©AAYO NEWS & GK VLOGS
0Shares

आज देशभर २६ औँ  राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएको छ । नेपालमा वि.सं. २०५५ सालदेखि भुकम्प दिवस मनाउँदै आएको हो भने वि. सं. १९९० माघ २ गते नेपालमा गएको ठूलो भुकम्पको सम्झनामा विभिन्न कार्यक्रमका साथ मनाइदै आएको भुकम्प दिवस आज भने २६ औँ भुकम्प दिवसको रुपमा सुनसरीको धरानमा पनि मनाइएको हो ।

‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने मूल नाराका साथ मनाउन लागिएको भुकम्प दिवसमा भविष्यमा भुकम्पबाट हुन सक्ने खतराबाट जोगिनका लागि जनचेतना जगाउने उद्देश्यले समेत मनाईएको आयोजक धरान उपमहानगरपालिकाले जनाएको छ ।

धरान विपद् व्यवस्थापन शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा मंगलबार धरान उपमहानगरपालिकाको प्राङ्गणबाट र्याली निकाल्दै दिवस मनाएका हुन । र्यालो नगरपालिका प्राङ्गणबाट बिहान करिब ९ बजे सुरुभई चतरालाईको ह्युज फ्यामिली हुँदै पुतली लाईन स्थित भाट्भटेनि हुँदै भानुचोक,महेन्द्र पथ हुँदै छाताचोक बाट पुन चतरालाई उपमहानगरपाकिका पुगि औपचारिक कार्यक्रममा परिण भएको थियो ।

उक्त र्यालिमा धरानमा रहेका विभिन्न संघसंस्थाहरुका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रममा आफ्ना मन्तव्य राख्ने अधिकाश बक्ताहरुले भुकम्पको बेलामा कसरी उद्दारमा जुट्न र कसरी आफूलाई सुरक्षित राख्ने भन्ने बारे धराना राखेका थिए। जहाँ उनिहरुले नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति हुने गरेको बताएका थिए ।

भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयासहरु भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ । आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । वि.सं. ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । नब्बे सालको भूकम्प जाँदा नेपालमा भूकम्प मापन गर्ने उपकरण नै थिएन भने बाहिरबाटै मापन गरिएको थियो ।

संसारमा कमै मात्रामा त्यस्ता उपकरण जडान भएका थिए । त्यस भूकम्पमा १५ हजार सात सय मानिसको ज्यान गएको थियो । जसमध्ये नेपालमा करिब आठ हजार मानिसको ज्यान गएको थियो । तीमध्ये झन्डै चार हजार मानिसको काठमाडौंँमा मृत्यु भएको थियो । त्यसपछि नेपालमा त्यत्रो ठूलो भूकम्प गएको छैन ।

वि.सं. २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक क्षेत्रलाई केन्द्र बनाएर ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । त्यसपछि ५० हजारभन्दा बढी परकम्प गएका छन् । सो समय करिब नौ हजार मानिसको मृत्यु र २२ हजार जना घाइते भएका थिए । झन्डै आठ लाख घर क्षति भएका थिए भने करिब सात खर्ब रुपियाँको भौतिक क्षति पुगेको थियो ।भूकम्पको जोखिम बढी भएका ठाउँमा भूकम्प गइरहेको अभिलेखीकरण भएको पाइन्छ । विभिन्न ठाउँमा ५०औँ, सयौँ र हजारौँ वर्षदेखि शक्ति केन्द्रित भएर रहेको हुन्छ र जुनसुकै समयमा पनि ठूलो भूकम्प जाने गरेका छन् । ठूला भूकम्प यति बेला नै जान्छन् भन्ने वैज्ञानिक तथ्याङ्क छैन । ठूला भूकम्प भएपछि लामो समयसम्म पनि भूकम्पका धक्काहरू महसुस हुने गर्छन् । त्यसलाई परकम्प भनिन्छ ।

ठूलो भूकम्प गएपछि बाँकी रहेको शक्ति बाहिरिने क्रममा स-साना अन्य भूकम्प जाने गर्छन् । प्रत्येक परकम्प आफैँमा भूकम्प हुने गरेका छन । नेपालमा भूकम्पीय जोखिमको हिसाबले सबैभन्दा जोखिमपूर्ण खानी तथा भूगर्भ विभाग रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जस अनुसार हिमालय भनेको नै भूकम्पीय उथलपुथलका कारण बनेको क्षेत्र हो । हाम्रा प्रत्येक ठाउँ जोखिममा छन् । हामी जोखिम क्षेत्रमै बसोबास गर्दै आएका छौ ।

उता राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको निगरानी राख्ने र भूकम्प गएमा त्यसको सूचना सार्वजनिक गर्दै आएको छ । भूकम्पबाट हुने क्षतिको कुरा गर्दा मानव बसोबास भएको क्षेत्रमा बढी क्षति हुन्छ र नभएको ठाउँमा कम हुने गर्छ । मानवीय संरचना र मानवको बस्ती जहाँ बढी हुन्छ, त्यहाँ बढी क्षति हुने गर्दछ ।