39Shares

हुदैन विहान मिर्मिरेमा तारा झरेर नगए,बन्दैन मुलुक दुईचार सपूत मरेर नगए यो स्लोक कवि भुपी शेरचनको हो हो यही रचना को सम्झना गर्न तथा नेपाली बिर सहदिहरुको सम्झना गर्न आजको दिन नेपालमा सहदि दिवस मनाईदैछ ।

शहिद भन्नाले आफनो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो । थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए ।

शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विक्रम सम्बत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधि गोली हानी हत्या गरिएको थियो । परिवर्तन ल्याउनकालागि अनि भावी पुस्ता र देशको आयाम बदल्नका लागि आफनो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहिदहरुमा आयो न्युज डटकमको नमन ।

फोटो लक्ष्मी अर्गेजा मगरको फेसबुक वाल बाट

हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफनो दैनिकी शुरु गरेजस्तै हरेक मुलुक बन्नका लागि पनि ऐतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान रहेको छ सोही बलिदानी र अमर गाथाको कथालाई सम्झिीने दिनको रुमपा आज हाम्रा बिर नोपली सहिदहरुलाई सम्मन गरी सम्झीने दिनको रुपमा पनि सहिद दिवस मनाईदै छ । माघ १६ गतेको शहीद दिवस् । परिवर्तित परिपेक्ष्यमा नेपाललाई शहीद दिवसका रुपमा मात्र नभई शजष्द सप्ताहका रुपमा एकहप्ता अगाडि देखिनै विभिन्न कार्यक्रम गरेर मनाईने गरिन्छ । नेपालका महान शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाइन्छ ।

विशेषतः विधार्थी अनि मजदुरहरुको सक्रिय सहभागीतामा नेपाली ईतिहासले आन्दोलन अनि परिवर्तन ल्याउन सफल भएको छ, पुस्तक र कलम अनि औजार दुबै हातमा बोकेर आन्दोलनमा होमिएका अनि सत्यको पक्ष लागेर शहिद भएका सम्पूर्ण शहिदहरुलाई आज नेपालले सम्झना गर्नैपर्छ र गरिरहनेछ । आजको दिनमा हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिक्ताका लागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरु अनि घटनाक्रमहरुले दिने गरेको छ । ती शहिदहरुको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौं भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नैपर्ने बेला आएको छ । शहिदका परिवार अनि घर परिवारका सदस्यहरुको अवस्था दूरदराजमा कस्तो रहेको छ ? विचार गर्न जरुरी छ, शहिदको आशिषको छत्रछाँया यो राज्यलाई जहिल्यै प्राप्त होस् र शहिदका आँशुहरु राज्यले पुछ्न् सकोस् । सहदि दिवसको अबसरमा सबै नेपालीहरुका हार्दिक शुभकामना ।