36Shares

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा ‘धरान एक्स्पो २०७९’को समुदघाटन भोली दिउसो १ बजे हुने भएको छ । धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा फागुन ११ देखि २० गतेसम्म आयोजना हुने एक्स्पो धरान रंगशालाको तल्लो खेल मैदानमा हुनेछ । एक्स्पोका लागि पहिलो पटक डोम प्रबिधिसंगै रंगशालामा अस्थायी संरचना निर्माण गर्नुका साथै आवश्यक अन्य व्यवस्थापनलाई आयोजक अन्तीम तयारी संगै कार्यक्रमको लागी तयार पारिसकेको आज बुधबार अपराहन्न ५ बजे एक्स्पो हुने स्थलमा नै पत्रकार सम्मेलनको आयोजना गरी उद्योण बाणिज्य संघका अध्यक्ष बिजय श्रेष्ठले जानकारी दिनुभयो ।

निकै नै सजावटीका बन्दो बस्तीसंग गर्न लागेको उक्त एक्स्पो भने कुनै समय पब्लिक उच्च मा.बि को खेल मैदानमा लाग्दै आएको दशै मेलाभन्दा कम छैन । एक्स्पोमा कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

एक्स्पोलाई सफल बनाउन २५१ सदस्य आयोजक समितीले अहोरात्र खटेर तयारी सम्पन्न गर्न लागी परेको अध्यक्ष श्रेष्ठले बताए । उनले एक्स्पालाईे स्थानिय सरकार धरान उपमहानगरपालिका, जिल्ला समन्वय समिती तथा प्रदेश १ सरकारको सहयोग रहेको बताए । भारतीय खेल तामासालाई समेत स्थान दिइएको उक्त एक्पोमा १२३ वटा स्टल निर्माण गरिएको छ भने हालसम्ममा ११५ बटा स्टल बुकिङ भइसकेको र बुकिङको क्रम जारी नै रहेको जानकारी श्रेष्ठले जानकारी दिए ।

एक्सपोको उद्घाटन प्रदेश १ का माननीय मुख्यमन्त्री हिक्मत कार्कीले गर्नुहुनेछ भने उक्त एक्स्पोमा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र सांघाई,पूर्व अध्यक्ष चण्डीराज ढकाल लगायत इटहरी उद्योग बाणिज्य संघ, त्रियुगा उद्योग बाणिज्य संघ र धनकुटा उद्योग बाणिज्य संघको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थीती रहने छ । त्यस्तै फागुन २० सम्म चल्ने सोही एक्स्पोको समापन कार्यक्रममा नेपाल सरकारका माननिय संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको उपस्थीती समेत तय गरिएको उद्योण बाणिज्य संघले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

एक्स्पोको सुरक्षाका लागी सिसीटीभी जडान गरीएको छ भने दैनिक २० जना शसस्त्र प्रहरी, १० जना नेपाल प्रहरी तथा २० जना निजी सेक्युरेटी गार्डले सुरक्षा प्रदान गर्ने ब्यवास्था समेत मिलाइएको छ । एक्सपोमा भारत पाकिस्तान र बंगलादेशका १५ वटा स्टल रहने छन । पर्यटन संग सम्बन्धीत ४ वटा, स्वास्थ्य संग सम्बन्धीत ४ वटा स्टल रहने छन । एक्स्पोमा साहित्यसंग सम्बन्धी स्टल पनि राखिएको संघले जनाएको छ। त्यस्तै धरान एक्स्पो दिउसो २ बजे सम्म प्रबेश निशुल्क रहनेछ भने २ बजे पछिको प्रबेशमा ५० रुपैयाको टीकटदर समेत राखिनुका साथै स्थानिय उत्पादनको व्यापारलाई प्राथामिकता संगै हरेक दिन राष्ट्रिय कालाकारहरूको साङ्गीतीक प्रस्तुती समेत रहने र दर्शकहरुले मनोरञ्जनल लिन सक्ने आयोजकले जनाएको छ ।

धरान एक्स्पो २०७९ लाई सफल बनाउन धरानका सबै संघ संस्था, शिक्षण संस्था, उद्योगी ब्यापारी, यातायात, सञ्चार क्षेत्र, सुरक्षा निकाय, सुनसरी जिल्लाका सबै स्थानीय सरकार, राजनितिज्ञ, बुद्धिजिबी लगायतबाट सहयोगको अपेक्षा समेत राखेका उद्योग बाणिज्य संघले जनाएको छ । आयोजक संघले यस एक्स्पोले अर्थतन्त्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । जहा ‘मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा संगै ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास पनि आयोजकको छ ।

मितेरी डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स, टुबोर्ग बियर, हुन्डाई, निक, त्रिवेणी ग्रुप, लक्ष्मी र यति कार्पेट मुख्य प्रायोजकका रहेको एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान रहेको छ ।

यसैबीच धरान एक्स्पो २०७९ मा सुनसरीका रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिईएको छ । जहा मह अचारका परिकारहरुको स्टाल रहनेछ । औद्योगिक, व्यापारिक, कृषि, पर्यटन, खेलकुद र साहित्यीक क्षेत्रलाई केन्द्रमा राखेर आयोजना हुन लागेको प्रदर्शनीमा मह,माछा, सुकुटी, अचार, चिया, फूल, धराने कालो बङ्गुर जस्ता सुनसरीका अग्र्यानिक उत्पादनलाई विशेष स्थान दिइने एक्स्पोका स्टल संयोजक विष्णु बरालले जानकारी दिएका छन् ।

अग्र्यानिक उत्पादन बाहेक प्याराग्लाइडिङ, तमोर–चतरा ¥र्याफटिङ लगायत साहसिक खेल र पर्यटन क्षेत्रलाई पनि उच्च प्राथमिकता दिइने छ । त्यसबाहेक धरानमा आयोजना हुन लागेको एक्स्पो अवधिभर धरान क्षेत्रमा रहेका होटलसंग सहकार्य गर्दै एक्स्पो घुम्न आउने अवलोकनकर्ता, व्यवसायी र उद्यमीलाई विशेष प्याकेज उपलब्ध गराईएको पनि स्टल संयोजक बरालले बताए ।