113Shares

फूलहरुको चाड आउनै लाग्दा सुनसरीको धरानमा पाचौ पुष्प प्रर्दशनी तथा मेला स्टलहरु बीचको प्रतियोगितात्मक प्रदर्शनी सहित सुरु भएको छ । “घर आगन होस या सडक किनार रोपी स्वदेशी फुल बिरुवा बनाउ हराभरा” भन्ने नाराका साथ बुधबारबाट प्रदर्शनी सुरु भएको हो ।

लोरिकल्चर एसोसिएसन नेपाल (FAN) द्वारा आयोजित मेलाको उद्घघाटन उद्योग कृषि तथा सहरी बिकास मन्त्रालय प्रदेश नं १ का मन्त्री भक्ति प्रसाद सिटौलाले गर्नुभयो । त्यस क्रममा मन्त्री सिटौलाले पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो । मन्त्री सिटौलाले पुष्प व्यवसायको प्रवर्द्धनका लागि गर्नुपर्ने नीतिगत र लगानी लगायत विषय सहितको प्रस्ताव लिएर आउन एशोसिएशनलाई आग्रह समेत गर्नुभयो ।

मन्त्री सिटौलाले ‘सात वटै प्रदेशमा पुष्प व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गर्दा उपयुक्त हुन्छ वा केन्द्र मार्फत नै काम गर्न सकिन्छ, आवश्यक सुझाव सहित प्रस्ताव लिएर आउनुहोस्, मन्त्रालय तत्काल प्रक्रिया अघि बढाउन तयार छ,’भन्नुभयो । कार्यक्रममा सोही मन्त्रालयका सचिव मेघनाथ तिम्सीनाले पुष्प व्यवसायको विकास, विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग जारी रहने बताए । बाझो रहेको कृषि भूमिमा पुष्पखेती गरी उत्पादन बढाएर निर्यात गर्न सकिने उहाको भनाई थियो ।

सोही क्रममा आफना सम्बोधन राख्नुहुदै लोरिकल्चर एसोसिएसन नेपाल (ँब्ल्) का अध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायको प्रवर्द्धनका लागि विगतमा फयानले अघि सारेका कतिपय परियोजना बजेट अभावका कारण अलपत्र अवस्थामा रहेको भन्दै परियोजनाको निरन्तरताका लागि मन्त्री सिटौलाको ध्यानाकर्षण गराए । उनका अनुुसार फयानले अघि बढाएको लालीगुराँसको व्यवसायिक उत्पादन, रैथाने फूलजन्य उद्योग स्थापना लगायतका कार्य अलपत्र अवस्थामा छन् । उनले पछिल्लो समय सरकारले पुष्प क्षेत्रलाई वेवास्ता गरेको गुनासो समेत गरे ।

लोरिकल्चर एसोसिएसन नेपाल (FAN) सुनसरीका अध्यक्ष खगेन्द्र पोख्रेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा बिशिष्ट अथितिहरु प्रदेश १ सुनसरी क्षेत्र न.१ (क) सांसद रमेश बस्नेत,क्षेत्र न.१.(ख) का सासद बिजय राई धरान १४ का अ वडा अध्यक्ष कृष्ण प्रसाद भटटराई,समाजसेवाी शिव वान्तवा लगायतले मेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

धरान १२ पब्लिक उच्च मा.बि.को खेल मैदानमा आयोजीत ५ औ पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४७ बटा सूचना मूलक १ र फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी १ गरी कुल ५० वटा स्टल रहेका छन् । भने यस वर्षको मेलामा १ नं प्रदेशका बिभिन्न जिल्लाहरु बाट आयात गरी उत्पादन विस्तार गरिएका कयौ नयाँ प्रजातिका गोदावरी लगायतका बिभिन्न फूलहरु समेत प्रदर्शनी तथा बिक्रि बितरणमा राखि मेलाको सुरुवात गरिएको पनि आयोजक लोरिकल्चर एसोसिएसन नेपाल सुनसरी शाखाले जनाएको छ । मेला माघ २९ गतेसम्म सञ्चालन हुने मेला ३५ हजारले अवलोकन गर्ने र करिब ५० लाख रुपैया बराबरको कारोबार हुने अपेक्षा समेत लिएको मेला संयोजक राम कुमार राईले जानकारी दिनुभएको छ ।