3Shares

२४ औं टेष्टी टेष्टी नुल्डर्स गोधुली फुटवल रनिङकप २०८० को आयब्याय सार्वजनिक गरिएको छ । बिहिबार गोधुली क्लबले एक बिज्ञप्ती मार्फत यस बर्षको खेलको आयाब्याय सार्वजनिक गरेको हो । जहा नगद ५ लाख २२ हजार ५७० रुपैया खुद नाफा गरेको छ ।

प्रतियोगिताको आयोजक गोधुली क्लबले बिज्ञप्ती मार्फत आय–व्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा कुल आम्दानी १९ लाख १२ हजार ५ सय ७५ रुपैयाँ आम्दानी भएको छ भने १३ लाख ९० हजार ५ रुपैयँ खर्च भएको क्लबले जनाएको छ । कुल नाफा ५ लाख २२ हजार ५७० रुपैया भएको छ भने बिभिन्न दाता तथा वडाकार्यालयहरुबाट गरी क्लबलाई ३ लाख १५ हजार रुपैयाँ प्राप्त हुन बाकी समेत रहेको क्लबका उपाध्यक्ष सतिस केसीले आयोन्युजलाई जानकारी दिए ।

क्लवले आम्दामी तर्फ धरान उपमहानगरपालिकाबाट ४ लाख ४७ हजार ५ सय ७५ रुपैया,मुख्य प्रायोजक टेस्टि टेस्टिबाट १ लाख ५० हजार, वडाको प्रवेश शुल्कबाट ९० हजार, गेट टिकटबाट ४ लाख २० हजार, १७ नं वडा कार्यालयबाट २ लाख ५० हजार, बैदेशिक सहयोगबाट ८० हजार, धरानका विभिन्न वडाहरुबाट १ लाख ६० हजार र धरान १७ समाज हङकङबाट १ लाख ६० हजार प्राप्त भएको जनाएको छ।

त्यस्तै सह प्रायोजकहरु सेन्ट जोसेफ बो स्कुल, थुलुङ हार्डवेयर, डिजिटल पेन्ट, माउण्ट एभरेष्ट ट्रेजिनङ सेन्टर र एनी स्पोर्टस् ब्राण्ड बाट १ लाख ५ हजार, गोर्खा बु्रअरीबाट ५० हजार, विभिन्न संघसंस्थाहरुबाट ९५ हजार गरी १९ लाख १२ हजार ५ सय ७५ रुपैया प्राप्त गर्न सफल भएको क्लवका उपाध्यक्ष केसीले जानकारी दिए । उनका अनुसार क्लबलाई नाफा हुनुमा मुख्य कारण मितव्ययिता अपनाउनुका साथै दाताहरुको साथ सहयोग नै भएको बताए । गोधुली फुटबल रनिङ कपको २४ औं संस्करण २०८० माघ १३ गतेबाट सुरु भई माघ २७ गते सम्म चलेको थियो । बि.स. २०४२ सालमा स्थापित गोधुली क्लबले बि.स.२०५० सालदेखि प्रतियोगिता सुरु गर्दे भएको छ ।