0Shares

सुनसरीको धरान उपमहानगरपालिकाले आधुनिक खेतीतर्फ किसानलाई आकर्षण गर्न आधुनिक कृषियन्त्र वितरण गरेको छ । धरानका १० वटा कृषि र्फम तथा फर्मका किसानहरुलाई खेत जोत्नका लागि पावर मिनी टेलर वितरण गरेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

पावर टिलर पाउने कृषी फर्म तथा कृषकहरुमा धरान १७ का धनबहादुर बिष्ट,धरान १३ का पञ्चकन्या गाई फार्म,धरान ४ का होनिती कृषी फर्म,सुम्नीमा पारुहाङ कृषी फर्म र बसन्तटार कृषी फर्म लगायतका रहेको छन । उक्त औजारको लागी ७० प्रतिशत नगरपालिका तथा ३० प्रतिशत किसान आफैले लगानी गरेर प्राप्त गरेका छन । जहा प्रत्येक पावर टिलर बराबर १ लाख १० हजार रुपैयामा पर्न गएको हो ।

सो क्रममा उपमहानगरपालिकाका मेयर हर्क राज राईले परम्परागत खेतीलाई आधुनिकीरण गर्ने लक्ष्यका साथ औजार वितरण गरिएको बताए । किसानहरुलाई राम्रोसंग प्रयोग गर्न र सञ्चालन बिधि समेत बुझन आग्रह गरे । कृषक भन्दा ठुलो संसारमा अरु केही नहुने भन्दै यो औजार प्रयोग गरि धेरैभन्दा धेरै कृषि योग्य तरकारी फलाउन पनि आग्रह गरे । परम्परागत रूपमा खेती गर्दै आएका किसान आधुनिक मेसिन पाउदा खुसी भएका छन । वर्षौंदेखि तरकारी खेती गर्दै ती किसानहरुले मिनी टेलर समाउदै आधुनिक तरिकाले खेती गर्न सहज हुने कुरामा बिश्वास ब्यक्त गर्नुभएको थियो ।