262Shares

धरानका मेयर हर्क साम्पाङका समर्थकहरूले सोमवार धरानको भानुचौक भानुभक्तको सालिक अगाडी प्रदर्शन गरेका छन् । स्वतन्त्र नागरिक समाज धरानको आयोजनामा धरान उपमहानगरपालिकामा जारी कार्यपालिका बैठकको विवादलाई लिएर उनीहरूले कार्यपालिका बैठक सुचारु गर्न माग गर्दे प्रर्दशन तथा नाराबाजी गरेका हुन ।

उनीहरुले दिउसो करिब ३ बजे प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले ‘धरानलाई अनिर्णयको बन्दी बनाउन पाइदैन,कार्यपालिका बैठक अवरोध गर्न पाइदैन ।’ ‘धराने जनताको मत दुरुपयोग गर्न पाइदैन, वडा अध्यक्ष धराने जनतालाई चाहिदैन,पाँच वर्षलाई जनताले दिएको मत विपरीत जना पाइदैन जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रर्दशन गरेका थिए । सो क्रममा प्रदर्शन सभालाई सम्बोधन गर्दे स्वतन्त्र नागरिक समाज धरानको प्रबक्ता समेत रहेका समिर तामाङले बैठक रोकिनुमा वडाध्यक्षहरू मात्र कारण भएको बताउदै कुनैपनि हालतमा कार्यपालिका बैठक सञ्चालन गर्नुपर्ने बताए ।

उपमहानगरपालिकामा मेयर साम्पाङ बाहेक जनताबाट निर्वाचित वडा अध्यक्षहरू सबै राजनीतिक दलहरूका छन् । दलहरूप्रति नकारात्मक रहेका मेयर सम्पाङले २०७९ असोज १३ गते कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डा माथि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राखिरहँदा राय राख्न नदिई बैठक छाडेर बाहिर जान भनेपछि सम्पूर्ण कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको भन्दै बैठक छोडेर हिँडेका थिए ।

उनले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ उपधारा ४ को खण्ड ’क’ को ६ ले नगर प्रमुखलाई दिएको कार्यपालिका बैठक÷रेखदेख निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रयोग गरी रोक्न खोज्दा सम्मानित कार्यपालिकाको विधिको धज्जी उडाएर होहल्ला गरिनु गैरकानुनी, आपत्तिजनक र खोजजनक घटना’को उल्लेख गर्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू नै जिम्मेवार भएको आरोप लगाएको थिए ।

उनले गतः विहीवार वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु गरी २८ जनाले उपमहानगरपालिकमै पत्रकार सम्मेलन गरी उक्त बैठकमा मेयर राईले कार्यपालिका सदस्यको राय राख्न पाउने अधिकार हनन गर्दै रोक लगाएर बाहिर निस्केर जानुस् समेत भनी अपमानित गरेको आरोप लगाए समेत लगाएका थिए । करिब १ घण्टा चलेको उक्त बिरोध कार्यक्रममा तर्क मगर लगायतका अन्य अभियन्ताहरुले समेत सम्बोधन गरेका थिए ।