123Shares

पूर्वि नेपालको ऐतिहासिक एबम सुन्दर नगरी धरानलाई आधार बनाई पर्यटन क्षेत्रको प्रर्वद्धन र प्रचार प्रसार गर्ने उद्देश्यले धरानक केही युवाहरुले फेसबुक कै माध्ययमबाट सुरु गरेको अभियान अहिले आएको एक कम्पनीको रुपमा परिणत भएको छ धराने युवाहरु अमित मोक्तान, आधि लामा र राजेश पाबिन गरी ३ जनाको समूह मिलेर २०६८ सालमा यात्रा धरान नामक फेसबुक पेज र फेसबुक आइडी बनाई सोहि फेसबुक पेज मार्फत पूर्वि नेपालको विभिन्न क्षेत्रहरुमा पर्यटकिय सम्भावना बोकेको प्राकृतिक सौन्दर्यलाई क्यामेरामा कैद गरी फेसबुक पेज र फेसबुक आइडि मार्फत प्रचार प्रसार गरी प्रचारात्मक अभियानको थालनी भएको थियो भने सोही कार्यलाई हाल आएर एक करौडौको लगानीमा कम्पनी नै खडा गरेर आफना ब्यपार ब्यवसायलाई अगाडी बढाउने अभियान नै थालेका छन।

कम्पनीका प्रमुख अधि लामाले आज धरान ११ मंगलबार चोकमा कम्पनीको आधिकारीका रुपमा कार्यालय नै खडा गरी उद्धघाटन गरीएको जानकारी दिनुभएको छ । लामाले धरानका उपमेयर अईन्द्र बिक्रम बेघा मार्फत रिबन काटी कार्यलयको समुदघाटन गर्नुका साथै आफना कम्पनीको सम्पुर्ण काम काज आजबाट सुचारु समेत गरेको जानकारी दिए ।

सो्ही क्रममा लामाले विगत १० वर्षदेखि अर्थात २०६८ सालदेखि सामाजिक सञ्जाल फेसबुक पेजबाट फेसबुक ग्रुप हुदै संगठित रुपमा यात्रा धरान ग्रुप मार्फत विभिन्न सामाजिक अभियानसंग आफनो गतिविधि निरन्तर रुपमा सञ्चालन गर्दै स्वदेश तथा विदेशमा रहनुभएका ७० जना युवाहरुलाई सोही अभियानमा आवद्ध गराई यात्रा धरान ग्रुप अफ कम्पनी नामक संस्था नै दर्ता गरी विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका बताएका छन भने उक्त संस्थामा एक करोडको लगानी समेत रहेको छ ।

लामाका अनुसार कम्पनीले रियल स्टेट तथा हाउजि क्षेत्र सम्बन्धि लगानी गरी सम्पूर्ण कार्यहरु गर्ने, गराउने साथै घर जग्गा खरीद विक्री गर्ने तथा अन्य कम्पनीको शेयर तथा डिवेञ्चरमा लगानी गर्ने, गराउने,विद्युतीय माध्यम द्वारा पर्यटकहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न वायु सेवा सँग सहकार्य गरी हवाई टिकट विक्री गर्ने, गराउने तथा ट्रेकिङ व्यवसाय लगायत पर्यटन उद्योगसँग सम्बन्धित मनोरञ्जनात्मक तथा साहसिक क्रियाकलापहरु सञ्चालन गर्ने,शिक्षालाई प्रवर्द्धन गर्दै पुस्तकालय निर्माण, सञ्चालन गर्ने, विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने साथै शैक्षिक परामर्श समेत सञ्चालन गर्ने, गराउने,औषधी तथा मेडिकल सम्बन्धी विभिन्न सामाग्री, संयन्त्र, मेसिनहरु थोक तथा खुदा बिकी वितरण गर्ने तथा विभिन्न प्रकारका सफट्वेयर, एप तथा अनलाईन मार्फत व्यवसाय सञ्चालन गर्ने,अनलाईन न्यूज पोर्टल, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी कार्यहरु गर्नेुका साथै रेमिट्यान्स सेवा प्रदायक, मुद्रा सटही मनी एक्सचेन्ज सम्बन्धी कार्यहरु सञ्चालन गर्ने र सेवा दिनेछ ।

स्मरण रहोस यसभन्दा अघि यस संस्था कम्पनी हुनुअघि फेसबुक पेज र ग्रुप मार्फत पूर्वि नेपालको विभिन्न पर्यटकिय क्षेत्रहरुमा अवस्थित धार्मिक मठमन्दिरहरु, प्राकृतिक सौन्दर्यताले भरिएको खोला नाता, झरना, पाहाड, पर्वत, जातिय पर्वहरु अर्न्तगत विभिन्न चाडपर्वलाई समेत क्यामेरामा कैद गरेर स्वदेश तथा विदेशमा रहेका आन्तरीक तथा बाहय पर्यटकहरु सामु पर्याउने काम गरेका थियो ।