2Shares

नासा स्पेस एक्सले अन्तरिक्षमा टमाटर खेती गर्न मिशन भेज – ०५ लन्च गरेका छन्। कृषिमा हरेक दिन नया–नयाँ अनुसन्धान भइरहेका छन्, जसले विज्ञान र प्रविधिबाट किसानको कामलाई सहज बनाउदै लगेको छ । यो कृषि अनुसन्धान प्रयोगशाला देखि जमिनमा मात्र सिमित थियो, तर अब अन्तरिक्षमा पनि कृषिमा ठूला अनुसन्धान हुने भएको छ ।

बिश्व समाचारका अनुसार वैज्ञानिकहरु अहिले अन्तरिक्षमा टमाटर खेतीमा अनुसन्धान गरिरहेका छन् । यसका लागि केही टमाटरको बोट र बीउ पनि पृथ्वीबाट अन्तरिक्षयानमा पठाइएको छ । उक्त अनुसन्धानको उद्देश्य अन्तरिक्ष वातावरणमा पनि यी बालीहरू उब्जाउन सकिन्छ कि भनेर जान्न नै हो । यदि यो अनुसन्धान साचिक्कै हो भने अन्तरिक्षमा उब्जाएको टमाटर कत्तिको स्वादिष्ट र पौष्टिक हुन्छ र यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने वैज्ञानिकहरुले बताएका छन् । यी सबै प्रश्नको उत्तर पाउनको लागि अन्तरिक्षमा टमाटर खेतीमा अनुसन्धान भइरहेको छ ।

हामीलाई यी मिशनहरूको बारेमा विस्तृत जानकारी दिनका लागी ट्विटरका मालिक एलोन मस्कको कम्पनी स्पेसएक्सले यो अनुसन्धान गरेको जनाएको पाईन्छ । यसका लागि नासाको केनेडी रिसर्च सेन्टरले २३ नोभेम्बरमा फाल्कन–९ नामक अन्तरिक्ष जहाजलाई अन्तरिक्षतर्फ पठाएको छ । एक अध्ययनका र तिनका रिपोर्टका अनुसार यो स्पेस शिप अब आईएसएस अर्थात इन्टरनेशनल स्पेस स्टेशन (आईएसएस) मा पुगेको छ। फाल्कन–९ नामक यो अन्तरिक्ष जहाजमा ३ हजार ५ सय केजी कार्गो पनि छ, जसमा टमाटरको बीउ पनि पठाइएको छ ।

अन्तरिक्ष वैज्ञानिक भेज – ०५ मिशनमा कसरी काम गर्नेछन् त ?
फाल्कन–९ अन्तरिक्ष जहाजमा पठाइएको टमाटरको बीउबाट, आईएसएसमा उपस्थित अन्तरिक्ष वैज्ञानिकहरूले बौना बिरुवाहरू बढाएर टमाटर उत्पादन गर्ने प्रयास गर्नेछन्। यो लक्ष्य हासिल गर्न, क्ष्क्क् को अन्तरिक्ष वैज्ञानिकले ख्भन–ण्छ नामक मिसन सुरु गरेको छ, जसको मुख्य उद्देश्य अन्तरिक्षमा पौष्टिक खानाको उपलब्धता सुनिश्चित गर्नु पनि हो ।

स्पेस एक्स र नासाको यो संयुक्त मिसनले अन्तरिक्षमा बस्नलाई धेरै गुणा सहज बनाउने छ। यदि यो मिसन सफल भयो भने, पृथ्वीबाट पठाइने खानामा अन्तरिक्ष यात्रीहरूको निर्भरता कम हुनेछ र तिनीहरूले अन्तरिक्षको गुरुत्वाकर्षणमा तरकारी खेती गरेर खाद्य आपूर्ति सुनिश्चित गर्न सक्षम हुनेछन्। अन्तरिक्षमा तरकारी खेती गर्ने वा कृषिसँग सम्बन्धित अनुसन्धान गर्ने यो पहिलो मिसन नभए पनि यो मिसनलाई भविष्यमा पनि महत्वपूर्ण कदम मानिएको छ । यसअघि पनि चिनिया अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा धान र हरियो तरकारी जस्तै बन्दाबी र ब्रसेल्स स्प्राउट्स उब्जाउन सफल भएका छन् ।