27Shares

आज ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवस । ‘विश्वका लागि प्रेस वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने मुल नाराका साथ प्रेस स्वतन्त्रता दिबस मनाईदैछ । आजको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै समेत यो दिवस विश्वभर मनाइँदै छ । यता सुनसरीको धरानमा २३ औ बिश्व प्रेस स्वतन्त्रता दिबस दुई फरक फरक संगठनले एकै प्रकृतिका कार्यक्रम गरि मनाएका छन ।

एका बिहान ७ बजेको समयमा नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा चतरा लाईन स्थित पब्लिक स्कुल गेट अगाडीबाट प्रभतफेरी ¥याली निकाल्दै छाताचोक महेन्द्रपथ हुदै धरानको भानुचोकमा पुगी कोणसभा गरे भने अर्काेतर्फ बिशेषत युटयुव मिडिया सञ्चालन गरिरहेकाहरुको संगठन अनलाई मिडिया एशोसियनले पनि आजै बिहान ८ बजेबाट सोही रुड प्रयोग गरी प्रभतफेरी ¥याली निकालेका थिए । सम्योग त कस्तो थियो भने ती दुबै कार्यक्रममा बोल्ने वक्ताभने एकै ब्यक्ति पनि थिए ।

सुरुमा नेपाल पत्रकार महासंघले आयोजना गरेको उक्त ¥यालीको कोणसभामा धरानका पुर्वजनप्रतिनिधिहरुदेखी हालका सांसद देखी पार्टीका नेता तथा नेपाल पत्रकार महासंघकै बिभिन्न तह तप्कामा बसेकाहरुको उपस्थिती थियो भने दोश्रो ¥यालीको कोणसभामा पनि नेता,उपप्रमुख तथा पत्रकारकै अग्रजहरु देखी सिक्दै गरेको प्रशिक्षार्थी पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

सो क्रममा ती सबै समुहका नेताहरुले पत्रकारको हकहित तथा प्रेस स्वतन्त्रताको कुरा कम राजनितिक घटनाक्रमको बारेमा चर्काे चर्काे स्वरमा आफना मन्तब्य राखेका थिए । जहा कोशी प्रदेशका सांसद विजय राईले पत्रकारले समाजको राम्रो, नराम्रो दुवै पक्ष जनतामाझ देखाउनुपर्ने भएपनि धरानको समस्या र वास्तविकता लुकाउने काम भइरहेको बताएका थिए । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महसंघ सुनसरीले आयोजना गरेको प्रभातफेरि पछिको कोणसभालाई सम्बोधन गर्दै सांसद राईले यस्तो धारणा राखेका थिए ।

उनले पत्रकार व्यक्तिको गुणगान गाउने काम गरिरहेको र वास्तविकता जनतालाई देखाउने काम नभएको भन्दै आक्रोश समेत पोखेका थिए । उनले धरानकोे समस्याको समाधान कति भयो ? मिडियालाई पछि लगाएर समस्या छैन भनेर वाह वाह त कमाइरहेको छ तर वास्तविकता मिडियाले किन नल्याएको भनेर प्रश्न गरेका थिए ।

उता धरानका पुर्व नगर प्रमुख तिलक राईले नगरबासीहरुले चर्के अभाव खेपिरहेको खानेपानी समस्यासँगै राजनीतिक घटनाक्रमबारे गम्भीरतापुर्वक चासो देखाएका थिए । उनले पुर्वमेयर, पुर्वसांसदहरुले धरानको समस्याबारे अब बोल्नुपर्ने बेला भएको बताए । पुर्वमेयर राईले भने,‘अहिले धरानको बिषयमा खानेपानी होस वा राजनीतिक घटनाक्रम होु, २ बर्ष हेर्ये अब हामीले बोल्नुपर्ने अवस्था भएको छ । राईले पुर्वजनप्रतिनिधिहरुको लुज फोरम बनाएर छलफल गरिरहेको पनि बताएका थिए । धरानको नेतृत्वलाई खानेपानीको बिषयमा र अन्य एजेण्डामा ध्यानाकर्षण गराउने र दबाब सृर्जना गर्ने पनि राईले बताए । ‘जवाफदेही हुनुपर्छ भनेर पुर्वजनप्रतिनिधिहरुले धारणा प्रकाशन गर्ने र दबाब दिने काम गछौं,’ उनले भने,‘खानेपानीको सन्दर्भमा यथार्थ के हो त, करोडौं रुपैया विदेशबाट धरानलाई माया गरेर आएको छ, त्यसको सहीरुपमा सदुपयोग भयो कि भएन भनेर सत्यतथ्य ल्याउने, पारदर्शी गर्ने र नेतृत्वलाई जवाफदेही बनाउने काम गदैछौं ।

उता मिडिया एशोसियशनको ¥याली पछिको कोणसभालाई सम्बोधन गर्दे धरान वडा नं १५ का वडा अध्यक्ष नरेश ईवारामले धरान बनाउन जनप्रतिनिधी नभई पत्रकारले सक्ने बताए । उनले सामाजिक सञ्जाल तथा न्यु मिडियाकोरुपमा आइरहेको युट्युब, अनलाइनले झुक्याउने काम नगर्न पनि सचेत गराएका थिए । उनले मुलधारको पत्रकारिता, मुलधारको राजनीति, सामाजिक सेवा तथा पेशा व्यवसायलाई विस्थापित गर्न खोजेको जस्तो देखिए पनि अनलाइन व्यापारले जस्तै अनलाइन मिडियाले जनतालाई झुक्याउन नहुने धारणा राखेको थिए । धरानका उपमेयर आईन्द्र बिक्रम बेघाले मिडियाले यथार्थ कुरा बाहिर ल्याउनुपर्ने बताए । उनले पछिल्लो समय धरानमा सामाजिक सञ्जाल र युट्युबहरुमा सत्य, तथ्यभन्दा पनि भ्रमपुर्ण कुराहरु आउने गरेको पनि बताएका थिए।

त्यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले मुलधारको पत्रकारितालाई बाइकट गरेर सामाजिक सञ्जालले हुने नहुने कुरा दिइरहेको र सो बारे सबै पत्रकार एक स्थानमा आउनुपर्ने बताए । उनले यदि कसैलाई नेपाल पत्रकार महासंघसंघ कुनै समस्या भए आएर छलफल सम्बादको माध्यमबाट हल गरिनपर्ने बताए । निरौलाले यसरी दुई धारमा भएर एउटै पत्रकारहरुले कार्यक्रम गर्नु भनेको एकले अर्काेलाई स्वकार्य गर्न नसक्नु समेत आम जनमानसमा सन्देश जाने बाएका थिए । ‘अनलाइन व्यापार कस्तो भयो भने एउटा सामान देखाएर अर्के बेचिरहेको छ । सामाजिक सञ्जाल पनि त्यस्तै भइरहेको छ,’ निरौलाले भने,‘हामीलाई निल्नु न ओकल्नु भइरहेको छ । मिनेट मिनेटको सुचना त दिइरहेको छ तर सुचनामा सत्यता छ कि छैन भनेर विचार गर्नुपर्ने हुन्छ ।’

पत्रकार महासंघको प्रभातफेरि पछि अनलाइन मिडिया एशोसिएशनको पनि आयोजनामा प्रभातफेरि भएको थियो । उक्त प्रभातफेरिमा पनि उपमेयर बेघा, वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा २ का अध्यक्ष रमेश राईको पनि सहभागिता रहेको थियो । भानुचोकमा आयोजित कोणसभालाई उपमेयर बेघा, वडा १५ का अध्यक्षहरु इवारम, वडा २ का अध्यक्ष राई, पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौलाले पनि सम्बोधन गरेका थिए ।

उता दुबै कार्यक्रममा सम्बोधन गरेका धरानका अग्रज पत्रकार हर्ष सुब्बाले मुलधारको पत्रकारिता गर्ने मिडियाले अविछिन्न भएर काम गर्नुपर्ने जवाफदेहिता अनलाइन मिडियाले पनि निर्वाह गर्नुपर्ने बताएका थिए । उनले भने,‘मुलधारको मिडियाले सत्यतथ्यहरुलाई चिर्न जरुरी रहेको पनि बताएका थिए ।