0Shares

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सुत्रिय माग राखि जारी रहेको आन्देलन आज सम्म पनि टुङगो लाग्न सकेको छैन । बिगत १०२ दिनदेखी नै आन्दोनरत रहेको प्रतिष्ठानका शिषक्ष तथा कर्मचारीहरुले आज बुधबार बिहान बिरोध ¥याली निकालेका छन । कायममुकायम उपकुलपति डा.प्रहलाद कार्कीको कार्यलय अगाडीबाट सुरु भएको उक्त बिरोध ¥याली बुद्धचोक,दुर्गाचौक,पुतलीलाई भानुचोक बुद्धमार्ग हुदै पुन सोही स्थानमा पुगी कोणसभामा परिणत भएको थियो ।

यसअघि बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरुले गत पुष २९ गते आईतबार बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पुरा नभएपछि सेवा बहिष्कार गरेका छन । उनीहरुले बिहानदेखि नै उपकुलपति कार्यालयअघि धर्नामा समेत बसेका थिए । शिक्षक कर्मचारहिरुले सोही दिन कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई कार्यकारिणी बैठक बसाएर अन्तर्वार्ताको मितिबारे निर्णय गर्न समय दिएका थिए तर, विदामा बसेका कार्की प्रतिष्ठानमा नै आएका थिएनन।

सोही दिनदेखी प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारीहरुले काम छोडेपछि प्रतिष्ठानको इर्मजेन्सी, आइसियु, डाइलाइसिस र वार्डमा भर्ना भएका विरामीहरु बाहेकको सम्पुर्ण सेवा ठप्प भएको छ । गत आईतबारबाट बिहानैदेखि नै ओपिडी बिल काउन्टर पनि खुलेको छैन जसले गर्दा उपचार सेवाबाट नयाँ विरामीहरु बञ्चित भएका छन । उता वार्डमा भर्ना भएका विरामीहरुको मात्र उपचार सेवा पाएका छन भने वार्डमा भर्ना भइसकेका पुर्वनिर्धारित अप्रेशनहरु मात्र सञ्चालन भएको पाईएको छ । यस्तै, शिक्षकहरुले पनि सेवा बहिष्कार गरेपछि पठनपाठन र परिक्षाका कार्यक्रमहरु पनि प्रभावित हुन पुगेको छ ।

शिक्षक तथा कार्मचारीहरुको बषौंदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु हुनुपर्ने माग गर्दै पटक पटक आन्दोलन गरेका थिए । गत कार्तिक २० गते आन्दोलनरत शिक्षक, कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै ४ बुँदे सहमति गरेको थियो । उक्त सहमति वमोजिम आवश्यक विधि र प्रक्रिया पुरा गरेर पुष २ देखि १५ गतेसम्म अन्तर्वार्ता सुचारु गर्नुपर्ने भएपनि कार्यान्वयन नभएपछि पुनः शिक्षक, कर्मचारीहरु आन्दोलित भएका हुन । उपकुलपति डा.कार्कीले कार्यकारिणी बैठक बोलाएर आफै विदामा बसेपछि आक्रोशित आन्दोलनकारीहरुले उनलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका छन भने उपकुलपति डा.कार्की बिरुद्ध कार्यलयका मुल गेटहरुमा का.मु उपकुलपति डा.कार्कीलाई प्रबेश निषेध समेतको ब्यानर झुण्डयाएका छन ।

बिदा बस्नु अघि नै गरे किन गरे बिभागीय जिम्मेबारी हेरफेर ?

उता शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले कामु उपकुलपति कार्कीले आफू अनुकुलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई समेत जिम्मेवारीबाट हटाएको बताएका छन । उनका अनुसार प्याथोलोजी, गाइनोकोलोजी, फोरेन्सिक मेडिसिन, मेडिकल सर्जिकल नर्सिङ्, कन्जरभेटिव डेण्टिष्ट्री एण्ड ईण्डोडोन्टिक्स, अर्थोडोन्टिक्स, पेडियाट्रिक नर्सिङ, स्कुल अफ पब्लिक हेल्थ, बायोकेमेष्ट्री, जनरल प्राक्टिस तथा ईमरजेन्सी मेडिसिन र एनेस्थेसिया एण्ड क्रिटिकल केयरका विभागीय प्रमुखहरुलाई कार्कीले जिम्मेवारीबाट हटाएका छन।

कार्यकाल नै नसकी विभागीय प्रमुख फेरबदल भएकाहरुमा प्याथोलोजी विभागका प्राडा स्मृति कार्कीको स्थानमा प्रा.डा परिचा उपाध्यायलाई ल्याएका छन भने गाइनोकोलोजी विभागका एडिसनल प्रोफेसर डा पप्पु रिजालको स्थानमा डा अचला ठाकुर र फरेन्सिक मेडिसिन विभागका प्रा.डा बीएन यादवको स्थानमा प्रा.डा शिवेन्द्र झा लाई ल्याएका छन । त्यस्तै, मेडिकल सर्जिकल नर्सिङ विभागका प्रा. गयानन्द मण्डलको स्थानमा प्रा.डा पुस्पा पराजुली र कन्जरभेटिभ डेण्टिष्ट्रि एण्ड ईण्डोडोन्टिक्स विभागका डा मन्नु विक्रमको स्थानमा डा.नविन अग्रवाललाई नयाँ विभागीय प्रमुख बन्न पत्र पठाइएको छ ।

यसैगरी अर्थोडोन्टिक्स विभागका डा.राजेश ज्ञवालीको स्थानमा डा.प्रभात रञ्जन पोखरेल, पेडियाट्रिक नर्सिङ विभागका प्रा.डा रमानन्द चौधरीको स्थानमा बसन्त कुमार कर्ण, स्कुल अफ पब्लिक हेल्थका प्रा.डा पारस पोखरेलको स्थानमा प्रा.डा निलाम्बर झा, बायोकेमेष्ट्रि विभागका प्रा.डा निर्मल बरालको स्थानमा प्रा.डा माधव लम्साल, जनरल प्राक्टिस तथा ईमेरजेन्सी मेडिसिन विभागका प्राडा ज्ञानेन्द्र मल्लको स्थानमा प्रा.डा रविन भण्डारी र एनेस्थेसिया एण्ड क्रिटिकल केयर विभागका प्रा.डा एसएन सिंहको स्थानमा प्रा.डा कृष्णा पोखरेललाई नयाँ विभागीय प्रमुखको रूपमा पत्र पठाइएको छ । त्यस्तैगरी प्रतिष्ठाका प्रवक्ताबाट अन्जु प्रधानलाई हटाएर नया प्रवक्ताको रुपमा प्रा.डा. पारस कुमार पोखरेललाई जिम्मेबारी दिइएको छ । उनीहरु विभागीय प्रमुख बन्न पत्र पाए पनि अधिकांश चिकित्सक शिक्षकहरुले प्रक्रिया पूरा नगरी अन्य पदाधिकारीलाई जानकारी नै नदिएको र रितपूर्वक टिप्पणी प्रक्रिया नबढाएकाले पद बहाली लिन सक्ने अवस्था नरहेको प्रतिक्रिया समेत दिएका छन ।

समस्या सामाधानको साटो प्रतिष्ठानका सिनेट सदस्यबाटै कार्यकक्षमा ताला


समस्या सामाधानको साटो प्रतिष्ठानका सिनेट सदस्य समेत रहेको धरानका मेयर हर्क साम्पाङले कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीेका कार्यककक्षमा आफै लगाए ताला लगाएका छन । कायममुकायम उपकुलपति कार्कीले आफना मर्यादामा रही कुनैपनि काम नगरेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरानका मेयर हर्क साम्पाङले कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीको कार्यकक्षमा आफै ताला लगाइदिएका हुन । उनले कायम मुकायम उपकुलपति कार्कीलई राजीनामा वा बर्खास्त गर्न पनि कुलपति एवं प्रधानमन्त्रीलाई पत्राचार गरेका छन ।

शिक्षक, कर्मचारीहरु आन्दोलनमा उत्रिएको बेला प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर विदामा बसेका का.मु.उपकुलपति कार्कीको कार्यकक्षमा पुष १ गते सोमबार दिउँसो मेयर साम्पाङले तालाबन्दी गरेका हुन । ताला लगाउदै मेयर साम्पाङले कसैले पनि ताला नखोल्न चेतावनी समेत दिएका छन । हुन त मेयर स्वयम आफै सिनेट सदस्य भएकोले समस्या सामाधान गर्नुको साटो आफै तालाबन्दी गर्नु अशोभनीय कार्य समेत भएको आम सर्बसाधारण धरानका जनताहरुको बुझाई छ ।

कायमुकायम उपकुलपति डा.कार्की केही दिनदेखी सम्पर्कविहिन जस्तो भएका छन । कार्यकारिणी समितिको बैठक बोलाएर विदामा बसेपछि शिक्षक, कर्मचारीहरुले उपकुलपतिलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका छन । काकायमुकायम उपकुलपतिमा नियुक्ति भएपछि कार्कीले बढुवा प्रक्रिया रोकेका थिए भने गत कार्तिक २० गते शिक्षक, कर्मचारीसङ्ग छुट्टाछुट्टै सहमति भएको थियो, तर उक्त सहमति कार्यान्वयन नगरी सम्पर्कविहिन भएर बसेकाले उनै कार्की मुख्य दोषी जस्तो देखिनुका साथै उनैमाथि शंकाको बोझ थुप्रिएको छ । यति मात्र नभएर कार्यलयमा अनुपस्थित रहेका डा कार्कीले रजिस्ट्रार प्रा.डा.सुर्यप्रसाद सङ्ग्रौलालाई दिएको अधिकार समेत खोसेपछि उनी नै सम्पुर्ण समस्याको जड हो भनेर आन्दोलनरत पक्षहरु शंशंकित भएका छन । प्रतिष्ठानमा उपकुलपतिले अन्य पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने नियम भएकोले पनि होला कार्कीले रजिस्ट्रारलाई पत्र पठाउदै सम्पुर्ण अधिकार फिर्ता लिएको र आफ्नो स्वीकृति विना कुनैपनि काम नगर्न निर्देशन दिएका छन ।
प्रतिष्ठानमा डाक्टर पढने बिद्यार्थीहरुको पिडा उस्तै


वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको आन्दोलनले पठनपाठन ठप्प हुँदा विद्यार्थीहरु मारमा परेका छन । प्रतिष्ठानका शिक्षक र कर्मचारीहरू संयुक्त आन्दोलनमा उत्रिएपछि गत आइतबारदेखि नै ओपिडी र शैक्षिक क्षेत्रह ठप्प भएको छ। बढुवाको माग लिएर प्रतिष्ठानको शैक्षिक क्षेत्र पुर्णरुपमा बन्द भएको यो तेस्रो पटक हो । यस अघिको आन्दोलनले पनि करिब डेढ महिना शैक्षिक गतिविधि रोकिएदा शैक्षिकसत्र लम्बिएको थियो । जस्ले गर्दा विद्यार्थीहरुलाई मानसिक तनाव र आर्थिक बोझ थपिएको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले बताए ।

आन्दोलन हुँदा विद्यार्थीहरूलाई प्रत्यक्ष असर पर्ने र विद्यार्थीहरूमा नैराश्यता बढ्दो रहेको पनि अध्यक्ष डा।रजकले बताए । यसैबिच सोमबार प्रतिष्ठानका विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । का।मु। उपकुलपति लगायत अन्य पदाधिकारी, सम्पूर्ण सम्बन्धित निकाय र सरोकारवालाहरूको ध्यानाकर्षण गराउन उपकुलपतिको कार्यालय अगाडि धर्ना दिइएको रजकले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानका करिब ३०० विद्यार्थीले धर्ना दिएका थिए ।

पठनपाठनका सबै कार्यक्रम ठप्प पारिएपछि विद्यार्थीहरूले पाठ्यपुस्तक लिएर पढ्दै शैक्षिक बन्दको सांकेतिक विरोध गरेका थिए । विद्यार्थीहरूको समस्यालाई बुझेर शैक्षिक बन्दको कुनै न कुनै किसिमले हल निकालिदिन अनुरोध पनि गरिएको समाजले जनाएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकले समस्याको हल नगरी केन्द्रीय निकायबाट आफूहरू नफर्किने मौखिक प्रतिबद्धता जनाएकोले आफुहरु आशावादी रहेको अध्यक्ष रजकले बताएका छन ।