©Aayo News.Com
0Shares

कोशी प्रदेश कै आन्तरीक तथा बाह्य पर्यटकहरुले रुचाएको चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा हरेक बर्ष गरीदै आएको भेडेटार फुड फेस्टिबल यस बर्ष पनि हुने भएको छ । होटेल एसोसिएसन भेडेटारको आयोजना तथा सागुरीगढी गाउँपालिकाको सहयोगमा हुँदै आएको उक्त फेस्टिबल यश बर्ष यहि पुष १५ गतेदेखि १७ गते सम्म हुने भएको छ ।

शनिबार होटेल अरुण टपमा पत्रकार सम्मेलनको आयोजना गरी होटल एसोसिएसनका अध्यक्ष तमु राज लिम्बुले फेस्टिबल हुनेबारे जानकारी दिए । उनका अनुसार स्थानिय संरचना बन्नु अधि भेडेटार गा.वि.स. मा सिमित रहेको यो स्थान आज आएर साँगुरीगढी गाउँपालीकामा समाहित हुनुका साथै समुद्री सतहबाट १४२० देखि १७०५ मिटरको उचाइ सम्म भएको भु-भाग रहेको जानकारी दिए ।

त्यस्तै सोही सम्मेलनमा सागुरिगढी गाउँ पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले भेडेटार एउटा रमणीय ठाँउ, एक दिन देखि दुई दिन सम्म घुम्न र बस्न अति नै मनमोहक ठाँउ भएको र गर्मी छल्न उपयुक्त पाचौं ठाउँ रहनुका साथै केहि छिनमा नै छ्याङ्ग उग्रीने केहि छिनमा बादलले छेकि दिने पोखरा पछिको बढी पानी पर्ने ठाँउ सि एन एनको सर्वेक्षणले विश्वको घुम्नै पर्ने १२ औं गन्तव्य स्थान मध्ये भेडेटारको नाम्जे बजार समेत रहेकोले यहाँ हरेक बर्ष फेस्टिबल आयोजना हुनु हाम्रो लागि प्रर्यटन ताने स्थन समेत भएको बताए ।

उनले यस ठाउँको मुख्य आय स्रोत भनेको पर्यटन व्यावसाय र कृषि व्यावसाय नै रहेकोले पनी यस्ताखाले फेस्टिबल हुनु सौभाग्य भएको बताए । यस बर्ष हुन लागेको उक्त भेडेटार फुड फेष्टिवलमा स्थानीय स्थानमा पाईने जातीय खानेकुरा देखि अर्गानिक खानेकुरा, स्थानिय पर्यटकीय स्थान, स्थानिय कृषि तथा साना घरेलु उत्पादन, साना तथा ठूला होटल व्यावसायमा वृद्धि र आन्तरिक तथा वाह्य पर्यटकको प्रर्वद्धन गरीने आयोजकले जनाएको छ ।

साथै यस ठाउँको प्रचार प्रसार भई स्थानिय आम नागरिकमा पर्यटन व्यावसाय प्रति आकर्षण बढने पनि आयोजकको अपेक्षा छ । त्यस्तै भेडेटारको समुन्नत विकासको लागि राज्यको ध्यानाकर्षण हुने मुख्य उदेश्य राखिएको उक्त फेस्टिबलले सरकारी तथा गैर सरकारी संघ संस्थाको पर्यटन विकासको लागि पहल कदमी गर्न ध्यान आकर्षणका लागि यो फेष्टिवल एउटा पूर्वधार हुने समेत आयोजकको आशा छ ।

बि.स.२०८० पौष १५ देखि १७ गते सम्म चल्ने फेष्टिवलको स्थल भेडेटार चौक देखि काम्फेक थुम्की, नाम्जे र नमस्ते झरना सम्म रह्नेछ भने १५ वटा स्टल राखिने छ भने फेष्टिवलको दीर्घकालीन लक्ष्यको रुपमा भेडेटार क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यावसाय, होमस्टे, अन्य व्यापार व्यवसाय, कृषि, सांस्कृतिक, धार्मिक र शिक्षा क्षेत्रको प्रवर्द्धनमा टेवा पु-याउनु नै रहेको आयोजकको भनाई छ ।