0Shares

‘भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने चाहाना’ नाराका साथ पर्यटकीय क्षेत्र धनकुटाको भेडेटारमा अंग्रेजी नया“ वर्षको अवसरमा आईतबार देखि फुड फेष्टिबल सुरु भएको छ। सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा उक्त फेष्टिबल सुरु भएको हो। तीन दिनसम्म सन्चालन हुने उक्त १३ औं भेडेटार फुड फेष्टिबलमा स्थानीय जातीय, सांस्कृतिक खानेकुराका परिकार,स्थानीय कृषि उत्पादन प्रदर्शनमा राखिएको आयोजक होटल एशोसिएसनका अध्यक्ष तमु राज लिम्बुले आयो न्युजलाई जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु सुनिता सङयक लिम्बु, एलिना चौहान,नन्दु राई लगायतका र स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति सहित आयोजना भएको फेस्टिभलमा भेडेटारका बिभिन्न पर्यटकीय स्थल तथा मनोरन्जनले सहभागीहरुले आन्नद लिन सक्ने आयोजकको बिश्वास छ । कोरोनापछिको दोश्रो फूड फेस्टिबलको रुपमा सुरु भएको उक्त फेष्टिबलको लक्ष्य पहिलाकै पेरिफेरिमा पर्यटक भित्र्याउने र व्यापार गर्ने हो, यसपटकको फेस्टिबलमा पनि सा“गुरीगढी गाउपालिकाले समेत सपोर्ट संगै सह–आयोजकको रुपमा रहेको छ । गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली पहिला होटल एसोसिएनकै पुर्व अध्यक्ष भएका कारण पनि उहाले यो फेस्टिबल प्राथमिकताका साथ राख्नु भएको छ।

विगतको बर्षहरुको फूड फेस्टिबल भन्दा यो फूड फेस्टिबलको महत्व अझ बढेर जाने रुम्दालीको अपेक्षा छ । फूड फेस्टिबलको अवसरमा नै भेडेटारलाई केन्द्रबिन्दु बनाएर साँगुरीगढी गाउँपालिकाका आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न यो फेस्टिबलले सहयोग पुग्ने उनले बताए । फेष्टिबल समुदघाटनकै दौरान गाउपालिकका अध्यक्ष रुम्दालीले आफू निर्वाचित भएपछि गाउपालिकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गुरु योजना तयार गरेको बताएका थिए । उनले पाच बर्षभित्रमा सागुरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने योजना गुरु योजनामा अगाडि सारिएको पनि बताएका छन ।

उनले यहाँको रमणीय भौगोलिक क्षेत्र, विभिन्न जातजातिको संस्कृतिलाई जगेर्ना गर्ने, सागुरीगढी गाउँपालिकाको करिडोर अर्थात सागुरीगढी गाउँपालिकामा पर्ने सीमानाहरु धनकुटाको सहीदभूमि गाउँपालिका र सागुरीगढी गाउँपालिकाको सिमाना स्थल त्रिवेणीबाट ध्वजे डाँडासममको डाडैडा“डा करिब ५० किलोमिटरलाई पदमार्ग निर्माण गर्ने, खुवालुङदेखि ध्वजे डँडासम्मको पदमार्ग बनाउने विषयमा गाउ“पालिकाको नीति तथा कार्यक्रममा पास गरिसकेको जानकारी दिए । फूड फेस्टिबलको उद्घाटन कोशी प्रदेशका पर्यटन वन तथा बाताबरण मन्त्री गणेश प्रसाद उप्रेति(शुसिल)ले गरेका थिए। सो उद्घाटन अघि विभिन्न जातीय झाँकी प्रदर्शन गरिएको थियो। फेस्टिभल स्थलमा याक्थुम चुम्लुङ केन्द्र धरान, याम्फू किरात समाज सागुरीगढी, किरात राई यायोक्खा धरान, नेपाल मगर सङ्घ सागुरीगढी लगायतले जातीय, सास्कृतिक झाँकी प्रदर्शन गरेका थिए् । समारोहमा नेवार जातिको चर्या नृत्य, मगर जातिको हुर्रा, लिम्बू जातिको च्याब्रुङ नाच, राई जातिको साकेला प्रस्तुत गरिएको छ ।

यस बर्ष हुन लागेको उक्त भेडेटार फुड फेष्टिवल अबधीभर ३० हजार आन्तरिक तथा वाह्य पर्यटकले स्थानीय कृषि उत्पादन र जातीय खानाका परिकारको स्वाद लिनुका साथै स्थानीय स्थानमा पाईने जातीय खानेकुरा देखि अर्गानिक खानेकुरा, स्थानिय पर्यटकीय स्थान, स्थानिय कृषि तथा साना घरेलु उत्पादन, साना तथा ठूला होटल व्यावसायमा वृद्धि र आन्तरिक तथा वाह्य पर्यटकको प्रर्वद्धन गरीने आयोजकले जनाएको छ । साथै यस ठाउँको प्रचार प्रसार भई स्थानिय आम नागरिकमा पर्यटन व्यावसाय प्रति आकर्षण बढने पनि आयोजकको अपेक्षा छ । त्यस्तै भेडेटारको समुन्नत विकासको लागि राज्यको ध्यानाकर्षण हुने मुख्य उदेश्य राखिएको उक्त फेस्टिबलले सरकारी तथा गैर सरकारी संघ संस्थाको पर्यटन विकासको लागि पहल कदमी गर्न ध्यान आकर्षणका लागि यो फेष्टिवल एउटा पूर्वधार हुने समेत आयोजकको आशा छ ।

बि.स.२०८० पौष १५ देखि १७ गते सम्म चल्ने फेष्टिबलको स्थल भेडेटार चौक देखि काम्फेक थुम्की, नाम्जे र नमस्ते झरना सम्म रह्नेछ भने १५ वटा स्टल राखिएको छ भने फेष्टिबलको दीर्घकालीन लक्ष्यको रुपमा भेडेटार क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यावसाय, होमस्टे, अन्य व्यापार व्यवसाय, कृषि, सांस्कृतिक, धार्मिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउनु नै रहेको आयोजकको भनाई छ ।