0Shares

सुनसरी क्षेत्र नं. १ संघ तथा प्रदेश सदस्य (सांसद) पदको लागि स्वतन्त्र उम्मेद्धारहरुले धमाधम आफना उम्मेद्धबारी घोषणा गर्ने गरेका छन । यहि क्रमममा गएको भदौ ३० गते धरानको भानुचौकमा स्वतन्त्र तर्फका उम्मेद्धबार कुमार कार्कीले आफु संघ तर्फको स्वतन्त्र उम्मद्धबार घोषण गरेका थिए भने आज आईतबार धरान १६ गणेशमान चोकमा स्वतनत्रहरुकै संयुक्त उम्म्ेद्धबारहरु संयुक्त रुपमा आफना घोषणपत्र अगाडी सार्दै उम्मेद्धबारीको घोषणा गरेका हुन ।
जहा धरानका मेयर हर्क साम्पङ राई पक्षधर मानिएका समिर तामाङ सुनसरी क्षेत्र नं. १ प्रदेश सभा (क) सदस्य÷सांसद पद प्रतिनिधि सभा तर्फका उम्मेद्धबार तर्क बहादुर मगर र प्रदेश सभा (ख) तर्फ हेमचन्द्र राईले आफना उम्मेद्धबारी घोषणा गरेका थिए । उनीहरुले मुठठीमा माटो लिई भ्रष्टाचार नगर्ने बाचा सहित उम्मेद्धबारी घोषण गरेका हुन ।

सोही कार्यक्रममा उनीहरुले घोषण गरीएका संयुक्त घोषणपत्रमा धरान लगायत सुनसरी क्षेत्र नं १ क्षेत्रका स्थानिय निकायहरुमा खानेपानी तथा सिचाइको समस्या समाधानको लागि दिर्घकालिन व्यवस्थापन गर्ने, स्थानीय स्तरमा उत्पादित कृषी उपजको आधुनिकीकरण गर्दै आयत प्रतिस्थापन तथा आत्मा निर्भरता, कृषिको लागी नीति निर्माण गरी कार्यन्वयन गर्ने । (३) गरिव तथा भुमिहिन सुकुम्बासीहरुको रोजगार तथा सामाजिक सुरक्षा तथा भूमी व्यवस्थापन गरि जीवन स्तर उकास्ने,पुर्वाधार विकाशको निर्माण कार्यमा जनश्रमदान र जनतालाई विकाससंग जोड्ने आवधारणालाई लागु गर्न शैक्षिक पाठ्यक्रममा समावेशको लागि आवश्यक नीति नियम बनाउने ,विभिन्न जात जातीका सांस्कृतीक नाच तथा काकीहरुलाई विश्व सम्पदा सुची (UNESCO) मा सुचीकृत गर्ने र संरक्षण प्रबन्ध गर्ने र सो सम्बन्धमा पर्यटन प्रबर्द्धन गर्ने,महिला, बालबालिका, जेष्ठ नागरिक तथा भिन्न क्षमता भएका व्यक्तिहरुका लागि भएका ऐन तथा कानुनमा भएका त्रुटिहरु सच्याउदै विषेश उद्धार तथा संरक्षणको व्यवस्थापन गर्ने,सुनसरी जिल्लाका सबै स्थानिय निकायहरु जोडने रिङरोड बाटोहरु मध्ये क्षेत्र नं १ धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रका बाटोघाटोको स्तर उन्नती गर्नेछ विष्णुपादुका वराहक्षेत्रमा धार्मिक पर्यटकिय क्षेत्र प्रवर्द्धन गर्न आवश्यक पदमार्ग र सडकहरुको स्तर उन्नती र निर्माण गर्ने,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, सांसदहरु मन्त्रि हुन नपाउने व्यवस्था गर्ने,राष्ट्रिय स्तरको गम्भिर मुद्धाहरुमा विज्ञ र नागरिकहरुसंग परामर्श गरि नागरिकको चाहना बमोजिम धारणा बनाएर सदनसम्म जनभावना पुयाउने र मेयर हर्क साम्पाङ लाई सफल बनाउन र उहाँले गर्नु भएको विकासका सम्पूर्ण गतिविधीहरुमा विज्ञहरुको सल्लाह सुझाव लिई नागरिकको हक हितको लागि नतिजामुखि कार्य गर्ने जस्त कार्यहरु समेत सार्वजनिक गरेका छन ।