64Shares

सुनसरीको धरान उपमहानगरपालिकामा मेयर र वडा अध्यक्षहरुबीच उत्पन्न विवाद र समस्याको समाधान गर्न मेयर हर्क साम्पाङकै नेतृत्वदायी भूमिका आवश्यक रहेको नेपाली कँग्रेस धरानका नेता किशोर राईले बताएउनुभएको छ ।

धरानका मेयर हर्क साम्पाङको चुनावताका प्रमुख प्रतिस्पक्षी समेत रहेका राईले बिहिबार पत्रकारहरु माझ धरानको बारेमा समयसानर्दभीक कुराकानी गर्नुहुदै राईले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उनले धरानको बजेट तर्जुमा गर्ने बेलामा वडाध्यक्षहरू संग विवाद गर्नुको सटटामा कार्यपालिका बैठक बस्नै बाताबरण मिलाई अगाडी बढनुपर्ने बताएका थिए । उनले धरानको समस्या ’डेडलक’ भएको छ उक्त समस्यालाई तत्काल अन्त्य गर्न मेयर साम्पाङ आफनो नेतृत्वदायी भूमिका देखाउनु पर्ने आवश्यकता छ । तर धरान नगर प्रमुखले किन त्यसो गरीरेको छैन ।

उनले यसको लागि मेयर हर्क साम्पाङले म नै सबै थोक हु भन्ने प्रवृत्ति त्यागेर अघि बढ्नु पर्ने देखिन्छ राईले भने ‘वडाअध्यक्षहरुको ठुलो एजेन्डा छैन, उनीहरूको माग पूरा गरेर मेयरले स्वयम नै नेतृत्व लिएर समस्याको समाधान गर्न अघि बढ्नु पर्छ ।’ एक्लो प्रयासले धरानको सर्वाङ्गीण विकासका काम सबै पुरा हुन सक्दैन । त्यसको लागि सबै पक्षको सहमति, सहकार्य जरुरी हुन्छ ।

एक अर्काे प्रसंगमा नेता राईले कार्यपालिकाका जनप्रतिनिधिहरूको छलफलको आधारमा बजेट बनाउनु पर्ने समयमा घरको झगडा नमिली छिमेकी संग झगडा गर्नु जानु उचित नभएको उनले बताए । यस्तो समयमा छिमेकी नगरपालिकाहरू ईटहरी र बराहक्षेत्र संग सिमानाको विवाद निकाल्नु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भने जस्तो भएको उनको भनाई थियो ।बजेट तर्जुमा समिति र राजस्व परामर्श समितिको बैठक बस्न नसकेको अवस्था विद्यमान रहेको बताउदै राईले कर्मचारीले मात्र बजेट बनाएर नहुने बताए ।पहिला बजेट बनेर उपमेयरकोमा जाने प्राबधान हुन्छ त्यसपछि अन्तीम बजेट पासको लागी समेत उपमहानगरपालिकाको मेयरकै छलफल संवादको आबश्यकता पर्ने हुदा मेयरले हरेक तबरमा आफना ढिपि कस्नु राम्रो होईन ।

धरानउपमहानगरपालिकाको आर्थिक आय कसरी र कहा बाट बढाउन सकिन्छ भन्ने कुरा राजनैतिक दल, बुद्धिजीवी, धरानवासी उद्योग, व्यवसायीहरूको संस्थागत परामर्श लिनु जरुरी हुने उनको भनाई छ । लामो समय कोरोना समस्या भोगेका धरानेका समस्या जटिल भएको उल्लेख गर्दै व्यापारी, व्यवसायी, उद्योगी धमाधम सटर बन्द गरेर बसाई सार्न थालेको बताए । उनले भने ‘तर धरानका मेयर खानेपानी भन्दै दौडिएका छन् । खानेपानीको काम पनि विधि प्रक्रिया डिपिआर अनुसार अघि बढाउनु पर्ने बताए । मेयर साम्पाङ धरानको विकास र समृद्धिको पाटो छोडेर खोला खोल्सा कुदेर मात्र हुदैन उनले भने । धरान खानेपानी बोर्डमा ५ जनाको कार्यसमिति हुने प्रावधान छ । तर दलबाट कोही नभएको उपभोक्ता समिति, उद्योग वाणिज्य सङ्घ, संस्थागत प्रतिनिधि रहेको पनि राई स्पष्ट गरे ।

खानेपानीको विषय भएकाले उपमहानगरपालिकाकै प्रमुख अध्यक्ष हुनुपर्ने मेयर साम्पाङले दाबी गर्नु भएको बताउदै उनले भने ‘उहाले दाबी गरे संगसगै वैधानिकता पाउन पनि बैठक त बोलाउन प¥यो नी । खोई त बैठक गर्नुभएको मेयरले खानेपानी बोर्डको बैठकै नबसी भएका खानेपानीको कामहरूमा प्रश्न उठ्नु अस्वाभाविक नभएको उनको भनाई थियो । कोशीमा सेतो बालुवा थिगरको रूपमा आउने र त्यसले मानवीय स्वास्थ्यमा ठुलो असर पार्ने भएकाले भूमिगत पानीलाई उपयोग गर्ने टुङ्गो लागेको पनि बताएका थिए ।

राईका अनुसार खोला खोल्सीबाट स्रोत बटुल्नु राम्रो हो । कोकाहबाट ल्याएको पानी धरानलाई पर्याप्त नहुने भएकाले खानेपानीको दीर्घकालीन समाधानका लागि तमोर कोशी जस्ता नदि उचित नै हुने बताए । कोशीबाट धरानमा पानी ल्याउन एडिबी आउनु भन्दा पहिले पहल भएको स्मरण गराउदै उनले कोशीबाट पानी ल्याउदा निकै ठुलो धनराशि लाग्ने र तत्काल पूरा नहुने पनि उनको तर्क थियो ।