238Shares

राजनितिक दल तिनका भातृसंगठन तथा बिभिन्न ब्यक्तित्वहरुको आलोचनाको बाबजुत धरानका मेयर हर्क साम्पाङले अन्नत बिना लेखापरिक्षण धरान खानेपानी व्यवस्थापन बोर्डको हिसाव किताब सार्बजनिक गरेका छन । धरान खानेपानी ब्यवस्थापन वोर्ड काननुत नेतृत्व बिहिन भएकै बेला आफुलाई स्वघोषीत गर्न सफल भएका धराने मेयर हर्क साम्पाङ आफु धरानको मेयर भएर आएपछिको हिसाब एवं आयव्यय सार्वजनिक गरेका हुन ।

गएको जेष्ठ २ गते मंगलबार निवर्तमान मेयर तिलक राईले आफुले नगद र जिन्सी सरसमान गरी ७ करोडको हाराहारीमा बोर्डमा रकम छोडेको र उक्त खर्चबारे नेपाल पत्रकार महासंघ सुनसरीले गरेको पुर्ब मेयरहरुसंगको अन्तरकृया कार्यक्रममा बताएका थिए । साथै, विभिन्न राजनैतिक दलका नेताहरुले पनि बोर्डको खर्च र कामकारबाहीको पारदर्शिता माथि प्रश्न समेत उठाएका थिए । धरान खानेपानी बोर्डका अध्यक्ष खानेपानी ब्यवस्थापन वोर्डका सादस्यहरुबाट चुनिने ब्यवस्था भएपनि ती पक्रिया समेत पार नगरी आफुलाई स्वयम स्वघोषीत गर्न पछि नपरेका धराने मेयर साम्पाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै निवर्तमान मेयरले ७ करोड रकम छोडेको भनाई झुटो भएको बताएका थिए । उनले विगतमा खानेपानीको बोर्ड अध्यक्ष नगर प्रमुख हुने भन्ने निर्णयको आधारमा नै अहिले आफु बोर्डको अध्यक्ष भएको पनि दावी गरेका छन ।

पत्रकार सम्मेलनमा बाडिएको आयब्यायको जानकारी कागज पत्र

उनले आफु जेठ १० गते बोर्डमा पदस्थापन हुदा बैंकमा ४ करोड ४४ लाख ३४ हजार ३६५ रुपैया मात्र मौज्जाद रहेको जानकारी दिएका छन । उक्त रकममध्ये १ करोड ८७ लाख १ हजार ६१९ रुपैया पहिलाको तिर्नुपर्ने रकम तिरेपछि अघिल्लो आर्थिक बर्षको २०७९ असार मसान्तसम्म २ करोड ५७ लाख ३२ हजार ७३७ रुपैया मात्र मौज्जाद रहेको पनि मेयर साम्पाङले बताएका छन । त्यस्तै अघिल्लो आर्थिक बर्ष २०७९ जेठ महिनामा १ करोड ३ लाख ७८ हजार ५३४ रुपैया र असारमा १ करोड १० लाख ९० हजार ११९ रुपैया आय भएको पनि मेयर साम्पाङले पत्रकारहरुमाझ जानकारी दिएका थिए । उनले गएको २०७९ जेठ महिनामा विभिन्न शिर्षकमा व्ययतर्फ १ करोड १५ लाख ७४ हजार ७२१ रुपैया भएको थियो भने असारमा २ करोड ६९ लाख ९५ हजार २४६ रुपैया खर्च भएको पनि बताएका छन ।

यसैगरि, चालु आर्थिक बर्ष २०७९÷०८० मा साउनदेखि बैशाख सम्मको आम्दानी हुर्दा कुल १४ करोड ४६ लाख ८२ हजार ७९० रुपैया रहेको साम्पाङले जानकारी दिए । त्यसमध्ये अघिल्लो आर्थिक बर्षको मौज्दात २ करोड ५७ लाख ३२ हजार ७३७ रुपैया, धारा जडानबाट शुल्क वापत १ करोड १६ लाख ६० हजार ८५९ रुपैया आम्दानी भएको पनि जनाएको छ । यस्तै, खानेपानी महशुलतर्फ रेल्वे काउन्टर, पिण्डेश्वर काउन्टर, सुम्निमा काउन्टर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत गरि १० करोड ६६ लाख ६२ हजार ७३९ रुपैया आम्दानी भएको छ भने माछापुच्छ्रे बैंकबाट ब्याजतर्फ ६ लाख २६ हजार ४५४ रुपैया पनि आम्दानी भएको छ । यस्तै, गत साउनदेखि बैशाखसम्म विभिन्न शिर्षकमा १४ करोड १० हजार २११ रुपैया खर्च भएको पनि मेयर साम्पाङले जानकारी दिएका छन् । यसैबीच गत फागुन तेस्रो सातादेखि श्रमदानको रुपमा कोकाहा खानेपानी श्रमअभियानको घोषणा सहित जारी रहेको श्रमदानमा हाल सम्म ३ करोड ५० लाख बढी नगद सहयोग प्राप्त भएको छ भने १ करोड २० लाख बढीको पाइप सहयोग भएको जनाएको छ ।

माया धराने साबुन उद्योगको लागी श्रमदान गर्दे गरेको फोटो

श्रम अभियानको बिना कुनै लेखापरिक्षण गरी पत्रकारहरु माझ आजै शुक्रबार आयव्यय सार्वजनिक गर्दै अभियानका नेतृत्वकर्ताहरुले कोकाहा खानेपानी अभियान शुरु गर्नुअघिको मौज्जात रकम २७ लाख ८ हजार ३२४ रुपैया रहेको जानकारी दिएको छ । त्यसबाहेक कोकाहा श्रमअभियान शुरु भएपछि फागुन २२ देखि चैत १८ गतेसम्म १ करोड २८ लाख ५९ हजार १३२ रुपैया दाताहरुबाट सहयोग प्राप्त भएको थियो भने चैत १९ देखि बैशाख २३ गतेसम्म १ करोड ८७ लाख ६० हजार ३३७, बैशाख २४ गतेदेखि जेठ ४ गतेसम्म ३३ लाख ८० हजार ७९९ रुपैया सहयोग प्राप्त भएको अभियान टिमका समिर तामाङले जानकारी दिएका छन ।

यस्तै, नगद सहयोगबाहेक दाताहरु आफैले खरिद गरेर १ करोड २० लाख ३८ हजार ७०४ रुपैया बराबरको जिन्सी पाइप सहयोग गरेको पनि उनले बताए । ‘कोकाहा अभियान शुरु हुनुअघिको मौजाद रकमसहित कुल ३ करोड ७७ लाख ८ हजार ५९२ रुपैया दाताहरुबाट सहयोग प्राप्त भएको छ,’उनले भने,‘१ करोड २० लाख ३८ हजार ७०४ रुपैया बराबरको पाइप पनि प्राप्त भएको छ ।’ अहिले ३० लाख ७६ हजार ५० रुपैया नगद मौज्जाद रहेको पनि उनले बताए । कुल आम्दानीमध्ये विभिन्न शिर्षकमा ३ करोड ४६ लाख ३२ हजार ५४१ रुपैया खर्च भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसमध्ये सबैभन्दा बढी गत फागुन २२ देखि जेठ ४ गतेसम्मको पाइप खरिदमा २ करोड ५० लाख २४ हजार ५३५ रुपैया बराबर खर्च भएको छ ।

यस्तै, कोकाहा श्रमअभियानसँगै धन्यवाद ट्यांकी निर्माण, आशो पार्क क्षेत्रको टहरा स्थानान्तरण गरि वेलकम ट्रस निर्माणलगायतमा पनि श्रमदान चलिरहेको र ती सबैमा खाजा, पानी, खाजामा कुल २८ लाख ४ हजार ५५३ रुपैया खर्च भएको छ । यस्तै, टोटन तार तथा भल्व खरिदमा २० लाख ८१ हजार ६७४ रुपैया, भाडा तथा ढुवानीमा १८ लाख ७३ हजार २६८ रुपैया, इन्धन खर्चमा ४ लाख ६२ हजार ८१३, कर्मचारी ज्यालामा ११ लाख ७१ हजार ५७३, ४ वटा जेनेरेटर खरिदमा २ लाख ३० हजार खर्च भएको पनि जानकारी दिइएको छ । यसैगरि, खानेपानी व्यवस्थापन बोर्डका स्टोर प्रमुख गंगा भट्टराईले कोकाहा खानेपानी अभियानमा बोर्डको रकमबाट टेण्डर प्रक्रिया मार्फत ८३५ थान पाइप ( ५ हजार १० मिटर ) खरिद गरिएको जानकारी दिएका छन । उक्त पाइप खरिदमा बोर्डबाट ५७ लाख ३६ हजार हजार ३२० रुपैया खर्च भएको पनि उनले बताए । यस्तै, विगतमा कोकाहा श्रमअभियानदेखि नै दाताहरुको सहयोगले खरिद भएर बोर्डमा स्टक रहेको ९ लाख १४ हजार ८९९ रुपैया बराबरको ११३ थान पाइप पनि प्रयोग गरिएको स्टोर प्रमुख भट्टराईले जानकारी दिएका छन ।

कोकाहा खानेपानीको अभियन्ताहरुद्धारा आयाब्याय सार्बजनिक गर्दे गरेको फोटो

उनका अनुसार हालसम्म कोकाहा श्रमअभियानमा दाता, खानेपानी बोर्ड र दाताहरुबाट आएर स्टोरमा रहेको पुरानो पाइप समेत गरेर कुल ३६ हजार ९९१ मिटर पाइप (६ हजार १६५ थान ) फिल्डमा पुगिसकेको छ । यो सबैको मुल्य ४ करोड ४६ लाख ३३ हजार ४३८ रुपैया भएको पनि भट्टराईले बताए । सर्वे काम सकिएको र कुल ४२ किलोमिटर दुरी निस्किएको जानकारी दिदै उनले अझै ५ किलोमिटर पाइप खरिद गर्न आवश्यक रहेको पनि बताए । कोकाहा श्रमअभियानका प्रमुख म्यानेजर दत्तकुमार लिम्बुले सबै आय व्यय चुस्तदुरुस्त राखिएको र जसले पनि आफुलाई सम्पर्क गरेर खर्च विवरण हेर्न सक्ने बताएका छन । उनले अनाश्वयक र फजुल खर्च नगरिएको दाबी गर्दै दाताहरुको विश्वास गुम्न नदिने पनि बताई रहदा उनैले श्रमदान स्थलमा खोलाको पैसा खोलैमा गयो कस्को बाउको के गयो भनेर आलोचीत समेत हुनु परेको थियो ।

स्मरण रहोस धरानका मेयर हर्क साम्पाङले श्रमदानबाटै माया धारने साबुन उद्योग,बेसार उद्योग,बायु उर्जा लगायतका करिब दर्जनौ जती आयोजना तथा निर्माणका कार्यहरु चलाउदै आएतापनि ती कुनैको पनि आर्थिक पारदर्शिता कानुनी तबरले लेखापरिक्षण मार्फत गर्न सकेको छैन भने ती सम्पुर्णको पारदर्शीता देखाउन बिभिन्न क्षेत्रका ब्यीक्तत्वहरुले पटक पटक कुरा उठाउदै माग समेत गर्दे अँएका छन ।