33Shares

देशभरका अस्पतालहरु सुधारका लागि बनाईएको न्युनतम सेवा मापदण्ड सम्बन्धि चेक लिष्टमा डाईटिसियनको दरबन्दी भएपनि कामदार नै नराखि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले काम गरिरहेको पाईएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको २०७५ सालमा टर्सरी लेवलका अस्पतालहरु सुधारका लागि बनेको न्युनतम सेवा मापदण्ड सम्बन्धि चेक लिष्टमा प्रत्येक अस्पतालको १०० वेड बराबर १ जना वरिष्ठ डाईटिसियन अधिकृत र १ जना डाईटिसियन सहायक हुनुपर्ने उल्लेख भएपनि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भने २५ वर्षदेखि एक जना डायटिसियनबाट मात्र काम भइरहेको पाईएको छ ।

नेपाल डाईटिसियन संघले यो अबस्थाबारे जोडतोडका साथ बिज्ञप्ती मार्फत आवाज उठाएपछि उक्त रहस्य खुल्न आएको हो । नेपाल डाईटिसियन संघका सम्योजक मोदनाथ पौलेलद्धारा हस्ताक्षरीत जारी गरिएको एक ध्यानआर्कषण मागपत्रमा उत्त कुुरा उल्ल्ेख भएपनि यस्तो रहस्य खुल्न आएको हो । सो पत्रमा श्रीमान रजिस्टार ज्यू, वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, सुनसरी लेख्दै भनिएको छ उपरोक्त सम्वन्धमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बि.स.२०७५ मा प्रकाशित (Minimum Service Standards (Checklist to Identify the Gaps in Quality Improvement of Tertiary Hospitals)का अनुसार प्रत्येक अस्पतालको १०० वेड बराबर १ जना वरिष्ठ डाईटिसियन अधिकृत र १ जना डाईटिसियन सहायक साथै विशेष सेवा अन्तर्गत (आई.सि.यु, एन.आइ.सि.यु,)नेफ्रोलोजी र हेमोडाइलाइसिसका लागी थप एक जना हुनुपर्ने भनी प्रष्ट जनाईएको छ। तसर्थ पूर्वको गरिमामय इतिहास बोकेको यस अस्पतालमा बिगत २५ वर्ष अगाडी देखिको डाईटिसियनको दरबन्दीबाट मात्रै काम भैरहेको थाह पाउदा दुख लागेको छ । आज यो अस्पताल १००० वेड, १६ ओटा विभाग, ICU, NICU लगायतका सुविधाले भरिएको अवस्थामा बिरामीहरुको स्वास्थ्यसंग सिधै सम्बन्ध राख्ने डाईटिसियनको दरवन्दी सबै विभागमा रिक्त रहेको व्यहोरा यहाँमा अवगत गराउन चाहन्छौं। स्वास्थ्य नियमावलीमा पनि प्रस्ट उल्लेख भएको र हाल देशभरमा पर्याप्त डाईटिसियन जनशक्ति उत्पादन भैसकेको अवस्थामा यस अस्पतालले पनि डाईटिसियनको थप दरबन्दी कायम गर्न हुन साथै यस अस्पतालको आफ्नो नियमावलीमा समेत यो बिषयलाई प्राथमिकता सहित समावेस गर्नु गराउन हुन नेपाल डाईटिसियन संघ बिनम्र अनुरोध गर्दछौ । नेपाल डाईटिसियन संघ मोदनाथ पौडेल संयोजक उल्लेख गरिएको छ ।

यता २५ वर्षदेखि एक जना डायटिसियनबाट मात्र काम भइरहेको बिपि काईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान १ हजार वेडको अस्पताल हो भने १६ ओटा विभाग, आईसियू, एनआईसियू लगायतका सेवा चलरिहेको छ । साथै विशेष सेवा अन्तर्गत आईसियु, एनआइसियु, नेफ्रोलोजी र हेमोडाईलाइसिसका लागी थप एक जना डाईटिसियनका हुनुपर्ने भनी प्रष्ट लेखिएको भएपनि प्रतिष्ठानमा डाईटिसियनको थप दरबन्दी कायम गर्न र अस्पतालको आफ्नो नियमावलीमा समेत यो बिषयलाई प्राथमिकतामा राखिएको पाईदैन ।

यसै बिषयलाई लिएर नेपाल डाईटिसियन संघका पदाधिकारीहरुको टोली सहित यी बिषयबस्तु समावेस गराउन नेपाल डाईटिसियन संघले रजिष्टार सुर्य प्रसाद संग्रौला समक्ष यहि पुष १३ गते ज्ञापन पत्र समेत बुझाएको छ । सो क्रममा संघका सचिव मिलन ढकाल र संयोजक मोदनाथ पौडेलद्धारा हस्ताक्षरित सो ज्ञापन पत्रमा स्वास्थ्य मन्त्रालय र धरान उपमहानगरपालिकालाई समेत बोधार्थ दिइएको छ । आयो न्युजसंग संयोजक पौडेलले पूर्वको गरिमामय इतिहास बोकेको प्रतिष्ठानमा बिगत २५ वर्ष अगाडिदेखि १ डाईटिसियनको दरबन्दीबाट मात्रै काम भइरहेको थाहा पाउदा दुःख लागेको बताए । उनले गत पुष १९ गते बिहिबार नै विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको निरिक्षणमा आउनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्रि मोहन बहादुर बस्नेतले यी बिषयहरुमा समेत गम्भीर हुन आबश्यक रहेको बताए ।

पौडेलले डाईटिसियनको समस्याहरु सम्वोधन हुनेगरी नै स्वास्थ्य नियम कानुनमा भएको डाईटिसियनको दरवन्दी किन विपिमा आजसम्म राखिएन सो बारे आफना संघ गम्भीर भएको पनि बताए । यत्रो बिपिमा १ जना मात्रै डाईटिसियनका रहेको, १००० वेडको यस असपतालमात कम्तिमा २५ जनाको हुनुपर्ने होइन ? यो सरासर अस्पतालको कमजोरी हो पौडेलले भने । उनले हरेक विभाग आईसीयु एनआईसीयु लगायत विना डाईटिसियनको दरवन्दि वाट संचालन भएको भएपनि कुनै ब्यवस्थापन नगरिएको र ती सबैको मार बिरामीले उठाउनुपरेको बताए । उनले भने महंगो शुल्कमा बाहिरको डाईटिसियन बाट धराने जनताले सेवा लिनु पर्ने बाध्यतामक अवस्था छ।

पौडेले यति मात्र नभई नेपालभरीका बिद्यार्थीहरु यहि धरानको एकमात्र क्याम्पस हातिसारमा स्नातक तहको Nutrition & Dietetics अध्यापन गर्न आउनु तर यही धरानको आगनमा रहेको विपि अस्पतालमा डाईटिसियन रिक्त रहेको खवरले सबैलाई मर्माहत समेत बनाएको बताए । उनले अस्पतालले तथा नेपाल सरकारको नियमावलिलाई वेवास्ता गर्दै डाईटिसियनको दरवन्दी सवालमा अस्पतालको ढिला सुस्तीले धरान पुर्वकै विरामीको स्वास्थ्यमा नकरात्मक असर परिरहेको समेत बताएका छन।

उता पुष १९ गते नै स्वास्थ्य मन्त्री मोह न बाअदुर बस्नेत धरान अनुगमनमा प्रतिष्ठान आएको बेला स्वास्थ्य मन्त्रालयबाट सक्दो सहयोग हुने देशभर नै दक्ष जनशक्तीहरुको उचित व्यवास्थापनमा सरकार गम्भिर रहेको बताएका थिए ।