©Aayo News
76Shares

ट्राब्रेकरमा ४-३ ले हराउदै केराबारी फाईनलमाबजेबाट भएको पहिलो सेमिफाइनल खेलमा केराबारी फुटबल क्लबले कोशी पुलिस फुटबल क्लब बिराटनगरलाई ट्राईब्रेकरमा ४-३ गोलले हराउदै उक्त फाईनल यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबैतर्फ १/१ गोलको बराबरी भएपछि आयोजकले खेलको नतिजा ट्राईब्रेकर मार्फत लिएको थियो । निकै नै प्रतिस्पर्धात्मक उक्त खेलमा खेल अबधिभर पहिलो हाफको तेर्सो मिनेटमा नै कोशी पुलिस फुटबल क्लबका गोलकिपर जर्सी न ४ का अजय परियारबाट आत्मघाती गोल हुन पुगेका थिए भने ।

खेलको दोस्रो हाफको २९ औ मिनेटमा जर्सि न ३ का दिल बहादुर तामाङले गोल फर्काउदै खेल बराबरीमा पुर्याएका थिए । पछि दुबै टिम तर्फबाट कुनै गोल हुन सकेन भने खेलको नतिजा ट्राईब्रेकरमा पुगेको थियो ।

जहाँ कोशी पुलिसका जर्सी न १५ का सुमित प्रधानले गरेको प्रहार केराबारीका किपरले रोकेका थिए भने जर्सी न ३ का दिलबहादुर तामङ्गले हानेको प्रहार गोल पोस्ट बाहिर पुगेको थियो । त्यस्तै जर्सी न १२ का रमेष राजबङ्शी जर्सी न ४ का अजय परियार जर्सी न १० का अभिषेक आले मगरले गोल गरेका थिए । उता केराबारीका तर्फबाट जर्सी न १६ का सुर्य थापाको प्रहार गोल पोस्ट माथी गए भने जर्सी न ३ का बिक्रम लिम्बू जर्सी न ८ का बिशाल तामङ्ग जर्सी न ५ का अनिश मगर र जर्सी न ४ का टेकेन मगरले गोलमा परिणत गर्दै आफ्नो टीमको जित सुनिश्चित गरे।

आजको खेलको म्यान अफ द म्याच केराबारी फुटबल क्लबका जर्सी न २० का आयुष योङ्हाङ्ग घोषित हुँदै नगद ३ हजार १ सय सहित चेक बोर्ड तथा मेडल पाएका छन ।

भोलिको अन्तिम सेमिफाइनल खेल सिडि आई सि धनकुटा र आई आई एफ सि काठमाडौका बिच दिउँसो ३ बजे हुने आयोजक पानवारी फुटबल जनाएको छ ।

गएको बैशाख २२ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको बिजेताले नगद १लाख ११ हजार १ सय ११ र उप बिजेताले ५५ हजार ५ सय ५५ सङै ट्राफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।