0Shares

सुनसरीको देवानगंज गाउँपालिका–६ बाट ठुलो मात्रामा लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार राती साढे १० बजे राजगंज सिनवारी–कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीको गस्ती टोलीले को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई शंका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको हो ।

बरामद उक्त लागुऔषध गाँजा बरामद भए संगै गाडी चालक धरान–१६ सुनसरीका २७ बर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई समेत लाई पक्राउ गरिएको हो । गा“जा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उता मोरङको बिराटनगर महानगरपालिका वडा नं १५ बैङ्क रोडबाट अवैधरुपमा राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । गएको शुक्रबार राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ कि सरिता मिश्राको डेरा कोठामा राजश्व छलि गरी अबैध रूपमा लुकाई छिपाई राखेको अवस्थामा मरिच ७ सय २० किलो ग्राम (२४ बोरा), मसला ३ सय ५० प्याकेट र नरिवल ३० किलो ग्राम बरामद गरेको हो । बरामद गरिएका करिव ७ लाख ७० हजार ६ सय बरावरको अवैध खाद्य सामग्रीहरू र सरिता मिश्रा समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।