©Aayo News
31Shares

सुनसरीको धरानमा पहिलो पटक विज्ञान र प्रविधि क्षेत्रीय सम्मेलन २०२४ आयोजना हुदैछ ।धरान १४ स्थित रहेको केन्द्रीय प्रबिधि क्याम्पस हात्तीसारको आयोजना तथा विश्व विद्यालय अनुदान आयोगको सह – प्रयोजनमा भोलि मंगलबाट सुरु हुने उक्त सम्मेलन २६ गते बुधबार सम्म चल्नेछ ।

Regional conference on science and technology 2024 नाम दिईएको उक्त सम्मेलन हुनेबारे र सम्मेलनका संयाेजक डा.ललित कुमार राई पत्रसम्मेलन मार्फत जानकारी दिए । उक्त सम्मेलनमा केन्द्रीय प्रविधि क्याम्पस हातिसारका तथ्यांक शास्त्र विभाग प्रमुख राेमा घिमिरे,आ ई टि विभाग प्रमुख प्रकाश न्यौपने लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनमा पुर्बी क्षेत्रका विभिन्न बिद्यालयका विद्यार्थीहरूको सहभागितामा धरान ८ स्थित बराहमलमा बिहान ८ बजेबाट सुरु हुने र उक्त सम्मेलनमा २ सय भन्दा बढीको सहभागिता रह्ने आयोजकले जनाएको छ । उक्त सम्मेलनमा विज्ञान तथा प्रविधि संग सम्बन्धित ४८ वटा अनुसन्धान कार्य पत्र प्रस्तुत हुनेछ ।