9Shares

संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आसरा सुधार केन्द्र पानवारी धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाले आसरा सुधार केन्द्रको भौतिक संरचना, मेस, बिद्यार्थीहरुको आवास र सरसफाईको अवस्थाबारेमा समेत जानकारी लिनुभएको छ । निरीक्षणको क्रममा सिंहले बिद्यार्थीहरुलाई लागुऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नु पर्छ भन्ने किसिमको उत्प्रेरणात्मक सन्देश दिनुहुदै केन्द्रमा भर्ना भएका बिद्यार्थीहरुलाई सौहार्दपुर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको हुदा उच्च स्तरीय उपचार पद्धति द्दारा उपचार गर्न परामर्स दाताहरुलाई अनुरोध गर्नु भयो । यसका साथै वहाँले आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भई सुधार केन्द्रमा कार्यरत रहन समेत निर्देशन दिनुभयो ।

उता प्रहरी महानिरीक्षक सिंहले निर्माणाधिन १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउ मोरङको पनि निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी तालिम केन्द्रको आवाश, मेस तथा भौतिक पुर्वाधारको अवलोकन समेत गर्नु भएको हो । मोरङको सुन्दरहरैचा नगरपालिका (८ गोठगाँउमा नव निर्मित प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा अवलोकन गर्नु हुदै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा तालिम केन्द्रका सह (समादेक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतिकरण समेत गर्नु भएको थियो ।

यसैबीच एक नम्बर प्रदेश प्रहरी अस्पतालको समुद्धाटन सम्पन्न भएको छ । मोरङ जिल्लाको बेलबारी नगरपालिका ३ मा रहेको पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा संचालित प्रदेश प्रहरी अस्पतालको एक बिशेष कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिधिवत रुपमा अस्पताल भवनको समुद्धाटन गर्नु भएको हो । नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुदै गरेको र प्रदेश भरीका प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेश प्रहरी अस्पतालको स्थापना गरी समुद्घाटन भएको हो । भवन उद्घाटन पश्चात प्रमुख अतिथि प्रहरी महानिरीक्षक सिंह लगायत अन्य अथितिहरुले नव निर्मित भवन साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गर्नुभएको थियो ।

भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले १ नम्बर प्रदेशमा रहेका पुर्व प्रहरी कर्मचारी, अमररअशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रीत परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उदेश्यले प्रदेश प्रहरी अस्पताल संचालनमा ल्याईएको बताउनु भयो । यसका साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीहरुले समेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन हुन कार्यरत प्राबिधिक प्रहरी कर्मचारूहरूलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले नगरवासीहरु उत्साहित रहेको बताउँदै हरेक नागरीकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम भुमिका रहने र अस्पतालको स्तरोन्नती लगायत हरेक क्षेत्रमा सहयोग र समन्वयको लागी नगरपालिका सदैव तत्पर रहेको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सिमित श्रोत र साधनका बिच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनु भयो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले स्वागत मन्तब्य राख्नु हुँदै प्रहरी कर्मचारीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी अस्पताल निर्माण कार्यमा सहयोग पु¥याउनु हुने सबैमा हार्दिक आभार प्रकट गर्नु भयो । यसका साथै वहाँले प्रहरी अस्पतालबाट तल्लो तहका प्रहरी कर्मचारीहरु सेवाबाट प्रत्यक्ष लाभान्वित भई अहोरात्र सेवामा समर्पित हुने र आश्रित परिवार तथा पुर्व प्रहरी कर्मचारीहरुलाई समेत स्वास्थ्य सेवा प्रदान हुने हुँदा अझ प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा प्रदेश प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा। सरोज सिंहले प्रदेश प्रहरी अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसका साथै प्रदेश प्रहरी अस्पतालमा तत्काल ३ जना बिशेषज्ञ चिकित्सक सहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने छ भने सेवा बिस्तारको क्रममा अन्य सेवाहरु समेत क्रमश थप हुदै जाने प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न स्थानिय निकायका जनप्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा स्थानिय बासीहरु समेत गरी करिव ७ सय जनाको उपस्थिति रहेको थियो ।