94Shares

द आर्ट अफ लिभिङ धरान च्यापटरको आयोजनामा भोली सोमबारबाट ६ दिने ह्यापीनेस कार्यक्रम हुने भएको छ । स्वास्थ्य शरीर,सेवाभाव तथा संस्कारका क्षेत्रमा काम गर्दे आएका अन्तराष्ट्रिय संस्था द आर्ट आफ लिभिङ धरान च्यापटरद्धारा उक्त कार्यक्रम हुन लागेको द आर्ट अफ लिभिङ धरानकी प्रशिक्षक पार्बती श्रेष्ठले जानकारी दिईन ।

उनका अनुसार बिहान र बेलुका दुई समयमा गर्न लागको उक्त ह्यापीनेस कार्यक्रमबाट स्वास्थ्य लाभका साथै तनाव मुक्त र सेवाको भावना समेत ल्याउन सकिने बताईन । उनका अनुसार द आर्ट अफ लिभिङ अन्तराष्ट्रिय केन्द्रीय सेन्टर ब्याङलोरबाट आउनुभएका स्वामी पुर्णतेज जी बाट योग अभ्यासका साथै ज्ञान बिज्ञानका कुराहरु सिकाईने छ ।

कार्यक्रम बिहान ५ बजेबाट ८ बजे र बेलुका समेत ५ बजेदेखी ८ बजे सम्म धरान १२ महेन्द्रपथ स्थित द आर्ट आफ लिभिङको सेन्टरमा हुने आयोजकले जनाएको छ । योग कर्ताहरुमा स्वस्थ्य मन, तनाव मुक्त शरिर तथा ध्यानमा अग्रता ल्याउनले उदेश्यले गरिएको उक्त कार्यक्रममा जिवन जिउने बिभिन्न प्रक्रियाहरु समेत सिकाईने आयोजकले जनाएको छ । आफुमा एकाग्रता आउनुका साथै जीवन कसरि जीउन सकिन्छ भन्ने कुरा सिक्न समेत पिइने र हरेक समयमा काम गर्ने जोस जागर बढेर आाउनुका साथै पुनरताजगी पन समेत उक्त शिबिरबाट प्राप्त गर्न सकिने द आर्ट अफ लिभिङ धरानकी अर्का प्रशिक्षक सरस्वती श्रेष्ठले बताईन ।

उनका अनुसार शिबिरपछि झवाटै रिस उठने बानी हटनुका साथै जिवन जिउन पाउने अभ्यस हुनुका साथै बैज्ञानीक तरिकाले गरिने प्रक्रियाले नया जीवन जिउने तरिका सिक्न सकिने बताईन । उनले कार्यक्रमले तनाब मुक्त हुनुका साथै अन्तरआत्माबाट खुसी पाउन सकिने अभ्यास समेत हुने जानकररी दिईन ।