0Shares

सुनसरी धरान वडा नं १५ की एलिसा खड्काको मोरङको बिराटनगरमा मृत्यु भएको भन्दै उनका परिबार जनले रहस्यमय भएको बताएका छन । १९ वर्षीया एलिसाको केही धारिलो हतियार प्रहारबाट हत्या भएको जस्तो देखिनुका साथै घाटीमा नीलो डाम भएकाले उनको मृत्यु रहस्यमय रहेको परिवारको दाबी छ ।

गत माघ १८ गते राति खड्का बिराटनगर १२ स्थित आफना साथी २७ बर्षिया लक्ष्मी राजवंशीको घरमा पुगेको र त्यही नै अचानक बेहोस भएकी थिईन भने उनलाई राती ९ः१५ बजे विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । लगतै चिकित्सकले मृत घोषणा गरेको थियो ।

यता प्रहरीले पनि सोही आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले लक्ष्मी राजवंशीलाई पक्राउ गरिसकेको जनाएको छ भने पक्राउ परेकी राजबंशीलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान जारी छ । खड्का र राजबंशी एकअर्काबीच जानपहिचान भएका साथी थिए भने उनीहरु लागुऔषध सेवनकर्ता समेत भएको आशंका गरिएपनि मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता खुल्ने मोरङ प्रहरीका डिएसपी टिकाबहादुर कार्कीले जनाएको छ ।