95Shares

सुनसरीको धरानमा हरेक बर्ष फलोरिकल्चर एशोसिएसन सुनसरीले आयोजना गर्दे आएको पुष्प प्रर्दशनी तथा ब्यापार मेला यहि माघ २५ गतेबाट सुरु भई माघ २९ गते समापन भयो । मेलाको समुदघाटन गर्न चोजोपोजो राम्रै गरिएपनि अन्तत मेलालाई घरआगनकै ब्यक्तिहरुबाट साथ नपाउदा निराशा छाएको पाईयो ।

धरान सरकार भनौ वा हालसालै नगरपालिकाको मुल गेटमा नै ठुला अक्षरमा लेखिएको स्थानीय सरकार भनौ उनीहरुले समेत कुनै चासो नदिदा अन्तत एशोसिएसनका लागी भने यस पटक धरानको मेला भने निराशामा परणित मात्र भएन अपेक्षा गरेभन्दा न्युन कारोबार गर्दै प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला सकियो ।

आयोजक फलोरिकल्चर एशोसिएसन सुनसरीको आन्तरीक रुपमा तयारी भनौ वा मतभेद भनौ मेलालाई सार्थकता भने दिन सकेन जसले गर्दा आयोजक मात्र होईन समग्र धरानमा पुष्प मेला प्रतिको निराशा भने सर्बसाधारणमा पर्न गयो । मेलामा अहिलेसम्मकै न्युन कारोबार भएको छ । आयोजक फलोरीकल्चर एशोसिएशन सुनसरीका अध्यक्ष खगेन्द्र पोखरेलले मेला समापनको क्रममा पत्रकारहरु माझ बताए । ७० लाख कारोबार हुने अपेक्षा गरेको थियो । तर,पाच दिने मेलामा करिब २० लाख हाराहारीमा कारोबार भएको छ । यसले गर्दा मेला घाटामा गएको छ ।

पुष्प प्रर्दशनी तथा ब्यापार मेलाका सम्योजक समेत रहेका युमेनहाङ राईले कसैले आफुहरुलाई साथ नदिएको पनि प्रतिकृया दिए । उनले भने प्रदेश सरकारबाट २ लाख बजेट प्राप्त भएको भएपनि आफुहरुले आशा गरेको स्थानीय तह त्यसमा पनि धराने मेयर हर्क राज राईको साथ समेत नपाएको बताए । हामी मेयर यहि क्षेत्रका अभियन्ता भन्ने गर्थे तर उहा नत हाम्रो कुनै कार्यक्रममा आई दिनुभयो नत कुनै प्रकारबाट प्रचार प्रसार समेत गरिदिनुभयो । हामीले मेयरसाव पुष्प मेलामा आएर केही कुरा बोल्नुहुन्छ र हाम्रो मेलाको सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्ययमबाट प्रचार प्रसार हुन्छ भन्ने निकै आशाका साथ पनि मेला लगायौ तर दुर्भाग्य भन्नु पर्छ तपाईहरु जस्तो केही अनलाईन मिडिया बाहेक अरु कुनै कतै कसैको भरपुर सहयोग नै भएन ।
राईले थपे धरान उपमहानगरपालिकका मेयरले मात्र ५० हजार बजेटमा तोक लगाईदिनुभयो त्यो पनि १५ प्रतिशत कर काटेर अब भन्नुहोस हामी धराने कै स्थानमा पुष्प मेला लगायौ तर कति नै सहयोग भयो र हामी मेलालाई ब्यवस्थित गर्न सकु । धरानका वडा कार्यालयहरुलाई पनि बजेट माग गरिएको तर कुन वडाबाट कति आउने भन्ने यकिन पनि भएन भने प्रायसजो कसैले सहयोगको हात नबढाएको पनि गुनासो गरे । बजेट अभावकै कारण बोन्साई प्रतिस्पर्धा र अन्य कार्यक्रमहरु गर्न नसकिएको संयोजक राईले बताएका थिए । ‘यो कार्यक्रम स्थानीय सरकारले गर्दा अत्यन्तै राम्रो हुन्थ्यो । धरानलार्ई ग्रिनसिटी, फुलको सहर बनाउने भनिन्छ, तर धरानमै आयोजना गर्दा स्थानीय सरकारले वेवास्ता गर्यो,’उनले भने ‘१० लाखको प्रस्ताव पेश गरेको थियौं, मेयरले ५० हजारको तोक लगाइदिनुभयो ।कार्यक्रम संयोजक राईले मेयर हर्क साम्पाङले विरुवाहरु रोपेको, फुलमा पानी हाल्ने गरेको कार्य राम्रो भएको र त्यसमा नर्सरी व्यवसायीहरु जोडिएकोले सकरात्मक लिएको बताए । मेयरको अभियानमा साथ दिइरहे पनि उद्घाटन समारोहमा बिशिष्ट अतिथिको रुपमा बोलाउदा पनि मेयरसाव नआइदिएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

मेयरको बोली बिक्ने भएकोले आएर सामाजिक सञ्जालमा पोष्ट मात्र गरिदिदा पनि प्रचार हुने अपेक्षा गरिएको तर मेयर ५ दिने मेलामा कुनै पनि बेला नआइदिएकोमा पनि आयोजकले अबको दिनमा धरानमा मेला लगाउनु कुनै तुक नहुने बताए । पाँचौं सँस्करणको मेलामा आयोजकले अपेक्षा गरे वमोजिम अवलोकन र कारोबार हुन सकेन भने आर्थिक मन्दीका कारण पनि पुष्प मेलामा फुलको बिक्रि बितरण भएन । मेला अवलोकन गर्न न्युन उपस्थिति रहयो,बिद्यार्थी बर्गहरुलाई अबलोकन गराईयो मेलामा फलफलका बिरुवा किन्ने भन्दा अबलोकन गर्ने र ती बिषयबस्तुबारे ज्ञान लिन आउनेहरु बढि भएकोले पनि आयोजकको चाहना अनुसार मेला सफल हुन सकेन । मेलामा बाहिरी विभिन्न जिल्लाहरुबाट फूल खरीद गर्न मानिसहरु आएपनि धरानेहरुले मेलालाई प्राथमिकतामा नराखेकोले पनि होला मेला घाटामा गएको संयोजक युमेनहाङ राईले बताए । मेलामा धरान बाहिरबाट मानिसहरु फुल किन्न निकै आएपनि धरानेहरु भनेजस्तो आएन भने फुलको कारबार कम हुनुमा एक महिना अघि मात्र पुष २० देखि २२ गतेसम्म आयोजना भएको धरान उत्सव पनि रहयो ।

धरान उत्सवमा पनि फुल व्यवसायीहरुले स्टल राखेका थिए । त्यही भएर पनि होला धराने मेयर र स्थानीय सरकारको नजरमा हामी जिन्दगी भरी यहि पुष्प ब्यवसायमा लागेकाहरुलाई प्राथमिकता दिइएन । व्यवसायीहरुले धरानका मेयर हर्क साम्पाङ र अन्य जनप्रतिनिधिहरु धरानमै आयोजना भइरहेको पुष्प मेलाको अवलोकन गर्नसमेत नआएको भन्दै गुनासो व्यक्त गरेका छन् । यस्तै, सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि नआएको आयोजक मध्येका अधिकांश सदस्यहरुको गुनासो थियो ।

व्यवसायी शिव वान्ताव राईले उद्घाटन समारोहमा पनि प्रदेशका कृषि मन्त्री, मन्त्रालयका सचिव, प्रदेशका २ जना सांसदहरु आएको तर मेयर साम्पाङ नआएको बताइन् । उपमेयर अइन्द्रबिक्रम बेघा पनि कार्यक्रमको अन्तिम बेला मात्र सहभागी भएको उनले बताइन् । ‘नगर प्रमुख नै अवलोकन गर्न पनि आइदिनुभएको छैन । उदघाटनमा वडा १४ र ८ को अध्यक्ष, एक जना कार्यपालिका सदस्य मात्र आइदिनुभयो, वडा १४ को अध्यक्ष पछि पनि एक पटक आउनु भयो । तर, अरु कोही पनि आइदिनुभएको छैन,’उनले भनिन्,‘उद्योग वाणिज्य संघको पनि कोही आएको छैन । आएर किन्नुपर्छ भन्ने होइन, अवलोकन गरिदिदा मात्र पनि हौसला मिल्थयो नि हैन र ?

स्मरण रहोस यसपटकको मेला लगाउने चोजोपोज चलिरहदा एशोसिएसनकै केही ब्यक्तिहरु मेलामा आफुहरुको मान मर्दन नभएको भन्दै सामाजिक सञ्जालमा आफना असन्तृष्टीहरु पोखेका थिए भने सोही आधारमा केही मिडियाले सामाचार समेत बनाउन भ्याएका थिए । कतै यी र यस्तै प्रकारका गलत प्रयोगका कारण त हैन धरान बिकासको उधोगतितिर लागेको यी र यस्तै चिन्ता आम धराने जनमानसमा बढन गएको पनि नकार्न सकिदैन कि ?