153Shares

कहिलेकाही फलफुल तथा तरकारीहरु सोचेको भन्दा धेरै फल्ने गर्छ । कृषी प्रदर्शनीमा पनि हामिले धेरै र ठुलो फलेका तरकारी तथा फलफुल देखेकै छौ । कहीकाही त किसनहरुले रोपेको फलफुल तथा तरकारी नपत्याउदो तरिकाले फल्ने गर्छ । पछिल्लो समय सुनसरीको धरानमा पनि एक केराको घारीमा निकै नै चर्चा हुने गरी केरा फलेको पाईएको छ ।


धरान १२ स्थित चतरा लाईनमा हिम प्रसाद ओझाको घर पछाडी रहेको केरा घारीको एक बोटमा चर्चा बटुल्ने खालको नै केरा फलेको हो। जो हेर्दा अन्य समयमा फल्ने केराभन्दा फरक तथा अचम्म खालको छ । जहा एक काईयो केरामा ५२ बटा केरा फलेको छ । उनको बारीमा बिगतका समयहरुमा पनि यस प्रकारको केराको फल लागेपनि बाहिरी मिडिया वा सामाजिक सञ्जालमा नआउदा सो बारे चर्चा भने चलेको थिएन तर अहिले आएर आयोन्युजले नै सो बारे भिडियो तथा सामाचार नै बनाई प्रकाशन गरेपछि थोरैभएपनि सो बारे चर्चा नै चलेको छ । यसअघि ३ महिना अगाडी ओझाले आफनो बारीमा भएको एक काईयो केरामै ४ दर्जन भन्दा बढी कोसा फलेको तथा काटेर घरमा राखि आफन्त ईष्टमित्रहरुलाई समेत चखाईसकेका थिए । तर त्यतिबेला यस प्रकारको मिडिया वा कुनै पनि सामाजिक सञ्जालमा पोष्ट समेत नगरिएकोेले कसैले थाहा नपाएको बताए ।

ओझाका अनुसार पहिला पहिला बाउबाजेको पालामा तरकारी खेती गर्ने गरेका थिए भने पछिल्लो समय खेती गर्न नसक्ने भएकाले केरा ल्याएर रापेको बताए । ओझाको घर पछाडी रहेको सवा दुई कठठा गज्जामा ८ झयाङ केराको बोटहरु छ भने ती मध्येकै एक बोटमा उक्त कोरा फलेको ओझाले बताए । उनले आफु ब्यवसाय नगर्नेगरी घरमा नै फलफुलको रुपमा खाने हुने भन्दै १ बोट केरा ल्याएर लगाईएको थियो भने सोही केराको बोट एक स्थानपछि अर्को स्थानमा बारीभरी छर्दै रोपेको र हाल आएर यतिको संख्यामा समेत केराको बोट भएको बताए ।

त्यस्तैगरी ओझाको सोही बारीमा करिब ८ बर्ष अगाडी पनि केराको एउटै काइयोमा चार दर्जन भन्दा धेरै ५२ कोसा कोरा फलेको थियो । यासपाली पनि एउटै काइयोमा ४ दर्जन तथा ४८ कोसा केरा फलेको छ । उक्त केरा रैथाने मालभोग प्रजातिको हो । उक्त कोसा फल्दै जादा केराको बोड नै निहुरीएको थियो । अझ केराको घरीले तल झरेपछि कोसा काटने क्रममा ओझाले सो केरा फेला पारेका थिए। उनको बारीमा अझ केराहरुमा फुल लाग्नै लागेको देखिन्छ भने सोही बारीमा आप लिच्ची कटहर,मेवा,एभोकोडा,अम्बक,सजिवन लगायत फलफुलका बिरुवाहरु रहेको छ ।

बि.स.२०३६ सालमा भोजपुरको सहायक जिल्ला शिक्षा अधिकारि हुदै जिल्ला शिक्षा अधिकारीको कार्य समेत गर्नु भएका ओझाको पारिबारीक स्थिती किसान नै रहेका थियो भने पछिल्लो समय उनी ब्रह्माण समाज नेपालको केन्द्रिय सदस्य,सना उद्योग व्यापार संघका केन्द्रिय सचिब, सेवानिर्वित कर्मचारी संघको केन्द्रिय सदस्य तथा बिजयपुर अध्ययात्मिक मन्चको सदस्य समेत रहीसक्नुभएका ओझा शिक्षा सदन उच्च माबि धरानका सेवानिवृत शिक्षक समेत रहिसक्नुभएको छ ।