0Shares

भारतीय सिमासंग जोडिएको रानी विराटनगर इटहरी धरान सडक आयोजना अन्तर्गत धरानको तीनकुनेदेखि जिरोपोइन्ट सम्मका ६ लेन सडक बन्ने र त्यसबाट प्रभावित हुने धरानका बासिन्दाहरुले धरान उपमहानगरपालिका अगाडी बिरोध प्रर्दशन गरेका छन ।

आईतबार धरानको बाह्रौं नगरसभा शुरु हुनुअघि दिउसो २ बजेतिर सडक प्रभावित स्थानीयबासीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ६ लेन सडकलाई वाइपास गर्न र आफुहरुको रोक्का रहेको सम्पत्ति फुकुवाको पहल गर्न नगरसभाको ध्यानाकर्षण गराउनको लागी उक्त विरोध प्रर्दशन गरेको बिरोध प्रर्दश्नका अगुवा अशोक ताम्राकारले जानकारी दिए । जहा ६ लेन सडक प्रभावित घर तथा जग्गाधनीहरुले उपमहानगरको मुलगेट अघि ब्यानर र प्ले कार्ड सहित विरोध प्रर्दशन गरेका थिए ।

सो क्रममा सोही संघर्ष समितिका संयोजक निनाचन्द्र राईले ६ लेन सडक बाइपास गर्न र रोक्का रहेको घरजग्गा गर्न माग गर्दै शान्तिपुर्ण विरोध प्रर्दशन गरिएको बताएका थिए । बिरोधसभालाई सम्बोधन गर्दे अधिकाशं बक्ताहरुले क्षति कम हुने गरि सहरी सडकको रुपमा विस्तार गर्नुपर्ने बताएक थिए । उनीहरुमध्येका वडा नं १२ का बासिन्दा गिरीराज अधिकारीले पनि राजमार्गलाई सारेर बिकास गर्न आग्रह गरे भने उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जीवन अग्रवाल तथा अशोक ताम्राकार लगायतले पनि जनतालाई उठिबास हुने गरि सडक विस्तार नगर्न र बाइपास गर्न आग्रह गरेका थिए ।

धरानको मुख्य बजार क्षेत्र भानुचोक हुदै ६ लेन सडक विस्तार हुदा एक हजार भन्दा बढी घरमा भत्काउनुपर्ने भएकोले सो कार्य नगर्न आग्रह गरे। उनीहरुले सकडलाई ६ लेन विस्तार गर्दा २०५ फिटको हुन्छ । अहिले भने बजार क्षेत्रमा मात्र ५० फिट मापदण्डमा घर बनेका छन् । सडक विभागले भने अहिलेको ५० फिट सडकलाई थप ५० फिट बढाएर सडक विस्तार गर्नको लागी धरान उपमहानगरपालिकामा क्लियरेन्स गरिदिन आग्रह गर्दे पत्राचार गरेको समेत गरेको जनाएका थिए ।