117Shares

पोखरा रामघाटका बिरेन्द्र नेपालीलाई कतारमा रहेको नेपाली टिकटक समाजले आर्थिक सहयोग गरेको छ । दुबै मिर्गौला फेल भएका २३ बर्षिया नेपालीको उपचारका लागि आर्थिक अभाव भएपछि समाजको अगुवाईमा रकम सङकलन गरी सहयोग गरेका हुन ।

उनीहरुले कतारमा नै संकलन गरेको ४८ हजार २ सय ७० रुपैया शनिवार नेपाल पठाएको हो । बिगत २ बर्ष देखि मिर्गौला पीडित नेपालीको ज्यान जोगाउन समाजसेवि गिभिना बुद्ध मगरले ’ज्यान जोगाउ’ अभियान समेत सञ्चालन गरिरहेकी छिन ।समाजसेवि गिभिना बुद्धको टिकटक एकाउन्ट मार्फत नेपाली टिकटक समाजका संस्थापक श्याम पान्डेको सहकार्यमा आर्थिक रकम पठाइएको थियो । संस्थापक पान्डेका अनुसार नेपाली टिकटक समाज बिशुद्ध सामाजिक संस्था भएको कारण र समाजमा रहेर समाजको हितको लागि काम गर्ने उदेश्य बोकेको हो र यस संस्थाले मिर्गौला पीडित नेपालीहरुको ज्यान जोगाउन संस्थाका सबै कार्य समिति, सदस्य, साधरण सद्स्य मिलेर ब्यक्तिगत रुपमा रकम सङकलन गरेको पाण्डले जानकारी दिए ।

मिर्गौला पीडित बिरेन्द्र नेपाली

संस्थाका अध्यक्ष लक्ष्मी दर्नालले ’वैदेशिक रोजगारमा आएका टिकटकर सबै मिलेर खोलिएको यस संस्थाले सामाजिक कामकै लागि बिगत केहि बर्षदेखि जुटेका छौ । सेवा नै धर्म हो हाम्रो संस्थाको मुल नारा नै हो त्यसैले हामीले गरेको सानो सहयोगले कसैको ज्यान जोगिन्छ भने हामी किन पछि हटने । उनका अनुसार मिर्गौला पीडित नेपालीको उपचारका लागि १० लाख रुपैयाँ आवश्यक पर्ने भएकोले संस्थाका सबै मिलेर रकम पठाईएको बताईन । नेपालीको ज्यान जोगाउन समाजसेवी गिभिना बुद्ध मगरले मुक्तिनाथ बिकास बैंकको खाता नम्बर ०७८२२३००७०४२४८०००००१ मा जो कोहिले पनि आर्थिक सहयोग गर्न सकिने र बिरेन्द्रको ज्यान जोगाउन आफु सङ्गै सबैलाई आग्रह गरेको पनि अध्यक्ष दर्नालले आयोन्युजलाई फेसबुक म्यासेन्जर मार्फत जानकारी दिएकी छिन ।