका जनप्रतिनिधिहरुलाई धन्यवाद दिनै पर्छ मैले । र सुरु गर्छु आफनो यात्रामा भएका तितामिठा पलहरुको सम्झना ।

कुरो यहि बि.स. २०७९ साल चैत्र ६ गते सोमबारबाट १० गते शुक्रबार सम्मको हो। धरानमा पर्यटन प्रर्बधन गर्नका लागी जनप्रतिनिधि तथा धरानका पत्रकारहरु ५ दिने पर्यटन यात्रामा निस्केको बिषयको हो । जसको नाम भने पर्यटन प्रर्बद्धनका लागी अध्ययन अबलोकन भ्रमण थियो । जसको आयोजक धरान उपमहानगरपालिका वडा नं ४,५,६,१३,१४ र २० र सम्योजन भने नेपाल पत्रकार महासंघ सुनसरी रहने गरी तयारी हुदै सुरु भयो हाम्रो यो यात्रा । यात्रा भरी धरान १३ का वडा अध्यक्ष नेत्र काफलेले जनप्रतिनिधिहरुको नेतृत्व गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ सुनसरीका सह-सचिव भोला श्रेष्ठले पत्रकारहरुको नेतृत्व गर्नुभएको थियो ।

हाम्रो यात्रा सुरु हुने दिन निश्चित भयो चैत्र ६ गते सोमाबार र समय थियो बिहान ५ बजेको । यात्रा न हो धेरैजना एकै स्थानमा जाने भएर पनि होला हामी बिहान ५ बजे जानुपर्नै ठाउमा बिहान ८ बजे हिड्यो तर हाम्रा गाडी चालक धुब्र भुजेल र सह-चालक सागर श्रेष्ठ भने बा ५ ख ८२२५ नम्बरको बस लिएर बिहान ४ बजेर ३० मिनेटमा नै ईटहरीबाट धरान आईसकेका थिए । उनले हामीलाई करिब ३ घण्टा पर्खिदै हामीलाई यात्रामा डो¥याउन सुरु गरे । गाडीका सेल्फ स्टाट गर्दे घुमाए गाडीका स्टेरिङ र हुकिए पोखराका लागी । हामी उदयपुरको बाटो लाग्यो त्यतीबेला करीब करीब बिहानको साढे ८ बजीसकेको थियो । हाम्रो यात्रा सुरु भयो तराई र भित्री मधेसको गर्मीसंगै । हामी चढेको बसमा सुर्यको किरणसँगै गर्मी बढदै गए र हाम्रो यात्रा चल्दै गयो । यात्रामा जब जब बस चल्न थाल्थ्यो तबतब झ्यालबाट पस्ने हावाले हामीलाई राहत दिन्थ्यो। तराईको समथर भूभागमा बग्ने अधिकांश नदीहरू गर्मीयाममा पानीबिना चिर निन्द्रमा सुतेका देखिन्थे। तिनीमाथिका लामा न लामा पट्यार लाग्दा पक्की पुल देख्दा सरकारले फजुल खर्च गरेको पो हो कि भने जस्तो देखिए पनि । आँखाले नभेट्ने ठाउँसम्म फैलिएको बगर देख्दा वर्षायाममा व्युँतिने नदीको निन्द्रा भंगलाई सहजै अनुमान लगाउन सकिन्थ्यो।

हाम्रो पहिलो दिन चैत्र ६ गतेको यात्रा बढदै जाँदा चतराको बाटो हुदै उदयपुरको गाईघाटमा पुगेर बिहान ९ बजेको खाजामा बिश्राम भएको थियो । जहाँ हामी सबैले गाईघाटमा भारतीय खाजाको रुपमा बढि प्रयोग हुने छोला भटोरा खायौ । ती खाजा खाने कतिपय साथीहरुले पहिलो पटक उक्त खाजाको स्वाद लिएको सुन्दा मनमा एक किसिमको आनन्द नै बेग्लै भएको अनुभुति समेत भएको थियो । किनकी मेरो लागी यो परिकार कुनै नौलो भने थिएन । हामी मध्येका कतिपय साथीहरु भने उक्त परिकार खाएनौ भने आफुहरुलाई मन परेको परिकार खाजाको रुपमा खादै केहिबेरको समयपछि हामी लाग्यो अर्काे गन्त्वय हेटौडा तर्फ समय बित्दै गयो हामी उदयुरबाट भिमान हुनै दिउँसोको ३ बजेतिर हेटौडा बजार पुग्यो र त्यहाको होटल लोकप्रिय भोजनालयमा सबैजनाले खाना खायौ सो खाना खाएलगतै पुन हाम्रो यात्रा सुरु भयो नेपालकै पर्यटकीय घोषणा उन्नमुख रहेको शहर पोखरा तर्फ । हाम्रा अनुभवी गाडी चालक भुजेल यात्रामा निकै नै संबेदनशील रहेकै बेला लामो गाडी यात्रामा हामी मध्ये कसैलाई बोरीङ नहोस भनेर उनले बाघ आयो भन्दै ठटटा गर्दे गाडी हुईकाईदै चितवन हुदै रातको ११ बजेतिर पोखरा पु¥याए । पोखरा पुग्दा पानी परिरहेको थियो । हाम्रो गाडी अगाडी बढदै गयो ।

एक त रातीको समय र अर्काे मानवीय भावना बोक्दै पोखराकै केही युवाहरु गडीमा लिफट मागे हाम्रा वडा अध्यक्ष तथा गाडीका चालक भुजेल मनकै धनी मान्नुपर्छ उनीहरुलाई सहजै गाडीमा लिफट दिए पनि । उनीहरु ४÷५ जना थियो उनीहरु मध्ये केही पानी परेकोले भिजेका थिए भने केही भने थिएन । उनीहरुले आफुहरु पानी परेका कारण भिजेको बताएपनि मेरो मनमा केही शंखा उब्जीयो उनीहरु यति राती को हुन र कहाँबाट आयो भनेर । मैले झट्ट गाडीमा सोधिहाले तपाईहरु को हो र कहाबाट आउनुभयो ? सबैले हामी यहिको लोकल हो भन्यो त्यसमध्येका एक जनाले नाम नै भने उनको नाम भने मलाई अहिले पनि याद छ सुजन गुरुङ हो भनेका थिए ।

उनलाई मैले नाम सोध्नै बित्तिकै उनै सुजनले क्याम्पसका बिद्यार्थी झै घाटीमा झुण्डयाएका मोटरसाईकलको चाँबीलाई परिचय कार्ड जस्तोगरी देखाउन खोजेका थिए । त्यतीमै मलाई झन शंखा नबढने कुरै भएन। म शंका गर्दे गाडीमा निदाएको जस्तो गरिरहे र सोचिरहे उनीहरु को हुन किन यतिराँती हाम्रो बसमा लिफट मागेँ । कतै लुटेराहरु त होईनन यी र यस्तै यस्तै सम्झिदै गर्दा उनहीरुको गन्त्वय पोखराको रोधीघर लोक दोहरी आयो र उनीहरु हाम्रो बसलाई रोक्न लगाएर झरे र भने धन्यवाद पानी परेको बेला ल्याईदिनुभएकोमा त्यसमा मैले पनि थपे हाम्रो बस चढदिनुभएकोमा धन्यवाद ।

हाम्रो बस अगाडी बढदै गयो हामीसँग यात्रामा रहनुभएको वडा अध्यक्ष नेत्र काफलेले मैले ती युवाहरुलाई भनेको कुरा सुनेर हासोठटटा गर्दे हामीलाई पोखरामा खानाका लागी ब्यवस्थापन गर्नुभएका हाम्रै गाडीका चालक भुजेलले होटल स्मृति र सुत्नका लागी पोखरा १७ स्थित ब्यवस्थापन गर्नुभएको होटल एमाजोनमा गयौ र सो रात पोखरामै बित्यो । हाम्रो यात्रा यतिमै रोकिएन । सोही रात हाम्रा साथीहरुको केही समस्याका कारण ढिलोगरी हामी सुत्यो र भोलीपल्ट बिहानै नुहाईधुवाई गरी बिहानको ७ बजेर ३० मिनेटमा होटल स्मुतीमा चिया खाएर पोखराकै पर्यटकीय हिसावले नयाँ गन्तब्य मानेका पुम्दीकोटमा रहेको भुमेश्वर महादेव भ्युटावरका लागी प्रस्तान ग¥र्याे । त्यतीबेला बिहानको करिब ८ बजीसकेको थियो । निकै नै यात्रामा गाडी लिएर जाने माहिर हाम्रा सह-चालक सागर श्रेष्ठले हाम्रो यात्रा करिब १० किलोमिटरको दुरीमा रहेको बताए । सोही बेला मेरो मनमा एउटा सवाल उत्पन्न भयो । यहाँका पुम्दीकोट र हाम्रो धरानको चिण्डेडाँडा लगभग लगभग उस्ता उस्तै प्रकृतिका हुन । यो सवाल मैले वडा अध्यक्षलाई राखे । हो उनले भने हाम्रोमा यो सब स्थानमा लगानी लगाए यहाँको भन्दा राम्रो हुनेछ । यसै कुराहरु बुझनका लागी पनि पत्रकार मित्रहरुलाई यस प्रकारको अध्ययन भ्रमण गराएको वडा अध्यक्ष काफलेको भनाई थियो ।

त्यतीकैमा हामी गाडीबाट झरेर ८/१० मिनेट जती हिडयो र पुग्यो पुम्दीकोट जहाँ शिबजीको संसारकौ ठुलो मुर्ति बनेको छ र र वरीपरि केही संरचनाहरु निर्माणधिन रुपमा रहेको पाईन्छ । त्यहाँ पुगेपछि सबै साथीहरु आ आफनै धुनमा कोही फोट त कोही कसैको अन्तरबार्ता लिन ब्यस्त देखे यहि ब्यस्तताका बाबजुत म पनि आफुले भोलीका दिनमा घर पुगेपछि आफना मिडिया आयोन्युजमा सामाचारका कथाहरु तयार पार्ने सोचले त्यहाँका कर्मचारीहरुसंग भेटे र नवनिर्मित सो पुम्दीकोट बिकास समितिको भुमेश्वर महादेवबारे जानकारी लिए र मंदिरबाट पुन पोखराको अन्य स्थानतर्फ लाग्यो हामी।

सबै आ आफना काममा ब्यस्त भएककाले पनि होला हामीसँग यात्राको क्रममा नै रहेकी बिहिनी स्नेहा श्रेष्ठले आफुसँँग भएको सामान छुटाउन पुगीन जहाँँ उनले आफुसँँग भएको ज्याकेट नै बिर्सेकि रहेछिन । हामी गाडीमा चढयो उनी आफना लुगा ज्याकेट लीन पुन करिब २० मिनेटको बाटो हिँँडेर सोही शिबालय पुगीन यता हामी स्नेहा आउँँछिन भन्दै बसमा अगाडी बढयो । त्यतीबेला नराम्रो त लागेकै थियो । तर यो उनै स्नेहालाई यात्रामा लापारबार्ही गर्नुहुन्न भन्ने पाठ नै हुन्छ भन्दै हामी हिडेका थियो ।तर केही मिटरको दुरीमा नै हाम्रो गाडी पुगेपछि हामी पनि उनै स्नेहालाई पर्खिने निर्णय ग¥र्याे र स्तुपा ढुङग्रे पानीमा बस्यो । त्यहा सम्योग नै मान्नुपर्छ एकजना स्थानीय युवा धरानमा साराङा माथिबाट जसरी भ्यु प्वाईट हेरीन्छ त्यसरी नै पोखराको सोही ढुङग्रेपानीमा चिसो हावा खान आएका अदिप थापा मगरलाई भेटयो र हामीमाझ छुटेर शिबालयमा नै रहेकी स्नेहालाई मगरकै आफनै ग १७ प ८६५४ नम्बरको एफ जेड मोटरसाईकलमा ल्याईदिन आग्रह ग¥र्याे उनले सहजै स्वीकारे ।

उनी जानमात्र के लागेका थिए । स्नेहालाई मगरले चिन्दैन कि भनेर पुन मैले मगरलाई अनुरोध गरे तपाईको मोटरसाईकल दिनुहोस हामी लिन जान्छौ तपाई चिन्नुहुन्न स्नेहालाई । उनै मगर पुन हाम्रा आग्रह स्वीकार गर्दे आफनो मोटरसाईकल हामीलाई जिम्मा लगाए र हामी केही बेरमा उनै स्नेहालाई बस सम्म ल्याउन सफल भयो । सोही समयको दौरान मेरो भेट स्थानीय ७६ बर्षिया चुडामणी बरालसँँग भेट भयो र उनले थोरै समय भएपनि फेवाताल बारे जानकारी दिए । उनले भने बाबु यो फेवातल पहिला ८ किलोमिटरमा फैलिएको थियो अहिले चानचुन ६ किलोमिटर होला । उनले थपे तपाईहरु आएको पुम्दीकोट गाउँँले समुहहरु मिलाएर बनाएको हो । यसको अध्यक्ष चन्द्रकान्त बराल हुन । मेरो मनका जिज्ञासा लाग्यो यो तालबारे के बुझने? त्यतिकैमा वडा अध्यक्ष काफलेले पूम्दीकोटबारे जानकारी दिन अध्यक्ष चन्द्र कान्त बराल बजारमा पर्खिरहेको जानकारी दिएपछि मेरोलागी थप सुनमा सुगन्ध भएजस्तो लाग्यो । हामी सरासर त्यहाँँबाट हिडयो । एकले अर्काको बारेमा कुराकानी तथा ती शिबालयको बखान गरिनै रहे ।

हामी बिहानको ११ बजेको समयमा पुम्दीकोट बिकास समितिको भुमेश्वर महादेवका अध्यक्ष चन्द्रकान्त बरालसँँग अन्तरकृया गर्दे धरानेहरुको मायाको चिनो साटासाट ग¥र्याे जुन कार्य धरानका मेयर वडा अध्यक्ष तथा जनप्रतिनिधि सदस्यहरुले गरेका थिए । हामी पत्रकार भने भिडियो र फोटो खिचिरह्यो । बरालले २२ रोपनी जग्गामा रहेको उक्त पुम्दीकोटको शिबालय ४० करोडको लगानीमा बन्दै गरेको जानकारी दिएका थिए । उनले बनाउनुभन्दा टीकाउन ठुलो कुरा हो भन्दा मैले मेरो धरान सम्झे र सोचो सायद धरानमा समेत रहेको केही पौरानीक कुराहरुमा सबैको लगानीको बाताबरण रहेको भए के हुन्थ्यो होला । धरानले पनि यसको सिको गरेको भए सायद यस प्रकारको शिबालय तथा अन्य पर्यटक आउने स्थान सायद चिण्डे डाडा बन्न सक्थियो की ?
अध्यक्ष बरालसँँगको केहीबेरको कुराकानीपछि घाँँमको तापले हामीमा गर्मीपनको महसुश भएपनि हामीले लगेको बसको पत्ती बिग्रेर ग्यारेज लानेअबस्था आयो । त्यहाँँबाट हामी आफनो गन्ब्य बस्ने स्थान नजिकै भएकोले पैदल नै हिडयो हाम्रा गाडी चालक र सह-चालक दुबै गाडी बनाउन ग्यारेज गए ।

दिन ढल्दैगयो हामी भ्रमणमा गएकाहरु बिभिन्न कुराकानी गर्दे पुन हामी बसेको होटल एमोजनमा पुग्यो र खाना खान होटल स्मृतितिर लाग्यो । त्यतीकैमा तत्कालीन धरानका डिएसपी सुमन तिम्सीना हालको गण्डकी प्रदेशका प्रदेश टार्फिक प्रमुखको आगमन भयो र हामी रमाएर उनीसँग फोटो सेशन गरी केहीबेरमा हामी सार्बजनिक बस चढि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कार्यलय तर्फ लाग्यो । त्यहाँको छलफलमा पोखरा एक डोर प्रणालीमा काम हुने गरेको पाए भने धरानलाई किन बनाउन नसकिने भनेर मेरो मनमा कुरा आयो र सोही अनुसार पोखरा र धरान भगिनी सम्बन्धमा बाँधेको हुनाले धरानको बिकासमा पोखरा र पोखराको बिकासमा धरानले के के सहयोग गर्न सक्ने भन्ने कुराको जिज्ञासा मेयर आचार्य समक्ष राखे । सो क्रममा मेयर आचार्यले पोखरालाई पर्यटनको सहर घोषणा गर्ने बारे तयारी गरेको,सेटलाईट सिटि बनाउने योजना समेत रहेको जानकारी गराउदा मलाई एउटा नयाँ अनुभव पनि भयो ।

सोही क्रमम धरानका उपमेयर आईन्द्र बिक्रम बेघाले पोखरासँग मिल्दा जुल्दा कुराहरुमा बिकास गर्ने कुराहरु समेत सुन्ने मौका पायौ ।सोही क्रममा मेरो पनि जिज्ञासा पोखराका मेयरलाई राखे। पोखरा महानगरपालिकाले धरान उप-महानगरपालिकालाई भाईचाराको सम्बन्धका आधारमा के र कुन कुन क्षेत्रमा कसरी सहयोग गर्न सक्छन जुन जिज्ञासा मेरो लागी मात्र हैन मेयर कार्यकक्षमा उपस्थित सम्पुर्ण हामी धरानेहरुका लागी नै थियो भन्ने भान भयो । पोखराको पर्यटन प्रर्बद्धनको सिको गर्दे धरानलाई भेडेटार जाने भारतीय पर्यटकहरुको बाँसस्थानको रुपमा किन बनाउन नसक्ने भन्दै वडा तथा नगरपालिकालाई सुझाव दिने तयारी समेत गरेको छु । हाम्रो पोखराका मेयरसँगको भेटघाट सकिदा करिब दिनको २ बजिसकेको थियो ।

हाम्रो भेटघाट लगतै पोखराका मेयर आचार्यले गर्नुभएको कार्यलयको काम कार्वार्हीमा एकद्धारा सिस्टमको बारेमा समेत अबगत गराईएको थियो । जहा मेयरका सम्पुर्ण सिस्टमको जानकारी बारे पहिला उनको सुरक्षामा खटिएका सुरक्षा गार्ड तथा पोखरा महानगर प्रहरीका सई द्धोणबन्दु भुत्यासले बताएका थिए । हेल्लो मेयर कार्यक्रम समेत राखिएको देख्दा जनतासँग प्रत्यक्ष मेयर जोडिएको पनि पाए । तर बिडम्बना हामीले हाम्रो धराने मेयरको कार्यक्रम हेर्दा कहि कतै ती सिस्टम तथा जनतालाई सहजै उपलब्ध गराईने काममा सहजताको कुनै रुप भेटेको पाएको छैनै । मैले सो समयमा म पोखराको कार्यालय सञ्चालन गर्ने सिष्टम र धरानको सिस्ष्टमा आकास जमिनको फर देखोको सम्झीदै हल बाहिर निष्के र उनै द्धोणबन्दुसँग एक फोटो सेसन गरी म सरासर पोखरा महानगपालिकाको गेटतिर लागे हाम्रो बस आउने पर्खाईमा ।

समय बित्दै गयो केही बेर हामी पोखरा महानगपालिकाको मुल गेट अगाडी उभियौ त्यतिकैमा हाम्रो गाडी आईपुग्यो हामीसँगै रहनुभएका गण्डकी प्रदेशका टार्फिक प्रहरी प्रमुख सुमन तिम्सीनाको सहयोग र पोखरा मेयरको आचार्यको कहिले बिर्सिन नसकिने सहयोगको साथ हामी पोखराकै अत्यन्तै रमणीय तथा ज्ञानबद्र्धक स्थान अन्तराष्ट्रिय माउण्ट म्युजियम तिर पुग्यौ जुन म्युजियम पोखरामा केही समय अगाडी मात्र प्लेन दुर्घटना भएको खोच नजिक नजिकै रहेको थियो । त्यहा पुग्दा हाम्रो घडीमा दिनको ३ बजिसकेको थियो । हामी सरासर छोटो समय छ भन्दै म्युजियमा भएका संरचनाहरु हेर्न र ज्ञान लिनतिर लाग्यो ।

मैले अध्ययन अबलोकन गर्न सुरुवात गरे गेटमा ने रहेको तत्कालीन समयमा हेलीकप्टर दुर्घटनामा ज्यान गुमाएका बिशेष ब्यत्तित्वहरुको सालिक मार्फत जानकारी लिएर । जहा डा. हर्क गुरुङ,कुमार खडका बिक्रम र दावा नोर्वु शेर्पाको शालिक बनाइएको थियो । अरु सरासर म्युजीयमतिर लागे म पनि अध्ययन गर्दे म्युजियमको गेटतिर पुगे जहाँ हामीलाई पोखराको पर्यटक भएको खदाले स्वागत गरिएको थियो । मलाई सोही बेलामा मनमा लाग्यो धरानेले किन यस्तो खालको खदामालाको प्रयोग गर्देनन भनेर । यो मेरो मनमा आएको सुझाव वडा अध्यक्षलाई दिने निर्णय गरे र म पनि म्युजियम भित्र पसे र हेर्न थाले त्यहा राखिएका सबैखाले जिचबस्तु । १०० रोपनी जग्गमा फैलिएको उक्त म्युजियमा हाम्रा उपमेयर लगायतका २८ जनाको टोलीलाई म्युजियमका गाईड बिजय लामाले त्यहाँ रहेको बिषयबस्तु जानकारी गराउन थाले उनको टीममा म्युजियमकै एक्सक्युटिभ डाईरेक्टर निर्मला न्यौपाने,म्युजियम क्युरिटियर राजन जोशी रहेका थिए ।

सबैले सरासर अध्ययन अबलोकन गरेभने मैले मेरो स्वभावनै होला मलाई मनमा लागेको जिज्ञासाहरु मेटाउनतिर लागे मैले सुरु गरे पर्बतीय मासिन कक्षबाट निकै भिडभाडमा मैले केही बुझन सक्दिन भनेर मैले सबै अगाडी बढिसकेर पनि म पछि पछि लागे सबैकुरा हेर्दे र अध्ययन गर्दे सो क्रममा मैले उक्त म्युजियमकै गाईड जो स्याङजा निवासी हुन अस्मिता गुरुङ हुन र उनी करिब ४ बर्षदेखी काम गर्दै आएकी छिन । उनैलाई मैले सबैकुरा बिस्तार सोध्न खोजे तर उनलाई पनि सुरक्षाको मात्र जिम्मा दिइएकोले उनलाई जानकारीमा आएको कुराहरु मलाई सुनाईन । उनले मलाई अडियो भिडियो हलभित्र समेत लगीन र जानकारी दिईन । उक्त जानकारीको क्रममा सो हलमा माउण्टेन र कल्चर सम्बन्धी हरेक घण्टा घण्टामा १८ मिनेटको सो देखाउने गरिएको बताईन । उक्त सो हरेक दिन बिहान ९ बजेदेखी ५ बजेसम्म चल्ने गरको र उक्त हलमा ८०/९० जनासम्म अटाउने क्षता रहेको जानकारी दिईन । उनै अस्मितासंगको केहीबेरको कुराकानी र जानकारी पछि मैले मेरो अध्ययन र घुम्ने क्रम जारी नै रहयो मैलै म्युजियममा भएको भुईतला तथा माथिल्लो तल्लामा रहेको लगभग सबै बिषयबस्तु हेर्ने मौका पाए । हेर्दजाने क्रममा मैले मेरो जाती केबटको समेत संस्कार संस्कृतिको प्रतिमा बनाएको पाउँदा मेरो मन भावुक भयो किनकी अहिलेसम्म पनि मैले धेरै स्थान घुमेपनि सो प्रकारको आफनै जातीको सम्मान पाएको देखेको थिईन । निकैबेर हेरे र म फेरी म्युजियममा भएको बिभिन लोपउन्मुख जनावर तथा पहाडी क्षेत्रहरुको अबलोकन गरे । हाम्रो दिइएको समय सकिन लागेको थियो । म पुन म्युजियमका सबैजना कर्मचारीहरुलाई धन्यवाद दिए र हामी सबै म्युजियम बाहिर निस्कियो सो क्रममा धरानका उपमेयर उपस्थित पुस्तिकामा हस्ताक्षर समेत गर्नुभएको थियो । हामी बाहिर आयो धरानबाट आएको सुनेर होला धेरै पर्यटकहरु हामीसँग फोटो खिच्ने भन्दै खिचाए त्यतीबेला हाम्रो घडीमा दिउसोको ४ बजेर ३० मिनेट गईसकेको थियो । म्युजीयम गेटमा राखेको बसमा बस्यो र हिडयो पोखराको ढुङगेसाँगु मार्गमा रहेको चन्द्रकला न्यौपानेको घरतिर । त्यहा पुगेर खाजा खायौ खाजापछि हामी सरासर पोखराको महेन्द्र गुफा,चमेरे गुफा हुदै बिन्दबासीनी मन्दीरको दर्शन र फोटो सेसन गर्दे हामी बसेको बाँसस्थान होटल एमाजोन तर्फ लाग्यो ।

यात्राको तेश्रो दिन बुधबार हामी बिहानै ५ बजेर ४३ मिनेटमा हामी हाम्रा सबै लुगाफाटा झोला बोकेर खाना खाने भएको होटल स्मृतिमा आयौ त्यहा चिया खाएर सबैजान बसमा चढि पाल्पाको रानीमहल तिर प्रस्तान ग¥र्याे । चियाखाने समयको मैले सदुपयोग गरे मैले होटल स्मृतिका सञ्चालिका सरीता अधिकारीको बारे जानकारी लिए उनी निकै नै खुल्ला र मनकारी पाए । उनलाई मैले प्रश्न गर्नुभन्दा अगाडी नै तपाईहरुको टीम निकै नै राम्रो रहेको प्रतिक्रिया दिईन । उनले धरान १३ का वडा अध्यक्ष नेत्र काफलेको जति प्रसंशा गरे कमै हुने भनेर बताईन । जुन प्रशंसा धराने जनप्रतिनिीशरुका लागी एक सकारात्मकताको प्रतिक थियो । उनले आफना वडा र पोखरा शहरको वडा अध्यक्षहरु प्नि यस्तै भईदिएको भए कति राम्रो हुने भन्ने सम्म भ्याईन । उनै सरीताले आफना पारिबारी जानकारी पनि गराईन आफु श्रीमान सुर्य मोहन अधिकारी र दुई छोराछोरी रहको रहेछ उनको जेठी छोरी स्मृती अभिकारी बीएसी नर्सिङ र र छोरा स्पर्स अधिकारी प्लस टु पास गरिससेको बताईन । यति सुनाएपछि मैले होटलकी दिदि सरीता अधिकारीलाई धन्यवाद भन्दै बसमा चढे र हामी लागीयो पाल्पातिर । बिहानको करिब ६ बज्यो हाम्रो यात्रा लम्कीयो पाल्पाको रानीमहलको लागी बाटोमा हामी करिब ८ बजेतिर खाजा खायौ र हिडयो केही बेरमा स्याङजाको गल्याङ नगरपालिका आयो जहा बाटोमै ३६८ मिटर लामो पुल आयो हामी धराने फोटो खिच्न नलोभिने कुरै भएन ८० टन भार बहन क्षमता भएको उक्त पुलले ३ सय घरधुरी आबतजाबत गर्ने गरेको स्थानीय बासिन्दाहरुले बताउन थाले र हामी सुन्यौ र पुलपारी केदार मंदिर निर्माण हुदै गरेको दृश्य मसेत हेर्न भ्यायौ । मंदिर निर्माणका लागी सोही झोलुङ पुलमा राखिएको दान पेटीका मैले केही पैसा खसाले र हामी सबै धराने आ आफनै पाराले सेल्फी र टीकटक खिच्दै पुन हाम्रँे बसमा बस्यो र हिडयो । हामी पाल्पाको रानीमहल पुग्दा दिनको ११ बजेर ४५ मिनेट भईसकेको थियो ।

हामी सबैजना तितरबितर भयो कोही कालीगण्डकीतिर सालिग्राम ढुङगा बारे बुझन र खोज्न लागे भने कोही कालीगण्डकीमा ¥याफटीङ गर्न तिर र कोही रानी महल घुम्न लागे म भने रानी महल घुम्दै त्यहाभएको ईतिहासिकता बारे बुझन खोजे त्यहा मैले स्थानीय बासिन्दा धेरैलाई सोधे तर सबैले नगरपािलकाको जिम्मा मात्र छ भनेकोले नगरपालिकामा गएर सोधौला भन्ने भयो । म त्यसका बाबजुत पनि रानीमहलमा लेखिएका केही जानकारीहरु पढदै लेख्दै बुझन थाले । सोक्रममा मैले रानीमहलकै परिसरमा नै फोटो ब्यवसाय गरीरेकी एक कलिली युवती कमला थापा मगरलाई भेटे उनले ५ महिना मात्र भएको छ उक्त ब्यवसाय गर्न थालेको उनी कामदारको रुपमा मात्र रहेकी रहेछिन भन्ने कुरा पछि थाहा भयो । उनका साहु बिक्रम पाण्डे रहेछन । उनले नै मगरलाई रानी महल आउने पर्यटकलाई फोट खिच्न लगाएर करिब ५÷१० मिनेटमा नै रानी महलको भाग सहितको फोटो बनाएर ५ सयमा बुच्ने गरेको छ । उनीसंग मेरो अन्तरबार्ता जस्तै चल्यो । मैले अरु केके गर्ने गरेको सुधे उनले भर्खरै प्लस टु सकेकी बताईन । उनी बेद मा.बी. पाल्पामा एजुकेशन बिषय लिएर अध्ययन गरेकी रहेछिन । उनले यो स्थानमा प्राय मगर बाहुल्यता भएको र आफना बुबाआमा घरायसी काम गर्ने गरेको सुनँई भने उनले आफु रानीमहल परिसरमा दिनभरी फोटो फ्रेम,ढाकाका सामानहरु,पर्स औठी,टोपी, नपाली झण्डा लगायतका सामग्रीहरु बेचेर बस्ने गरेको सुनईन ।

म त्यहाँबाट निस्के रानीमहलबाट तल झर्दे गर्दा स्थानीय तानसेन नगरपालिका वडा नं ६ का कृष्ण कुवर र मिन बहादुर अर्याल सँग भेट भयो उनी दुई जना साथीका साथ रहेको थियो । उनलाई मैले रानीमहलबारे जानकारी लिन जिज्ञासा राखे । उनले आफुहरुको बाजेले समेत उक्त रानीमहलमा श्रमदान समेत गरेको बताए । उनले आफना बाजे तत्कालीन जिम्दार नरबिर कुवरले गाउका सबै मान्छे लगेर श्रमदान गरेको बताए । उनले आफना बाजेले आफनै नामबाट तानसेन नगरपालिका पाल्पा वडा नं १० मा बिद्यालय समेत खोलेको बताए । जुन बिद्यालयको नाम श्री कुमारी स्कुल र त्तकालीन समयमा ३ कक्षा सम्म खेलेका थिए । उनले आफना बाजेबाराजुहरुसंगै रानीमहलमा श्रमदान गर्न आफनै खाना बोकेर १५ दिनसम्म बसेको बताए। उनले रानी महलमा बनाईएको इटाहरुमा मासको दाल,भुष तथा माटोहरुले बनाएको जानकारी दिए । उनले करिब १३० बर्षमा काठहरु कसरी बोक्यो होला उल्टै मलाई प्रश्न गरे । उनीहरु पेशाले टयाक्सी चालक परि रहेको जानकारी मैले पाए । उनीहरुले म संगको कुराकानीकै क्रममा रानीमहलको बाटो करिब १ बर्ष मात्र बनाएको हो । उनीहरुले जब नेपालमा खिलराज रेग्मी प्रधानन्याधिस भयो तब मात्र यो बाटोमा बजेट आएर बनेको बताए । अहिले सो स्थानमा सानो गाडीहरु मजाले जानेगरेको छ । कुरा गर्दे गर्दा मिनबहादुरले आजकालकाले त श्रम नै गर्देनन अनि कहा बन्छ सर देश भन्न सम्म भ्याए । यति भन्दै उनीहरु दुबैजनासंग गफ सके र म पुन रानी महलको आगनमा झरे ती आगनमा मैले सानो साने झुपडी भएको खाजा तथा अन्य पसलहरु समेत देखे । रानी महलका लागी मेरो पहिलो यात्रा भएकोले मनमा निकै नै जिज्ञासा उठिरेकै थियो। मैले पुन आफना जिज्ञासा मायारा खाजा घरमा चटपटे बनाउदै गरेकी एक दिदि जसको नामा पबिना पाण्डे क्षेत्री थिए उनलाई राखे । उनका श्रीमान समय अनुसारको सबैखाले मजदुरीका कामहरु गर्ने गरेको तथा आफु कालीगण्डकी किनारमा सानोतिनो पसल चलाएर बसेको बताईन । उनको एक सानो नानी समेत रहेको बताएपछि मैले केही बेर कुराकानी गरे । त्यही चटपटे बनाउन लगाएर खाए । चटपटे खान अन्य साथीहरु आए । त्यतीबेला सम्म हाम्रो घडीम दिउसोको करिब २ बजिसेकेको थियो । त्यो दिनको हाम्रो खाना खाने कुरा सोही रानी महल परिसरमा रहेको होटलमा भयो हामी निकै बेरको घुमपिरपछि खाना खायौ र दिउसोको ४ बजेर १५ मिनेटमा हामी नवलपरासी हुदै बुटवलतिर प्रस्तान ग¥र्याे । त्यसअधि तानसेन नगरपालिकाकाको मेयरलाई भेटघाट गर्न समय मिलाईएको भएपनि हामी समयभन्दा केहि घण्टा ढिलो गएका कारण हामीसंग मेयरको भेटघाट हुन पुगेन र हामी पाल्पाको टुडिखेलमा केही साथीहरुले सेल्फी खिच्दै हिडेका थियौ ।

हाम्रो यात्रा जारी रहयो पाल्पामा पनि गर्मीकै आभाष भईरहेको थियो । हामी साझ करिब ५ बजेबाट हिडेको यात्रामा राती ९ बजेर ३० मिनेटमा पुर्वी नवलपरासी जिल्लाको कावासोती नगरपलिका १५ बाँघखोर पुग्यो । त्यहा रहेको अमलटारी सामुदायिक होम स्टे नं ७ को नबिन महतोको होम स्टेमा बास बस्यो । त्यहा हामीलाई ससम्मान स्वागत गरिएको थियो भने हामी सोही होम स्टेमा खाना खादै राती उक्त होम स्टेका सञ्चालक नबिन महतोसंग उक्त होम स्टेबारे कुराकानी गरेका छौ । जनु होम स्टेको स्टोरी म केही दिनमा तयार पर्ने नै छु । त्यतीबेला सम्म यात्राका केही तितामिठा त केही रमाईला पलहरुको अनुभव भईनै रहयो

होम स्टेको बसाईपछि यात्रको चौथो दिन हामी सबैजना बिहान ६ बजे आ-आफना सामानहरु लिएर सो होम स्टेबाट बिदा हुदै नवलपरासीकै सिजी ग्रुपको स्वास्तधामको धार्मिक पर्यटकबारे जानकारी लियौ र हेटौडाको नगरपालिकामा केही छलफल गर्दे हेटौडाको सहिद स्मारक पार्क अबलोकन भ्रमण गर्दे चितवनको धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दे गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला पुग्यौ। त्यहा हाम्रो भेट नेपालकै चर्चित कलाकार सिताराम कटेल धुर्मुस संग भयो । सो क्रममा धरानका उपमेयर अईन्द्र बिक्रम बेघा र धरान १३ का वडा अध्यक्ष नेत्र काफलेले आफुहरुले पनि सहगोग गर्ने बताएका थिए । उनीहरुले काम गर्नेलाई कसैले जस दिदैन त्यसैले पनि तपाई सिताराम जीले आफनो कर्म गर्दे अगाडी बढनुपर्ने बताएका थिए । भने उत्तरमा धुर्मुसले पनि आफु धरानको कामबाट प्रभावित भएको भन्दै धरान गएर मेयरसंगै श्रमदान गनु रहर लागेको पनि बताएका थिए ।

लगतै सिताराम कटटेल धुर्मुसले हाम्रा टोलीको बारेमा जानकारी लिई रंगशालाको सम्पुर्ण भाग घुमाएभने धरानका उपमेयर र वडा अध्यक्ष तथा अन्य सदस्यहरुलाई धन्यवाद समेत दिएर बिदाई गरेका थिए । जब धुर्मुसले हामीलाई बिदाई ग¥र्याे म स्वयम भावुक हुन पुगे । मलाई लाग्यो उनले गरेका नेक काममा कसैको बाधा अडचन नआईदिएको भए हुने । यहि यहि कुरा सोच्दै म पनि धुर्मुस सुन्तली फाउण्डेशनको रंगशाला अगाडी रोकिराखेको बसमा चढे र अन्य यात्रामा सहभागी सबैजना चढेपछि हाम्रो बसका गुरु धुब्र भुजेले गुगल म्याप हेर्दे हुईकाए । हामी त्यहाबाट दोधार धरान जाउ कि अन्य कुनै घुम्ने स्लथ यसैयसै सबैको कुराकानीका बिच बाटोमा धरानका उममयर आईन्द्र बिक्रम बेघा चढेको गाडीको टायर पञ्चर भयो त्यती बेलाको समय भने करिब रातको ७ बजेके थियो हामी बारा र बिरगंज जाने बाटोमा आएका थियो । सोही बाटोमा भएको बेघा चढेको गाडीको टायर फेर्न हाम्रा बसका सह-चालक सागर श्रेष्ठ लागे र उनले करिब १० मिनेटमा नै टायर फेरीदिए र हामी पुन उपमेयरको आग्रहमा बारा जिल्लाको जितपुरसिमरा नगरपालिका पुग्यो जहा रात्रीकालिन फुटवल टुर्नामेन्ट समेत भईरहेका पायौ ।

यसले मेरो मनमा एउटा प्रश्न उब्जायो नत यहा कुनै गतिलो स्टेडियम छ न त कुनै पुर्वाधार नै तैपनि यहाका फुटवल आयोजकहरुले कसरी रात्रिकालीन फुटवल प्रतियोगीता गराउन सके । यीनै यीनै प्रश्नको उत्तर खोजने तयारीका रहेकै बेला हामी सबैलाई आयोजक नवजागृति युवा कल्बको तर्फबाट हामीलाई स्टेजमा बोलाएर फुलमाले स्वागत गरे जहा अगाडीको नेतृत्व धरानका उपमेयर हईन्द्र बिक्रम बेघाले गर्नुभएको थियो । हामी केही बेर अर्थात खेलको पहिलो हाफ सम्म बस्यो र हाफ समयको सदसपयोग गर्दे हामी सोही रात्रिकालीन समयमा लगाईको बजार र मेला जस्तो खेलको स्टलहरु समेत घुम्यो र चिनजान भयो । त्यतीबेला पुर्व नेपाल टेलिभिजनका कर्मचारी समेत रहनुभएका पत्रकार मनोहर लाई भेटयौ र उत्त फुटवलबारे सबैजानकारी लियौ त्यहा त पत्रकारहरुलाई एक बिशेष स सम्मान आयोजकले आदर सम्मान गरिदो रहेछ । त्यसैपनि होला मैले दिने धरानका हर आयोजकलाई नेपाली पत्रकारीता र पत्रकारको स्म्मान गर्न सिक्नुपर्छ भन्ने अनुरोध पनि गर्न चाहन्छु । समय बित्दै गयो हामी ५ मिनेटको बाटो फुटवलको हाफ समयपछि सिमरा गोल्डकप नहेरी हिडयो बास बस्न होटल सिमरा पुग्यो । जहा हामीलाई स्थानीय मेयर तथा अन्य ब्यक्तिहरुले बास बस्नका लागी समन्वय गरेका थिए ।

हामी त्यो रात त्यही बितायौ होटल सिमराको कुरा गर्द जति गरेनी कम हुन्छ । उक्त होटल अलि महगो भएपनि सेवा सुबिधामा भने कुनै कमी थिएन । होटलका सञ्चालक भने गोबिन्द्र गहतराज रहनुभएको थियो । उहाले बेलुकाको खानमा मासुजन्य पदार्थ खोने साथीहरुलाई चिकन ब्रियानी र अण्डा ब्रियानी समेत चखाएका थिए । गहतराज होटल तथा पर्यटन महासंघ बाराको महासचिव मधेश प्रदेशका सदस्य तथा जितपुर सिमरा गोल्डकपका आयोजक सदस्य समेत रहेको मैले मेरो राखेको जिज्ञासाको क्रममा पत्ता लगाए । सो क्रममा उनले अधौगीक क्षेत्र र पर्यटनका कारण मात्र बारा प्रगतिको शिखरमा पुग्न लागेको बताए । यसबाट धराने पनि सिक्नैपर्छ कि अरु केहीमा लगानी नगरेनी पर्यटन तथा औधोगीक क्षेत्रमा लगानी लगाउनु पर्छ भनेर । उनले त्यतीमै सिमित रहेनन आफुले एक्लै भएपनि पोखरा र बारामा समेत करोडौको लगानीमा होटल खेलको बताए । मैले गहतराज समक्ष थप जिज्ञासा राखे उनले आफु रेडियो सर्मपण ९८.२ मेघाहर्जको सञ्चालक समेत रहेको बताएका थिए ।

हामीलाई हिड्न हतार भईसकेको थियो । हामी यतिमै सिमित हुदै उपमेयर बेघा र वडा अध्यक्ष काफलेबाट उनै गहतराजलाई धराने मायाको चिनो दिदै होटलको सेवाप्रति धन्यावादका दुई शब्द टक्राउदै हामी त्यहाबाट लाग्यो । बिहानको ६ बजेर ३२ मिनेटमा हाम्रो गाडी बाराको मेन हाईवेमा गुडन थाल्यो र बिस्तारै बिस्तारै हामी सर्लाहीको भरत तालमा आईपुग्यो त्यतीबेला मेरो घडीको सियोले १० बजेर ३ मिनेट भएको देखायो हामी सबैजना साथीहरु तालमा रमाउन थाल्यो । उक्त ताल सर्लाहीको बागमती पुलबाट करिब ३ किलोमिटरको दुरीमा रहेको १२१ बिघा अर्थात वरिपरि घुम्दाको दुरिभने ४ किलोमिटरको रहेको पाईयो । उक्त ताल भने सोही नगरपालिकाको मेयर भरत कुमार थापाले निर्माण गरेका हुन । उक्त ३६ वटा बोट सन्चालनमा छ । गहिराई भने स्थान अनुसार फरक फरक छ । सो स्थानमा कहि ७० फिट त कुनै स्थान मा ३० लगायत छ । वरिपरि विभिन्न सानोतिनो खाजा पसल देखि अन्य पसलहरु छ ।

ताल बन्नुभन्दा पहिला बागमती माछा पोखरी परियोजनाका रुपमा रहेको र हाल बनाउदै जादा एक पर्यटीय स्थल समेत हुन पुगेको भरततालका सुपर भाइजर शान्ति अधिकारीले बताए । उनका अनुसार चाडबाडको बेला लाखौ मानिस आउने गरेको छ । भने अन्य बेला ५ हजरले दैनिक भ्रमण गर्ने गरेको छ । उक्त भरत तालमा ३६ जना बोट चलाउईएको छ भने सुमेरु पर्बत फन पार्क होटेल बोटिङ गर्ने स्थान लगायतका बन्दैछ ।

यी सबै दृश्यले मनमोकहक बनाईरहेकै बेला मलाई एउटा कुरा निकै छोयो आफुपनि डायरी कलम र क्यामरा जिवी भएकोले पनि होला ताल बरिपरि क्यामेरा भाडामा लिएर आउने क्यामेरा बोकेका क्यामरामेनहरु संग जव कुरा गरे तब म हाफै चकित परे । उनै क्यामरामेनहरु तालको बरीपरि करिब ६०÷७० जनाको संख्यामा रहेका छन । उनीहरु हरेक दिन बिहान ८ बजे देखि साझ ५ बजे सम्म फोटो खिच्नमै ब्यस्त देखिन्थे । सोही मेसोमा मैले नी फोटो नखिचाई बस्न सकिन र फोटो खिच्न ३७ बर्षिया बालकृष्ण गुप्तालाई लगाए र फाटो खिचिसकेपछि मैले उनलाई सोधे २० रुपैया पर्ने एउटा फोटोबाट तपाईको कमाई कसरी गर्नुहुन्छ । उनले सहजै जवाफ दिए दाजु यहाँ हजारौ मान्छे दैनिक आउँछ हामी सयौ भन्दा बढि क्यामरामा फोटो खिच्नेहरु छौ । दिनमा करीब ८ सय त जसरी कमाई भईहाल्छ । मैले थप जिज्ञासा राखे अनी अरु केके गर्नुहुन्छ उनै गुप्ताले भने मेरो श्रीमती सिल्पा कुमारी गुप्तालाई पनि सानोतिनो पसल खोलिदिएको छ कस्मेटीक र खैलोनाहरुको उनले नी यहि ताल बरीपरि नै कमाउछिन यसरी नै चल्दैछ जिन्दगी । उनले थपे दाजु मेरो मर्म स्पर्षी कुरा नी छ मैले भने कुरा उनले पुन आफना जिन्दगी बिेला बिस्तारा सुनाउन थाले ।

गुप्ता कुनैबेला नेपाली सेनामा जागीरे थियो । नेपाल आर्मीमा २०६४ सालमा नवलपुरमा भर्ना भएका थिए भने सेनाको सबै अभ्यासहरु हेटौडाको प्रथम युनिटमा गर्दे कृष्ण दल धनकुटामा कार्यरत्त रहदै सुनसरीको ईटहरी ब्यारेक २ सम्म आएर जागीर छोडनुपर्नै अबस्था आयो । मैले बिचमा सोधे किन उनले फेरी आफना कथा सुनाउन थाले । उनले भने मेरो जागीर खाईदिने अरु कोही नभई आफनै आफन्तहरु छन। आफन्त कसैको यस्तो नहोस । तर उनले मेरो जिज्ञासाको क्रममा भने आफना आफनतको नाम भने भन्न मानेन । उनलाई खास लागुऔषधको केसमा मुद्धा परेको छ। सर्बाेच्च अलदालतमा चलिरहेकोले सिपाहीको २३ हजारको जागीर छोडनु परेको हो भने हाल सोही तालको बरीपरि फोटो खिच्दै जिवन गुजारा गरिरहेका र दैनिक कमसेकम १ हजार र शनिबारका दिन भने १५ सय सम्मको कमाई हुदै आएको पनि गुप्ताले बताउदा म मेरो कमाई सम्झे र केही नवोली उनले खिचिदिएको फोटो मोवाईलमा हाल्न लगाए भने सायद कुनैपनि पेशामा तल्लीन भईयो भने राम्रै कमाई गरी जिन्दगी मजाले चलाउन सकिने पनि बुझन मलाई समय लागेन सोच्दै म खुरुखुरु म हाम्रो गाडीतिर लागे ।

यसरी समग्रमा हेर्ने हो भने हाम्रो ५ दिनको पर्यटन अध्ययन अबलोकन भ्रमणमा सिक्ने र साथीहरुको ब्यवहार पनि मजैले सिक्ने मौका समेत पाएको पनि अनुभव गरिनै रहे । मानिसहरुले हरेक कुराबाट जिवनमा गतिलो पाठ समेत सिकिने नै रहन्छौ भन्ने कुरामा मैले मेरो यो भ्रमणबाट सिक्न पाउदा आयोजक धरान वडा नं १३ का वडा अध्यक्ष नेत्र काफले र धरानका उपमेयर अईन्द्र बिक्रम बेघा तथा वडा नं ६ का वडा सदस्य राजेन्द्र न्यौपाने र धरान उपमहानगरपालिकाका शब ईन्जीनियर किशोर अधिकारी लगायत यात्रामा सहभागी सबैप्रति आभार ।