62Shares

नेपाल धितोपत्र बोर्डबाट बि.स. २०६८ सालमा अनुमति लिई सेयर बजारको क्षेत्रमा कारोबार गर्दै आएको संस्था अनलाइन सेक्युरिटिज लिमिटेड ब्रोकर न ४९ ले एकदिने नि:शुक्ल लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले आफ्ना सामाजिक उतरदायित्ब अन्तर्गत लगानी सम्बन्धी सचेतना तथा ज्ञान अभिबृद्धि गरि लगानीकर्तालाई सशक्तीकरण गर्ने उद्देश्यले उक्त एक दिने ” लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम” सम्पन्न गरेको कम्पनीका धरान शाखा प्रमुख सुजन निरौलाले जानकारी दिए ।

काठमाडौंको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको यस अनलाइन सेक्युरिटीज लिमिटेड ब्रोकर न ४९ को धरान शाखाको आयोजनामा बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्थानको अडिटोरियम हलमा बिहिबार साझ ६ बजे उक्त कार्यक्रम समन्न्न गरेका हुन । सो क्रममा धरानका शेयर बजारका नयाँ तथा पुराना लगानिकर्ता र प्रतिष्ठानका डाक्टर कर्मचारीहरु गरि सयौको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहजीकरण भने कम्पनीका ट्रेडिङ बिभाग प्रमुख बिजय प्रसाद लामिछानेले गरेका थिए । कार्यक्रमको सभाअध्यक्षता समेत गरेका लामिछानेले केन्द्रिय कार्यलय सहित देशभरका बिभिन्न शाखाहरुबाट ब्रोकर कार्यालयले प्रदान गर्न सक्ने सम्पुर्ण सेवाहरु प्रदान गर्दै लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम गर्दै आएको बताए ।

उनले आफ्ना सहजीकरण सम्बोधनको क्रममा सेयर बजामा लगानी किन, कसरी र कहाँ गर्ने, लगानीको शुरुवात कसरी गर्ने, लगानी गर्दा ध्यान दिनु पर्ने कुराहरु, लगानीका अवसर तथा चुनौतीहरु, लगानीका बिधिहरु, सचेत लगानीकर्ता कसरी बन्ने तथा लगानीका बिभिन्न उपकरण मध्ये उपयुक्त उपकरण कसरी छनोट गर्ने भन्ने विषयहरुमा बिस्तृत जानकारी दिएका थिए ।

बि स. २०८० साल असोज १५ देखि असोज २१ गते अर्थात (October 2-8. 2023) गते सम्म देशब्यापि रुपमा संचालन भईरहेको विश्व लगानी सप्ताह -२०२३ (World Investor Week 2023) को सन्दर्भ पारेर गरीएको कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासा मेटाउनुका साथै बिश्व लगानी सप्ताहको २०८० को सन्दर्भ पारि कम्पनिबाट डिम्याट खाता खोल्ने ग्राहकहरुका लागि नयाँ योजना समेत प्रस्तुत गरेका थिए जुन योजना अनुरुप कम्पनीका ग्राहकहरुले ९४९ रुपैयामा आजीवन नविकरण गर्नु नपर्ने गरी डिम्याट खाता खोल्न सक्ने र एक बर्षको लागि मेरो सेयर सुबिधा समेत निशुल्क लिनसक्नेछ । डिम्याट खाता नबिकरण गर्न चाहाने खातावालहरुले यसै योजनामा सहभागि भएर योजनाको फाइदा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

अनलाइन सेक्युरिटिज लिमिटेड धरान शाखा प्रमुख सुजन निरौलाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा कारोबार गरिरहनु भएका लगानीकर्ताहरु, भर्खर प्रवेश गर्नु भएका नवप्रवेशी लगानीकर्ताहरु तथा लगानी गर्न उपयुक्त समयको पर्खाइमा रहनु भएका सबै लगानी कर्ताको लागि प्रवाभकारी हुने बिश्ववास व्यक्त गरेका थिए ।