26Shares


धरानको स्वास्थ्य क्षेत्र अन्र्तगतका वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान राजनितिको खेल खेल्ने मैदान हुदाँ सर्बसाधारण मात्र नभई यहाँका बिरामी,शिक्षक बिद्यार्थी तथा सर्बसाधारण मारको अन्तीम बिन्दुमा पुगेको छ । जसका कारण उनीहरुले स्वास्थ्य सेवा भनेजस्तो लिन पाएका छैन । नत यहाँका शिक्षक डाक्टरहरु नत बिद्यार्थीहरुले नै स्वास्थ्य मानसिकताका साथ काम गर्ने बाताबरण पाएका छन । प्रतिष्ठानमा हुदैछ त केवल राजनिति राजनिति राजनिति ? यसै राजनितिको झझल्को हेर्न लायक एउटा दृश्य आईतबार धरानको स्वास्थ्य संस्था बचाउ भन्दै निस्केको खबरदारी आन्दोलनमा समेत देख्न पाईयो ।

वीपी प्रतिष्ठानका पदाधिकारी बिचको खिचातानी र शिक्षक, कर्मचारीको गुटबन्दी स्वार्थका कारण वीपी प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गर्दै तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु नभएमा धरान नगरवासी विरोधमा उत्रन भनेर धरान वडा नं १८ का वडा अध्यक्षले माघ ११ गते वडामा भएका संघसंस्था तथा ब्यक्तीहरुलाई पत्र नै काटे भने सो पत्रपछि माघ १२ गते एक वक्तव्य नै जारी गरे सोही जारी गरेको वक्तव्य कार्यान्वयनका लागी धरान आसपासका सम्पुर्ण धरानेहरु त्यसमा पनि बिशेषत वडा बासीलाई दवावमुलक ¥यालीमा आउन आब्हान पनि भयो ।

पत्रचार मार्फत आब्हान गरेको पर्सि पल्ट माघ १४ गते दिउसो करिब १ बजेबाट धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) को नेतृत्वमा ¥याली समेत निकालीयो जुन ¥यालीले वीपी प्रतिष्ठानको अहिलेको स्थितिले ‘स्वास्थ्य उपचारको जनताको मौलिक हक’ खोसिन सक्ने अवस्था सिर्जना भएकोले त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने ध्यानाकर्षण गराउँदै गरेको देखिए पनि उक्त ¥याली को प्रति लक्षीत थियो सो भने नत ती ¥यालीमा सहभागीहरुले थाहा पाए नत वीपी प्रतिष्ठानका शिक्षक डाक्टरहरुले नै । उनीहरुले आ-आफना माग सम्बोधन हुने हेतुले ¥यालीमा सबैखाले मानिसहरुको भिड बटुलेर निकाले पनि अन्नत वीपी प्रशसनको तथा अन्य पक्षलाई भने हातीआयो हाती आयो फुस्स जस्तो भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अस्पतालको सेवा,पठन पाठन सुचारु गर्न माग गर्दै नागरिक आन्दोलन शुरु गरिएको छ भने प्रतिष्ठानका चिकित्सक शिक्षक, कर्मचारीको बढुवा प्रक्रियाको मागको आन्दोलनले अस्पताल सेवा र पठनपाठन प्रायः ठप्प भएको छ । यीनै कुराहरुलाई जोडतोडका साथ उठाएका वडा अध्यक्ष राईले तत्काल सेवा, पठनपाठन शुरु गर्न माग गर्दे नागरिक आन्दोलन सुरु भएको हो । आइतबार दिउसो करिब १ बजे धरानका युवा, सर्वसाधारणहरूको सहभागितामा प्रतिष्ठानको मुख्य गेटमा मागहरू लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरू लाई सम्बोधन गर्दै वडाध्यक्ष राईले प्रतिष्ठानका चिकित्सक कर्मचारीको सिण्डिकेट रहेको आरोप लगाएका थिए ।

सिण्डिकेटमा संलग्न ३७ जनाको भण्डाफोर गर्ने उद्घोष गर्दै उनले भने ‘३७ वटा मेडिकल, २१ वटा ल्याबमा वीपीका कर्मचारी डाक्टरको सिण्डिकेट रहेको छ, त्यो तोड्नुपर्छ भने । अध्यक्ष राईले प्रतिष्ठानको सेवा सुचारु गराउन अनसन बस्ने घोषणा समेत गरेका छन । काँग्रेसका नेताले आन्दोलन नगर्न दबाब दिएको खुलासा गर्दै प्रतिष्ठान अहिले बन्द रहेको अवस्था भएकोले आफू चुप लगेर बस्न नसक्ने बताएका थिए । प्रतिष्ठानका पदाधिकारी, राजनीतिक, शिक्षक, कर्मचारी साथै गुटबन्दीले प्रतिष्ठान धराशायी बनेकोले हाल बन्द भएकोले तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै प्रतिष्ठान खुलाउन आफूले आन्दोलन गर्नु परेको वडाध्यक्ष राईले बताएका छन ।

त्यस्तै सचेत धराने समूह जो आफैमा धरानका मेय हर्क साम्पाङ बाहेकका सर सहयोग बिना चल्दैन त्यही सचेत धराने समुहका अध्यक्ष मनोज बस्नेतले प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रह्लाद कार्कीले प्रधानमन्त्रीको निर्देशन नमानेको बताएका थिए । धराने युवा यवराज शङ्करले प्रतिष्ठानको गतिरोध तत्काल अन्त्य नगरे आन्दोलन थप चर्काउने चेतावनी दिए भने धरान १८ का नेपाली काग्रेसका अजय राईले प्रतिष्ठानमा बिरामीलाई उपचारबाट वञ्चित गर्न नहुने बताएका थिए । उनले चिकित्सक कर्मचारीले दलीय स्वार्थमा काम गरिरहेको आरोप लगाउँदै २०÷२५ जनाको कारणले प्रतिष्ठान धराशायी बन्दै गएको बताए ।

उता धरानमा नागरीक आन्दोलन स्वरुप खबरदारी भईरहदा प्रतिष्ठानकै डाक्टर भुपेन्द्र शाह भन्नुहुन्छ, हे वडा अध्यक्ष, मेयर, सांसद, हे नेता र जनताहरू प्रतिष्ठानका शिक्षक र कर्मचारीहरु अन्यायमा परेका छन । तपाईहरु साँचीकै प्रतिष्ठान बचाउने, बिरामी र बिद्यार्थीहरुको अवस्था प्रति चिन्तित हुनुहुन्छ भने हाम्रो साटो धर्ना र आन्दोलन गरेर हामीलाई न्याय दिने अभियानमा लाग्नुहोस हामी १ मिनेट भित्रै बिरामीको उपचार र विद्यार्र्थी पठनपाठनमा लाग्छौँ । बिरामी र बिद्यार्थीहरुको दुःख हामीले सम्बोधन गर्नु पर्छ, तर यति भन्दै गर्दा हाम्रो समस्याको बारेमा चाहीँ कसले बोलिदिने ? के हामी आफ्नो दुःख र अन्यायको विरुद्धमा बोल्न र संघर्ष गर्न नपाउने ? यदि साँच्चिकै नियत प्रतिष्ठान बचाउ र सुधार मात्रै हो भने, हामीलाई न्याय दिन आन्दोलनमा आउनु होस हामी काम गर्न जान्छौँ । तर नियत अर्कै हो भने त्यसले कसैको भलो गर्ने छैन ।

यसैबीच सोही धरानकै स्थानीय बिनोद तिम्ल्सीनाले अस्पताल खुला गर,स्वास्थ्य सेवा सुचारु गर भन्दै कुनै पनि संघ,संस्था,राजनैतिक दलको व्यानर विना धराने जनता भएर दबाव मुलक ¥यालीमा सहभागी भयौ तर त्यही ¥यालीमा सचेत भएर राजनिति गरेको नि देखियो,राजनिति गर्नेले राजनैतिक दल खोल,धरानको संस्थाको खोल नओढ,किनकी धराने नामले समग्र धरानको प्रतिनिधित्व गर्छ तर तिमीहरुलाई पुरा धरानले चिन्दैन,विचरा चिन्दैन भनेर जहाँ मान्छेको भिड भयो त्यही चिनिन जाने रैछ,अनि आफुलाई म तँ भन्दा सचेत नागरिक हो भनेर घमण्ड गर्ने रैछ ? राजनिति गर्नेले जागिर नखा,राजनैतिक दल खोलेर समाज परिवर्तन गरेर देखा भनेर आफनो सामाजिक सञ्जालमा पोष्ट गरेका छन ।

स्मरण रहोस यहि वीपी प्रतिष्ठानमा बिगतका दिनहरुमा ठाउको ठाउ एक्सन सहित उत्रिएका हामी नेपाल नामक संस्था तथा बिभिन्न पार्ट पार्ट गर्दे करिब १५० दिनसम्म चलाएको प्रतिष्ठानकै आन्दोलनरत शिक्षक डाक्टर तथा बिदार्थीहरुको आन्दोलनले समेत हाल सम्म समस्या किनारा लगाउन सकेको छैन भने धरान बचाउने आफुहरु मात्र हो भनठान्ने धराने बुद्धिजीवी स्थानीयदेखी केन्द्र सरकार,प्रतिष्ठानकै कामु उपकुलपति,सम्बन्धित डाक्टर,धराने जनता,राजनीतिक दलहरुको भुमिका समेत प्राय सुन्य देखीदा यी सबै सम्स्याको मार धरान र आसपासका बिरामी तथा तीनका आफन्तले पाईरहेको कुरालाई नकार्न सकिन्न की ?