0Shares

अवैध सामान बरामद मोरङको बिराटनगर महानगरपालिका(१५ स्थितबाट प्रहरीले भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । शनिबार राती ८ बजे १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा द्यच्घडब्घद्दडठ नम्वरको ट्रयाक्टरमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको करिव १२ लाख मुल्य बरावरको बिभिन्न किसिमका कपडा तथा जुत्ताहरु बरामद गरेको हो । अबैध सामान बरामद भए सगैं ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

उता धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाट स्थितबाट प्रहरीले अवैध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । हिजो राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १(०२(०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका ९ धनकुटाका २० बर्षीय सनिल राईले बोकेको झोला संका लागि चेक जाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो । अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।