89Shares

सुभेच्छा फिल्मको प्रस्तुती तथा खुश बहादुर गुरुङको निर्दैशनमा बनेको गुरुङ भाषको चलचित्र ङै माया क्यौलाई अर्थात (मेरो माया तिमिलाई )को बिशेष प्रर्दश्नी तथा सांगितिक धमाका शो गरीएको छ । गुरुङ समुदायको जिवनस्तर उजागर गर्ने उदेश्यले निर्माण गरिएको उक्त चलचित्रको सुनसरीको धरान १६ स्थित बीबी क्यु होटल एड बारमा उक्त चलचित्रको बिशेष प्रर्दश्नी तथा सांगितिक धमाका शो गरीएको हो ।

शनिबार रमाईलो साझ अनी हामी सबैको साथ ग्रुपको आयोजनामा एक औपचारीक कार्यक्रमको आयोजना गरी उक्त गुरुङ भाषाको चलचित्र ङै मायाक्यौलाई अर्थात (मेरो माया तिमिलाई )को बिशेष प्रर्दशनी गरिएको कार्यक्रमका सम्योजक सरीता लामा गुरुङले जानकारी दिनुभएकी छिन । उनका अनुसार उक्त शोको दौरान रमाईलो साझ अनी हामी सबैको साथ ग्रुपको डान्स समुहले सांगितिक प्रस्तुती दिएका थिए ।

धरान गुम्बा धरान १८ का अध्यक्ष पृथ्वी मान गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त बिशेष प्रर्दशनी तथा सांगितिक कार्यक्तममा चलचित्रका निर्माता कलाकार तथा समाजिक अभियन्ताबिशाल गुरुङ(भिजन)का अध्यक्षता रहेको थियो । त्यस्तै निर्माता तथा गायक पृथ्वी गुरुङ लगायतको बिशेष आतिथ्यता रहेको थियो । तीन बर्ष पहिला नै जनजाती चलचित्र महोत्सवबाट पुरस्कृत समेत भईसकेका उक्त ङै माया क्यौलाई चलचित्रमा कुशल गुरुङ,एलीजा गुरुङ,तारा बहादुर गुरुङ तथा पुजा गुरुङको मुख्य भुमिका रहेको छ भने दर्जनौ कलकाकारहरुको अभिनय देख्न पाईन्छ ।

लम्जुङ,स्याङजा तथा पोखरा लगायतका समाजसंगको र र गुरुङ समुदायको यथार्थता देखाउन खोजिएको चलचित्र टिमले जनाएको छ । ‘हामीले माथील्लो भेगका भेडा गोठाला गएको एक युवाको कथा बस्तु स्थितीको यथार्थता देखाउन खोजेका छौ’ निर्माता तथा चलचित्रका गायक समेत रहेका पृथ्वीगुरुङले बताएका छन । ‘चलचित्र पूरै गुरुङ समुदायको कथामा आधारित छ, त्यहाको प्रकृती र रहनसहनलाई जस्ताको तस्तै बाहिर ल्याएका छौे यो चलचित्र मात्रै नभई ऐतिहासिक दस्तावेज समेत भएको उनले बताएका छन्

२३ लाख लागतमा निर्माण भएको उक्त चलचित्र स्याङजाको शिर्षकोट मैदान,लम्जुङ तथा पोखराको बिभिन्न स्थानहरुमा ४२ दिन लगाएर निर्माण गरिएको छ भने उक्त चलचित्र बिभिन्न शहरहरुमा बिभिन्न समयमा प्रदर्शन समेत भइसक्नुका साथै च्यारिटी शो समेत प्रदर्शन गरिसकेको छ। चलचित्र टीमले बिभिन्न सामाजिक कार्य तथा दुखी पिडितहरुको सहयोगका लागी गर्दे आएको उक्त बिशेष शो धरानमा पनि सोही कार्य अन्र्तगत नै गरिएको चलचित्रका निर्माता तथा गायक पृथ्वी गुरुङले जानकारी दिएका छन ।