5Shares

सुनसरीको धरानमा अबस्थित रहेको धरान फुटबल क्लबले प्रताप तामाङको नेतुत्बमा आफ्नो नयाँ कार्यसमिति निर्वाचित गरेसगै पहिलो र बुढासुब्बा गोल्डकपको २४ औ संस्करणको रुपमा यहि फागुन २६ गतेबाट चैत्र ३ गतेसम्म (क श्रेणी) अन्तरगतको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगीता २०८० हुने भएको छ ।

यसपटकको प्रतियोगिताको सम्भाबित टीमहरुमा चर्च ब्वाईज क्लब लिग च्याम्पियन,श्रीस्टार क्लब, धरान फुटबल क्लब, एन आर टी काठमाण्डौ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब (युके एफसी) गरी ८ बटा टीमको सहभागीता रहने आयोजक धरान फुटवल क्लबले जनाएको छ । बि.स.२०८० पौष २१ गते सम्पन्न क्लबको छैठौं साधारण सभा (तेस्रो अधिवेशन)ले तामाङले नेतृत्वमा पदभार ग्रहण गरेको छोटो समयमा नै क्लबको मुख्य कार्यक्रमको रुपमा २४ औ बुढासुब्बा गोल्डकप प्रतियोगिताको तयारी गरिएको नब निर्बाचित अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

धरान १२ स्थित होटेल पुर्बी स्टारमा बिहिवार बिहान ९ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगीता बारे जानकारी दिईएको हो । अध्यक्ष तामाङका अनुसार व्यवसायिक हुन नसकेको खेलकुद क्षेत्र र देशले भोगिरहेको आर्थिक मन्दीको कारण प्रतियोगिता आयोजना अझ चुनौतीपूर्ण रहेको छ । त्यसमा पनि बियर, रक्सी जस्ता अल्कोहल जन्य पेय पदार्थले प्रायोजन गर्न नपाउने नेपाल सरकारको नयाँ नीतिका कारण धेरै खेलकुद प्रतियोगिताहरुको आयोजनामा ठूलो असर पर्न गएको बताए । अल्कोहल जन्य पेय पदार्थले खेलकुद प्रतियोगिताहरुलाई प्रायोजन गर्ने सम्बन्धमा नीति नियम बनाएर सम्बोधन गर्नुपर्ने नेपाल सरकारसँग माग पनि क्लबको रहेको छ ।

सोही पत्रकार सम्मेलनमा क्लबका संरक्षक मीन सुब्बाले अर्कोतिर धरान फुटबल क्लब प्रति केही प्रश्नहरु जनमानसमा उठ्दै आइरहेकाले पनि हामीले सहज रुपमा लिनुपर्ने हुन्छ । क्लवप्रति उठेका यस्ता प्रश्नहरुको सम्बोधन गर्ने प्रतिबद्धता यसै पत्रकार सम्मेलन मार्फत व्यक्त गर्नु चाहेको पनि बताए । सुब्बाले आर्थिक पारदर्शिता, संस्थागत निर्णयहरुलाई अझ इमान्दारिपूर्वक लागू गर्ने विश्वास दिलाउन पनि चाहेको बताए । त्यस्तै क्लबका महासचिव नवीन राईले क्लबका बिस्तृत आयब्याय समेत प्रस्तुत गर्नुहुदै प्रतियोगिता समापन भएको १ महिनामै प्रतियोगिता खर्च सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरे भने उनले २४ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको लागि अनुमानित आम्दानी ७७ लाख ६० हजार खर्च ६६ लाख ५५ हजार रहेको बताए ।

सो क्रममा राईले विगतको र हालको बजेट करीब करीब समान रुपमा रहेको छ। यद्यपि वर्तमान अवस्थामा देशमा विद्यमान आर्थिक मन्दीको कारण बजेटलाई सक्दो न्युनिकरण गर्ने कोशिश गर्नुका साथै मितव्ययिता अवलम्बन गर्ने र त्यसको लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा समेत गरेको जानकारी दिए । सम्मेलनबाटै विशेष गरी स्वदेश तथा विदेशमा रहनुहुने हाम्रा दाताहरुबाट खर्च कटौती, मितव्ययिताको सुझाव प्राप्त भएकोले पनि उक्त कार्यप्रति धरान फुटबल क्लब कटिवद्ध रहेको विश्वास ब्यक्त गर्नुका साथै नेपाल सरकारका निकायहरु, स्थानीय निकाय, सार्वजनिक व्यक्तित्व, संघसंस्था, राजनैतिक दलहरु लगायतलाई सम्मान स्वरुप उपलब्ध गराउनु पर्ने पासहरु र आर्थिक सहयोग गर्ने दाताहरु बाहेक अन्यलाई पासहरु उपलब्ध गराउन क्लब असमर्थ रहेकोले क्लबले पनि सम्पूर्ण खेलप्रेमीहरु महानुभावहरुलाई टिकट काटेर सहयोग गरिदिनहुन पनि यस पत्रकार सम्मेलन मार्फत अनुरोध गरेको छ भने मिडियाकर्मीलाई रंगशाला प्रवेशको सहज व्यवस्था मिलाइने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको २४ औ सस्करणको विजेतालाई नगद १० लाख उप–विजेतालाई नगद ५ लाख तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार र सर्वाधिक गोलकर्तालाई ३५ हजार प्रदान गरीने आयोजकले जनाएको छ ।