©Aayo News
5Shares

सुनसरीको धरानमा सम्पन्न हाम्रो भेट्रान फुटबल प्रतियोगितामा धरान भेट्रान फुटबल क्लबलाई हराउदै रारा भेट्रान फुटबल क्लब राजारानी धनकुटा तेस्रो हाम्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधी उचालेको छ ।

शनिबार धरान १६ स्थित रंगशालामा दिउँसो ३ बजेबाट सुरु भएको फाईनल खेलमा राजारानीले धरानलाई २-० गोलले हराउदै उपाधी उचालेको हो। भेट्रान फुटबल प्रतियोगिताहरुमा आफ्नो समयमा यी दुबै टोलि खेल हारिसकेपनी हाम्रो भेट्रान इटहरी र दुधे भेट्रान झापाका टिमको तर्फबाट कम उमेरका खेलाडी खेलाएको पाईएपछी यी दुबै टोलिले आ आफ्ना प्रतिद्वन्द्वी लाई प्रोटेस्टका लागि आयोजक हाम्रो भेट्रान फुटबल क्लबलाई माग गरेको थियो।

सोही माग बमोजिम यी दुबै टोलि कार्बाहिमा परेपछी प्रतियोगितामा खेल हारिसकेका रारा र धरान भेट्रान दुबै फाईनल खेलमा फर्केका थिए । यी दुबैटिम बिच निकै नै भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा राजारानीले धरान भेट्रानलाई २-० गोलले हराउदै उपाधी चुमेका हुन।राजारानीलाई जित दिलाउन जर्सी न ११ का देब बहादुर लिम्बुले खेलको दोस्रो हाफको २६ औ र ३२ औ मिनेटमा गोल गरेका थिए । यो जित सगै रारा भेट्रान फुटबल क्लब राजारानीले नगद १ लाख ५ रुपैया प्राप्त गरेका छन भने प्रतियोगितामा दोस्रो हुने धरान भेट्रान फुटबल क्लबले नगद ६० हजार ५ रुपैया सङै ट्रफीसङै चित्त बुझाएका छन।

आजको फाइनल खेलको म्यान अफ द म्याच का रारा भेट्रान फुटबल क्लब राजारानीका जर्सी न ११ देब बहादुर लिम्बू नगद ३ हजार सहित मेडल प्राप्त गरेका छन । त्यस्तै उक्त फाईनल खेलको ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट गोल किपरको पुरस्कार राराका जर्सी न २२ का महेन्द्र घिमिरेले हात पारे भने उत्कृष्ट डिफेन्डर राराका जर्सी न १७ सुरज श्रेष्ठ उत्कृष्ट, मिडफिल्डर राराका जर्सी न १० का सुमन श्रेष्ठ, उत्कृष्ट स्ट्राइकर धरान भेट्रान फुटबल क्लबका जर्सी न ११ का सतिस केसिले हात पारे । त्यस्तै उत्कृष्ट कोच रारा भेट्रान फुटबल क्लब राजारानीका युबेन गुरुङ घोषित हुँदै उनिहरुले जनही नगद ३ हजारका साथै चेकबोर्ड मेडल तथा ट्राफि प्राप्त गरेका छन । त्यस्तै सोही प्रतियोगितामा मस्ट ब्यालुएबल खेलाडीको रुपमा धरान भेट्रान फुटबल क्लबका जर्सी न ६ का अशोक लिम्बू नगद ५ हजार सहित ट्रफी हात पारेका छन ।

उपबिजेता धरान भेट्रान

गत बैशाख १० गतेबाट सुरुभएको उक्त प्रतियोगिता आज समापन भएको हो । भोलि सोही खेलमैदानमा स्व . सुबास राई स्मृति सुपर ८ लिग नकआउट कमको फाईनल खेल दिउसो ३ बजेबाट वडा न १४ र वडा न १७ का बीच हुनेछ ।

उक्त प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी भोलिक्प खेलको म्यान अफ द म्याचले नगद ३ हजार सहित मेडल प्राप्त गर्नेछ। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।