©Aayo News
0Shares

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराकासाथ सुनसरीको धरान ६ पानबारीमा बैशाख २२ गते शनिबारबाट सुरु भएको प्रथम पानवारी गोल्डकमा केराबारी फुटवल क्लबले बिजयी सुरुवात गरेको छ । कोशी प्रदेशका माननीय उद्योग सहकारी तथा कृषि मन्त्री राम कुमार खत्रीद्धारा धरान ६ पानवारी बाजिपा खेल मैदानमा समुदघाटन गरीएको उक्त खेलमा केराबारी फुटवल क्लब र बुल्स ११ फुटवल क्लब ईटहरीबीच पहिलो प्रतिष्पर्धा भएको थियो ।

जहा दुबै तर्फबट निर्धारित समयसिमा भित्र कुनै पनि गोल हुन नसकेर खेल ट्राईब्रेकरमा पुगेको थियो । जहा केराबारीले बुल्स ११ ईटहरीलाई ५४ गोल अन्तरले पाखा लगाउदै सेमिफाईनल यात्रा तय गरेको छ । उक्त ट्राईब्रेकरमा केराबारी फुटवल क्लबका तर्फबाट जर्सी न ३ का बिक्रम लिम्बु जर्सी न ४ का टेकेन राना मगर,जर्सी नं ५ का अनिष मगर,जर्सी न ८ का बिशाल तामाङ र जर्सी नं १६ का सुर्य थाउाले गोल गरेका थिए भने बुल्स ११ ईटहरीका तर्फबाट जसी नं २१ का सुसम लामा,जर्सी नं ५ का एकराज बुढाथोकी,जर्सी नं १८ का बिबेक पौडेल जर्सी नं १३ का प्रबेश दनुवारले गोल गर्न सफल भएको थिए भने जर्सी नं ७ का उमेश कार्कीले प्रहार गरेको बल गोलमा परिणत नसकेपछि बुल्स ११ को हार हुन पुगेको थियो ।

शनिबारको खेलको म्यान अफ द म्याच केराबारी फुटवल क्लबका गोल किपर जर्सी नं २० का अनिष योङहाङ घोषीत हुदै नगद २१ सय सहित मेडल प्राप्त गरेका छन । आईतबारको खेल योङ ब्वाईज एफ सी तरहरा सुनसरी र सिडिआईसी धनकुटाबीच दिउसो ३ बजेबाट हुने आयोजन पानवारी फुटवल क्लबले जनाएको छ ।

सुनसरी मेनपावर ब्यावसायी संघ मुख्य प्रायोजक रहेको उक्त गोल्डकपमा ८ टिमको सहभागीत रहेको छ भने खेल आगामी बैशख २९ गतेसम्म चल्नेछ । गोल्डकप बिजेताले १ लाख ११ हजार १ सय ११ रुपैयासंगै ट्रर्फी मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैया संगै ट्रर्फी मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक पानवारी फुटवल क्लबका अध्यष भुपाल राईले जानकारी दिएका छन ।

गोल्डकप निकै नै तामझामका साथ आयोजना भएको छ भने उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रूपमा धरान उपमहानगरपालिका वडा न ६ का जनप्रतिनिधि,विभिन्न पार्टिका प्रतिनिधिहरु,बिभिन्न संघ संस्था,विभिन्न विद्यालयका प्रतिनिधि,समाजका अग्रज तथा बुद्धिजिबि अभिभावक,संचारकर्मी तथा खेल प्रेमी महानुभावहरुगरी हजारौको उपस्थिति रहेको थियो । खेल सुरु हुनुअघि पञ्चेबाजागाजा सहित खेल ट्रर्फी खेलमैदानमा भित्रयाएका थिए ।