©Aayo News
0Shares

धरान उपमहानगरपालिकाको वडा नं ५ का वडा अध्यक्षको पहलमा ४ लाख आर्थिक सहयोग तथा बिभिन्न दाताहरुको १६ लाखको आर्थिक सहयोग रहनेगरी निर्माणको अन्तीम चरणमा रहेको देउराली स्वास्थ्य चौकी खोप केन्द्रमा श्रमदान गरिएको छ । सोमबार धरान ५ देउराली स्थित किरात चोकका अबस्थीत रहेको उक्त स्वास्थ्य चौकीको भुई ढलाईमा सयौका संख्यामा आएका स्थानीयहरुले श्रमदान गरेका हुन ।

बिहान ८ बजेबाट नै ती स्वास्थ चौकीको भुईतला ढलाईको काम निर्माण गरि छाडने उदेश्यले उक्त श्रमदानमा स्थानीय लागीपरेका हुन । उक्त स्वास्थ्यचौकी निर्माणको एकमात्र उदेश्य सरकारले स्वास्थ्य उपचारमा उपलब्ध गराएका ८१ प्रकारका औषधीहरु स्थानीयले सहजै पाउने र आफना परिबारलाई सहजै औषधी उपलब्ध गराउने नै रहेको श्रमदानमा आएकाहरुको भनाई थियो ।

धरान वडा नं ५ का वडा अध्यष धन प्रसाद लिम्बुले सरकारले दिने ८१ प्रकारका निशुल्क औषधीहरु आफना वडामा स्वास्थ्य चौकी अभाका कारण ल्याउन नसकेको र सो समस्याले स्थानीयहरुलाई सामान्य उपचारमा समेत समस्या हुने गरेकाले पनि जेनतेन आर्थिक जुटाउदै दाता गुहार्दे यो निर्माणधिन स्वास्थ्य चौकको तयारीमा लागेको बताए ।उनले भने स्वास्थ्य चौकीको भवन अभावमा समस्या थियो ।

हामीले आफनै बलमा वडाको बजेटबाट ४ लाख निकासा गर्ने भएका छौ त्यो पनि नगरपलिकाबाट आएको छैन आएपनि नआएपनि जसरी नी यो स्वास्थ्यचौकी निर्माण गर्नेनै छौ । यसमा यहाका जनताले हामीलाई साथ दिएका छन । लिम्बुले जनताले मात्र नभई देशबिदेशमा बस्ने छोरीचेली तथा दिदिबहिनी दाजुभाईहरले समेत हामीलाई रकम तथा अन्य सामग्रीहरु दिएर सहयोग गर्नुभएको छ । सोही आटले आज यो स्वास्थ्य चौकीको ढलाईको काम पनि भईरहेको छ ।

उनले उक्त स्वास्थ्य चौकीको कुल निमार्ण लागत १६ लाख रहेको पनि उनले बताए । उनले स्थानीय जनताको श्रमदानले देरालीमा निर्माणाधीन स्वास्थ्य चौकि खोप केन्द्रमा श्रमदान गर्न यहाका टि एल ओ,स्थानीय प्रहरी,बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै सर्वसाधारणहरुको घुईचो नै लागेको बताए । लिम्बुले यति मात्र नभई स्वास्थ्य चौकि निर्माणमा सहयोग पुराउन श्रमदानमा आउनेहरुले नै आ आफनौ गक्ष अनुसार खानेकुराहरुकको समेत जोहो गरिदिएको बताए । लिम्बुले आयोन्युजसंघ भने सम्पुर्ण स्थानिय श्रमदाता तथा दाता हरुलाई धन्यवाद ब्यक्त गर्नु चाहन्छु । उनीहरु आफै खानेकुरा ल्याएर भएपनि श्रम गरिरहनुभएको छ ।

लिम्बुले छिटै नै निर्माणकार्य सम्पन्न गरेर स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ लागिपरेको पनि बताए । उनले स्वास्थ्यकर्मीको दरबन्दी समेत नरहेको र यो स्वास्थ्य चौकी निर्माणसंगै सरकारबाट कुनै ब्यवस्था भएन भने पनि वडाको स्थानीय बजेटबाट भएपनि स्वाथ्यकर्मी राखिने पनि बताए । उनले स्वास्थ्यचौकी भवन निर्माण गरिने र बर्षेनी स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइने तथा कर्मचारी र स्वास्थ्यकर्मीहरुको बिकास गरि दक्ष बनाउने पनि योजना रहेको बताएका छन ।