©AAYO NEWS & GK VLOGS
0Shares

आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । सोही प्रजातन्त्र दिवसको दिन सुनसरीको धरानमा साईकल रेस गरिएको छ । रोटरी क्लब अफ धरानको आयोजनामा १६ किलोमीटर साईकल रेस गरिएको हो ।

तिन दशक अघि स्थापना भई आफ्नो स्थापना कालदेखि नै सामाजिक सहभागितामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका रोटरी क्लब अफ धरानले सामाजिक कार्यहरुलाई थप निरन्तरताका साथ उक्त कार्यक्रम गरेको कार्यक्रम सम्योजक एबम रोटरियन बिनय लाल श्रेष्ठले जानकारी दिए।

“Pedal for Child Education” नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विशेषत Charity Fun Ride समेत गरिएको रोटरी क्लब अफ धरानका अध्यक्ष शिबनन्द शाहले जानकारी दिए । उनका अनुसार कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको र सो कार्यक्रमबाट संकलित रकम धरान १५ खोरिया बस्तीमा अबस्थित रहेको श्री जनता आधारभुत बिद्यालयको बिद्यार्थीहरुका लागि विभिन्न खेल सामग्रीहरु पिङ, चिप्लेटी, Seesaw जस्ता भौतिक संरचना निर्माण गरीएको छ ।

उक्त साईकल रेस सोमबार बिहान ८ बजे धरानको भानुचोकबाट सुरु भई श्री जनता आधारभूत विद्यालय, धरान-१५, खोरियाबस्तीमा पुगेर समापन भएको थियो ।उक्त साईक्लोफन २.० धरानको भानुचौक बाट सुरु भई छाताचौक, लक्ष्मीचौक, पृथ्वी रोटरी चौक, सिंहदेवी चौक, चिनियाँ चौक, माछाभौडी, सदन हुँदै कार्यक्रम स्थल धरान १५ खोरियाबस्ती स्थित श्री जनता आधारभुत विद्यालयमा पुगेको थियो भने साईक्लोक्रस १.० भानुचौक, छाताचौक, लक्ष्मीचौक, पृथ्वी रोटरी चौक, रेडक्रस, हात्तिसार, विजयपुर चौक, विजयपुर स्कुल, बेलडाँडा चौक, सेउती खोला, वसन्तयर, वडा नं. ४ काठेपुल, आदर्श चौक, बगरकोट, किसान चौक, अधेरी खोला, ५ नं. वडा कार्यालय ठिगाबारी, कर्माचौक खैरेनी, सेरा खोला पुल, सरस्वती चौक, स्कूलडाँडा पानबारी, सेडती पुल, महादेवचौक हुँदै श्री जनता आधारभूत विद्यालय खोरियाबस्तीमा पुगेर समापन भएको श्रेष्ठले जानकारी दिएका छन । जहाँ Cyclofun 2.0 को दूरी ७ कि.मि. र Cyclocross 1.0 को दुरी १६ कि.मि. पार गरेको थियो । अघिल्लो बर्ष जस्तै सोही कार्यक्रमलाई निरन्तरता दिँदै Cycling खेललाई थप टेवा पुग्ने गरी यस वर्ष पनि Cyclofun 2.0 साथै थप Cyclocross 1.0 (राष्ट्रिय स्तरको 16 km MTB Race) को आयोजना गरीएको आयोजक रोटरी क्लब अफ धरानले जनाएको छ । उक्त Cyclocross 1.0 मा भाग लिने सम्पूर्ण खेलाडीको दुर्घटना बिमाको व्यवस्था समेत गरिएको थियो भने सुनसरी जिल्ला बाहिरबाट आउनुहुने सम्पूर्ण सहभागीहरुलाई अघिल्लो एक रातको आवासको व्यवस्था गरिदै भोलिपल्ट आज सोमबार साईकल रेसमा सहभागी गराईएको थियो ।

त्यस्तै सोही कार्यक्रमकै दौरान Cyclocross 1.0 पश्चात Professional Cyclist हरुद्वारा Choreographed Stunt Show प्रस्तुति समेत आयोजना गरीएको सम्योजक श्रेष्ठले जानकारी दिए । यसैबीच राष्ट्रिय स्तरको १६ किलोमिटर साइक्लोक्रस १.० एमटिबि रेस काभ्रेका अच्युतकृष्ण खरेलले जितेका छन् । निर्धारित १६ किलोमिरको दुरी उनले ३६ मिनेटमा पुरा गर्दै रेस जितेका हुन् ।

धरानका दिप सागर तामाङ रेसमा दोस्रो भए भने एपिएफका लक्ष्मण मल्ल तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो भएका विजेताहरुले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगदसँगै मेडल, प्रमाणपत्र पुरस्कार हात पारे । रेसमा महिलातर्फको फाष्टर राइडरको पुरस्कार धरानकी आशा लिम्बुले जितिन् । उनले नगद ५ हजार पुरस्कार पाइन् । ४० बर्षको उमेर माथि समुहका मास्टर फाष्टर राइडरको पुरस्कार धरानका ४२ बर्षीय पदम थापाले जिते । उनले पनि नगद ५ हजार हात पारे । यस्तै, १६ बर्षमुनिका खेलाडीहरुबीच आयोजित स्लो साइकल रेसमा अनुशिल कार्की प्रथम र कुसाङ शेर्पा दोस्रो हुदै क्रमशः नगद २ हजार र १ हजार, प्रमाणपत्र, मेडल पुरस्कार पाए ।

उक्त प्रतियोगितामा सहभागी राईडरहरु मध्ये बिजेताले नगद २० हजार दोस्रो हुनेले नगद १५ हजार तथा तेस्रो हुनेले नगद १० हजार त्यस्तैगरि महिला तर्फको सबैभन्दा छिटो रेस पूरा गरी बिजेता हुनेलाई नगद ५ हजार, मेडल तथा प्रमाणपत्र र ४० बर्ष माथी कटेकाहरु मध्येका सबैभन्दा छिटो रेस पूरा गरि बिजेता हुनेले समेत नगद ५हजार पुरस्कार संगै मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

उक्त साईकल रेसको समुदघाटन धरानका मेयर हर्क राज राईले रोबर्टको स्विच अन गरि रोबर्ट बाटै रिबन काटेर गर्नु भएको थियो ।