199Shares


धरान स्थित रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्डियोलोजी विभागले एक दुर्लभ शल्यकृया बिना चिरफार सफलतापुर्वक गरेको छ । कार्डियोलोजी विभागका डा.नवीन पाण्डेय र उनको टीमले नेपालमै पहिलो पटक बिना चिरफार गरी एक दुर्लभ शल्यकृया (अपरेशन) सफलता पूर्वक सम्पन्न गरेका हुन ।

धरान १६ निबासी ५२ बर्षिया बिरामी कुमार तामाङलाई किमोथेरपी क्यान्सरको औषधि दिनको लागि रखिएको पाइप चुडियेर मुटु भित्र पुगि बिरामीको ज्यान जोखिममा परेको उक्त अबस्थालाई मध्यनजर गरी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा.नबिन पाण्डेयको टोलीले उक्त शल्यकृयामा गर्न सफल हुदै सफलतता पाएका हुन ।

डा. पाण्डेयका अनुसार बिरामी केही बर्ष अघिमात्र बैदेशीक रोजगारको क्रममा बाहिर हुुनुहुन्थयो सोही क्रममा बिरामी तामाङ बैदेशीक रोजगारीबाट नेपाल आएपछि पेटदुख्ने समस्या भएको र सबै चेकजाच गर्दा उनको ठुुलो आन्द्रमा क्यान्सर देखिएको थियो । पाण्डेले करिब डेढ बर्ष अगाडीको बिामी भएपनि उनको महिने पछि र तीन तीन हप्तामा किमो थेरापी गरिनै रहेको थियो सोही किमो थेरापी गर्ने पक्रियाकै दौरान पाईप मार्फत किमो पेटभित्र हालिएको थियो ।

पटक पटक गरि करिब ७ औ पटकको किमो सफलता पुर्बक गरिएको थियो भने ८ औ पटक किमो मार्फत दिईने औषधी बिरामीको सम्बन्धीत स्थानमा नगएपछि छाताकी एक्स्रे गराउदा किमो थेरापी गर्ने पाईप चुडिएर भित्र पेटभित्र पसेपछि उक्त दुर्लभ शल्यकृया बिना चिरफार गरिएको डा. पाण्डेयले बताए ।

उता बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सह प्रबक्ता डा.अरुण कुमार सिंहले प्रतिष्ठानमा पाण्डेय जस्ता रहेको दक्ष चिकित्सकहरुका कारण पनि उक्त पाईप बिना चिरफार तारको माध्मबाट सफलतापुर्वक निकाल्न सफल भएको र बिरामीको ज्यान बचाउन सफल भएको प्रति प्रतिष्ठान खुशी ब्यक्त गरेको बताएका छन । डा. सिंहका अनुसार उक्त शल्यकृया मंगलबार गरिएको थियो भने सोही दिन बिरामीलाई डिस्चार्ज समेत गरिएको छ । हाल बिरामी अबस्था राम्रो रहेको छ ।