37Shares

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउदै अर्जेन्टिनाले तेस्रो पटक विश्वपको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।

फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्न सफल भएका हुन । अर्जैन्टीनाले यसअघि सन् १९८६ मा पहिलो पटक सन् १९७८ मा आफनै घरेलु मैदानमा र यसपटक सन २०२२ मा उपाधि जित्न सफल भएको हो । खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । ८० मिनेटसम्म अर्जेन्टिनाले २–० को अग्रता बनाएको थियो । लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए ।

करिब १२० मिनेटको रोमाञ्चक खेलमा दुवै राष्ट्रका टोली ३–३ गोलको बराबरीमा रोकिएको थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाले गोल गर्दे अर्जेन्टिनालाई २ गोलको अग्रता दिलाएका थिए तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरेपछि खेल झनै रोमान्चक बन्दै अतिरिक्त समयमा पुगेको खेलको १०८ औ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टी मार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पु¥याएका थिए । त्यसपछि कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा जान पुग्यो ।

पेनाल्टी सुटआउटमा पहिलो गोल फ्रान्सका केलियन एम्बाप्पेले गरे भने त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरकेका । उता फ्रान्सका लागि दोस्रो पेनाल्टी प्रहार गरेका किङ्स्ले कोमानको बललाई अर्जेन्टिनाका किपरले रोकेका थिए । त्यस्तैगरी अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरेभने २–१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार पु¥याएपछि फानसको हारको संकेत देखिन थाले र अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३–१ मा पु¥याउन सफल भए । उता फेरी फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाएका थिए ।

यो जितसंगै अर्जेन्टिनाका कप्तान समेत रहेका लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । त्ययस्तै गरी विश्वकपको फाईन्ल खेलमा ह्याट्रीक गर्दे कुल ८ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डन बुट हात पारेका छन । भने उत्कृष्ट गोलकिपर अर्जेन्टिनाका एमी मार्टिनेजलले बन्दै गोल्डन ग्लोबको उपाधि हात पारेका हुन । त्यस्तै युवा खेलाकीको रुपमा पनि अर्जेन्टीनाकै खेलाडीले उपाधि हात पारेका छन ।