8Shares

एलाइनेट जिमको आयोजनामा यहि चैत्र ३ र ४ गते चौथो मिस्टर कोसी खुल्ला शारिरिक सुगठन प्रतियोगिता हुने भएको छ ।प्रतियोगितामा साविकको कोसी अञ्चलका जिल्लाहरु वाट करिव ५० जना खेलाडिहरुले सहभागिता जनाउने आयोजकले मंगलवार धरान १८ वुद्धचोक स्थित एमसि क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए ।

प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार, दोस्रोले नगद ५० हजार, तेस्रोले  ४०, हजार, चौथोले ३० हजार, पाचौले २० हजार र छैठौले १० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि व्यक्तिगत विद्या तर्फ वेस्ट पोजर, मोस्ट इम्पु्रभमेन्ट वडि र मस्कुलर मेनको उपाधि विजेताले जनहि नगद ५ हजार, ट्रपि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

चैत्र ३ गते प्रतियोगिताको प्रि–जजिङ्ग राउण्ड हुने र ४ गते प्रि–जजिङ्ग वाट छनौट भएकाहरुले प्रतिश्पर्धा गर्ने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जानकारी गराए । प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि, ७५ केजि र ८० केजि तौल समुह रहेको छ । प्रि–जजिङ्ग मार्फत प्रत्येक तौल समुह वाट ६ जना खेलाडि फाइनल राउण्डमा प्रवेश गर्दै प्रतिश्पर्धा गर्नेछ । चौथो मिस्टर कोसी एलाइनेट जिमको २० औ प्रस्तुति हो । यस अघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मि. पूर्वाञ्चल, ३ वटा मिस्टर कोसी ४ वटा मिस्टर धरान र १ वेन्च प्रेस च्याम्पियशिप आयोजना गरिसकेको छ ।

एलाइनेट जिमको आयोजनामा बि.स. २०६५ / ६६ र २०६७ सालमा मिस्टर कोशिको आयोजना भइसकेको छ । बि.स. ०६५ र ०६६ मा उर्लावारिको विकास धिमाल र बि.स. २०६७ मा धरानको मिलन चाम्लिङले उपाधि जितेका थिए । प्रतियोगिता धरान ८ स्थित धरान सभागृहमा हुनेछ ।