27Shares

पटक पटक बिबादित टिकाटिप्पणी गर्दे सामाजीक सञ्जालमा स्टाटस लेख्दै आएपछि बिबादमा तानिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा माफि माग्दै आफना कमीकमजोरीहरु स्वीकार गरेका छन । चौतर्फी दवाव तथा आचोलना भएपछि मेयर साम्पाङले आज आईतबार एक बिज्ञप्ती निकाल्दै माफि मागेका छन । गएको मंसिर २८ गते फेसबुकमा चमारे शब्द प्रयोग गर्दा दलित समुदायलाई दुःखी बनाएकोमा माफी मागेका हुन ।

सामाजिक सञ्जालमा चौतर्फी आलोचना र राष्ट्रिय दलित आयोगले कानुनी कारबाहीको सिफारिश तथा आजै आईतबारै धरानका ५ दलले संयुक्त रुपमा संयुक्त रुपमा नै बिज्ञप्ती निकाली आफुहरुको गम्भीर ध्यानआर्कषण भएको जनाएको थियो । जहा उनीहरुले स्थानिय स्तरमा धरानको विकास र समृद्धिको लागि दलहरुको समन्वय र सहकार्यमा प्रदेश नं. १ को राजधानी धरान बनाउन,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधार, खानेपानी लगायतका विषयहरुमा मिलेर आन्दोलनहरु भएको र अहिलेको धरान उपमहानगरपालिकाको र्निवाचित जनप्रतिधिहरुको समिकरण हेर्दा झन धरानको विकास र समृद्धिको लागि सबैको सहकार्य र समन्वयको खाचो समेत रहेको बताएका छन ।

संयुक्त प्रेस बिज्ञप्ती मार्फत राजनितिक दलहरुले मुलुक परिवर्तन लाई संस्थागत गर्ने चरण मै रहेको बेला केही तत्वहरुको सलवलाहट शुरु भएको यथाथर्तालाई ओझेलमा पार्ने दुस्साहसका साथ हिजोको परिवर्तनमा कुनै पनि भुमिका नभएको छदम्भेशीहरुको अराजकता शुरु भएको जनाएको छ ।

यसैगरी २०७२÷०६÷१३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डा माथि कार्यपालिका सदस्य अनुप देवानले आफनो राय राखि रहदा बैठकको अध्यक्षता गरिरहनु भएको नगर प्रमुख हर्कराज राईले कार्यपालिका सदस्य अनुप देवानलाई राय राख्न नदिई बैठक छाडेर बाहिर जान भने पछि सम्पूर्ण कार्यपालिका सदस्यहरुले आफुहरुको अपमान भएको महशुस गर्नु स्वभाविक रहेको र हजारौ शहिदहरुको बलिदान र लाखौ लाख पार्टी कार्यकर्ता र नेपाली जनताको रगत र पसिनाबाट स्थापना भएको लोकतान्त्रिक व्यवस्थामा एउटा निर्वाचित जनप्रतिनिधीलाई आफनो मत राख्न नदिएको घटनाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाई तन्त्र, दम्भ र उदण्ड सहितको अधिनायकवादको उदय हुन लागेको आभाष भएको पनि जनाएको छ ।

नेतृत्वको हैसियतमा समस्या समाधानको लागि पहलकदमी लिने र यस्तो अवस्थामा अभिभावकिय भुमिका निर्वाह गर्नु छाडेर पत्रकार सम्मेलन गरि कार्यपालिकाका सदस्यहरुलाई धम्क्याउने तवरले राजिनामा दिनु भन्ने शब्द प्रयोग गरिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको समेत ती पाच दलले उल्लेख गरेका छन । उनीहरुले केवल आफुलाई प्राप्त मत लाई बहुमत भन्दै दम्भ राखि आफु जस्तै जननिर्वाचित प्रतिनिधिहरुको राजिनामा माग्नु कुन नैतिकता हो ? समस्या समाधान गर्नु छाडेर नेतृत्व आफै प्रतिवादमा उत्रने कार्यले धरानवासी जनताहरुले अपेक्षा गरेको विकास तथा समृद्धिको चाहानालाई कुठारा घात गरेको हाम्रो ठहर छ यसले समस्या समाधान गर्नु भन्दा बल्झाउने कार्य गर्छ । तसर्थ नगर प्रमुख हर्कराज राईलाई आफनो शब्द फिर्ता लिई सम्वाद र छलफल द्वारा समस्याको सामाधान खोज्न र सामुहिक नेतृत्व सहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडी बढ्न यसै विज्ञप्ति मार्फत सुझाव प्रस्तुत गर्न चाहान्छौं । भनिएको थियो ।

यसरी निकै दवाबमा परेका मेयर साम्पाङले आज विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् । उनले आफना फेसबुक मार्फत माफि माग्दै आफना सचिवालयबाट समेत एक बिज्ञप्ती निकालेका छन । जहा आतमा आचोचना गरिएको देख्न सकिन्छ । उनले समाजिक संजाल फेसबुकमा कसैलाई ठेस पुर्याउन नियतवश उक्त स्टाटस पोष्ट नगरेको पनि प्रष्ट्याएका छन् । गाउले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग भएको जिकिर गर्दै मेयर साम्पाङले यसले दलित समुदायलाई नराम्रो लागेकोप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

आफु सधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनको लागि विकृति, विसंगति बेथिती, अन्याय, भ्रष्टचार, विदेभ, शोषण र दमनकाविरुद्ध अभियान चलाएको पनि मेयर साम्पाङले विज्ञप्तीमा उल्लेख गरेका छन् । यसअघि मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यहरुबीचको विवादले बैठक बस्न नसकेको बिषयलाई लिएर धरानका उपपमेयर अइन्द्र बिक्रम बेघाले सार्वजनिक कार्यक्रममा आफना धारणा समेत राखेका थिए ।

जहा उनले जनताको म्याण्डेट पाएर आएका जनप्रतिनिधिहरुले जनताको भावना बोल्नुपर्ने बताएका थिए । जनप्रतिनिधिहरुले जनताको आवश्यकताहरुको सम्बोधन र व्यवस्थापन गर्नुपर्ने भन्दै जनप्रतिनिधिहरुको क्रियाकलापले जनताको आखा पोल्ने नुने बताएका थिए । उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाको एघारौं जन्मोत्सव तथा १० औं साधारणा सभाको उद्घाटन समारोहलाई सम्बोधन गगर्ने क्रममा नै उपमेयर बेघाले कार्यपालिका बैठकमा जनप्रतिनिधिहरुले जनताको भावनाको नेतृत्व गर्ने कि आफनो इगो साध्ने ? भन्दै प्रश्न समेत गरेका थिए ।