73Shares

माया प्रीतिको गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्दछ । डाँली डाँलीको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको आजको दिनलाई यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको भान हुन जान्छ जसले हरेक ह्दय अनि आँखालाई तानिरहेकै हुन्छ ।

हरेक ब्यक्तिको त्यो पहिलो प्रेम जुन हरेक स्कुलमा लुकाएर दिएको प्रेम पत्र, घण्टौ घोरिएर शब्द रोजी रोजी पठाएका म्यासेजहरू,राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरू,पहिलो भेटमै जुधेका आँखाहरू अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमा भाषका पलहरू मन परेको केटा या केटी सङ्गै हुदा या बोल्दा महसुस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसार तर्फ लाने त्यो संसार नै हौ प्रेम दिवस । प्रेमिल जोडिहरु मायाका कथाहरू याद गर्दै मायाका नया आयामहरूको सुरुवात गर्ने विशेष दिन हो आज भ्यालेन्टाइन डे ।

पश्चिमी सभ्यताका आयातित ’डे’ को रुपमा भएपनि आजको भ्यालेन्टाइन डे लाई आलोचना संगै नवयुवा यवतीहरुले सजाएरै राखेको पाईन्छ । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्वपूर्णताका साथ मायाको कुरा गरिने दिनको रुपमा रहेको छ यो भेलेन्टाईन अर्थाथ प्रेम दिवस । मानवता आत्मसाथ गरिन्छ भने नेपालीहरूलाई दिन विशेष दिन भईदिएको छ यो भेलनटाईन डे ।

आज मायाका भावनाहरू साटासाट गर्ने दिन हो भेलेन्टाईन अर्थात प्रेम दिवस । आज लुकीचोरी धेरै जनाले आफना मायाका भावनाहरू साटासाट गर्नेछन्, धेरै प्रेम कथाहरू सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू बन्न पुगेका छन भने कयौ प्रेमिल जोडिहरुको कथाहरु ईतिहासमा नै लेखिन गएका पनि छन । कतिपय त्यस्ता प्रेम कथाहरूमा ब्रेक पनि लाग्लान् तर यसको अर्थ संसार सक्किएको होइन, तपाईँलाई माया गर्ने पात्रको खडेरी परेको हैन,शायद तपाईलाई धेरै माया अर्कै पात्र पो अन्त कतै छ कुरी बसेको छ की भन्ने दिनको आभाष गराउने दिन पनि हो ।

संयोगान्त कि वियोगान्तका अनगीन्ती प्रेम कथाहरु छ । एउटा अचम्मको तथ्य के छ भने, ’संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेम कथाहरू संयोगान्त भन्दा वियोगान्त छन् ।’ अर्थात् माया सहज छैन, उदाहरण का लागि भगवान् श्री कृष्ण अनि राधाबिच समेत विवाह भएको थिएन,मुना–मदन, हिर र रान्झा देखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन् तर यी प्रेमी जोडिलाई आज पनि संसारले आदर र महत्वका साथ प्रेमील मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण ।

इटलीका सम्राट् क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाउदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रूपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाइने गएिको छ । करोडौको संख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, गुलावका फूल तथा गुच्छाहरू अनि विभिन्न उपहारहरूको आदान–प्रदान गरी यो मायालु दिनको उत्सव मनाईदैछ ।

सम्राट् क्लाउडिअस २ ले भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दी बनाएर राखेको समयमा बन्द गृहको एक सिपाहीकी छोरीस“ग यिनको प्रेम रहन गएको र मृत्यु अगाडी उनले आफनी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफूलाई प्रेषकका रुपमा गरिएको एउटा सम्बोधन गरिएको पाईन्छ । त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले ह्दयनिकट व्यक्तिलाई आफना भ्यालेन्टाईनका रुपमा सम्झिने गर्दछन् ।

प्रेमलाई केवल प्रेमी प्रेमिकास“ग मात्र नभई संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरू बिचमा मायाको शीतल आँचल लहराई रहेकै छ भने माया धर्म,शक्ति अनि शान्तिको प्रतिक पनि बनीनै रहेको मानिन्छ । माया प्रेम त आखिर हाम्रो मनै त हो नि जो स्विकारिए पनि या अस्वीकार गरेको भए पनि आत्तिने अनि मात्तिने गर्नु समेत हुदैन । आफूले एकोहोरो चाहदैमा त्यो माया प्राप्त हुनपर्छ भन्ने जरुरी पनि छैन । एक अर्काबिच अचानक जुट्न पुग्ने मनको तार, जब बज्छ थाल्छ तब सबै प्रेमील सङ्गीत अपूरा लाग्न थाल्छन्, दिनभरिका कुराहरू अधूरा लाग्न थाल्छन् । यसो भनिरहदा मायाका नाममा कुनै र्दुब्यबहार पनि नभएका होईन तर मायामा दुरब्यवहार नभई सम्मान गर्न सिकौ अनी मायाको पहिचान बनाऔ यहि नै हो यस बर्षको सबैमा भ्यालेनटाईन डे को आयोन्युज डट कमको तर्फबाट सबैमा शुभकामना ।