©Aayo News
11Shares

धरानको खेलकुदमा एउटा इतिहास बोकेका स्व .सुबास राईको स्मृतिमा तेस्रो संस्करण रुपमा सुनसरीको धरानमा सुपर ८ लिग नकआउट कपको रुपमा संचालित फुटबल प्रतियोगिता लो भिजन अर्थात अध्यारोका कारण स्थगित भएको छ।

धरान १६ स्थित रंगशालामा गत बैशाख १० गतेबाट सुरु भई आज बैशाख २३ गते फाईनल खेल हुँदै गर्दा लो भिजन अर्थात अध्यारो भएपछि खेल स्थगित गरिएको हो । सुपर ८ लिगमा धरानको वडा न १४ र वडा न १७ का बिच कडा प्रतिस्पर्धा भएको थियो । सो क्रममा दुबै टिमबाट बिनाकुनै गोल बराबरीमा सकिएपछी उक्त खेलको निर्णय ट्राईब्रेकर पेनाल्टी सुटआउटमा लिईएको थियो ।

सोहि ट्राब्रेकर अन्तरगत सडन डेथमा खेल पुग्यो र दुबैतर्फबाट पुन बराबरी गोल भएपछि आजको फाईनल खेलमा समेत छिनोफानो हुन सकेन । ढिलो गरी सुरु भएको समापन खेल अध्यारो मात्र नभई बर्षाका कारण समेत रोकिएको छ । रात परेपछि स्थगित गरिएको खेल भोली खेलाइने आयोजक हाम्रो धरान फुटबल क्लबले जनाएको छ ।

खेलको बाँकी रहेको सडनडेथ पछिको खेल खेलाइने वा समय थपेर पुन खेल अर्को कुनै तरिकाले खेलाईने सो बारे अहिले छलफल भईरहेको आयोजकले जनाएको छ । खेल रोकिनु अघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए भने आयोजकले खेलको निर्णय ट्राब्रेकरमा लिने निर्णय लिएको थियो । सोही अनुसार खेल ट्राईब्रेकर हुँदै सडन डेथमा समेत बराबरी हुनुका साथै रात पर्नु र बर्षा समेत भएकोले खेल प्रभावित भएको थियो । सोही कुरालाई मध्येनजर गरि आयोजकले भोली सोमबार नै खेलमा अन्तिम निर्णय आउनेगरी खेलाईने जनाएको छ ।

उक्त प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले १ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही ३ हजार र उत्कृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।