24Shares

सुनसरीको धरानमा बि.स. २०७२ साल चैत्र २० गते स्थापना भई एच आई भी संक्रमितहरुको क्षेत्रमा कार्य गर्दे आएको सामाजिक संस्था धरान पोजेटिभ समुहले एक दिने समन्वयात्मक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार धरान उपमहानगरपालिकाको कर्मचारी एोसिएशनको भवनमा एच आई भी एडस सम्बन्धी स्थानीय स्तरमा सरोकारबाला संग समन्वयात्मक तथा एच आई भी संक्रमितरुको गुणस्तरीय जीवन बिषयक गोष्टी नाम दिईएको उक्त कार्यक्रममा २० वटै वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधीहरुको सहभागीत गराईएको थियो ।

सो क्रममा कार्यक्रमका प्रमुख अतिथि धरानका मेयर हर्क राज राईले धरानमा रहेका संक्रमितहरुको गुणस्तरीय जिवनमा कसरी परिबर्तन ल्याउन सकन्छि भन्ने उदेश्यले गरेको कार्यक्रममा आफनो एकैबद्धता रहेको बताएका थिए । उनले बिभिन्न क्षेत्रका ब्यक्तिहरुको स्वास्थ्य नै ठुलो कुरा भएको भन्दै हामी स्वास्थ्य बिगारी बिगारी धन कमाउन तिर लाग्ने गर्दा सबैभन्दा मुर्खता देखाएको बताएका थिए । मेयर राईले ब्यस्तताका कारण पनि हाम्रो स्वास्थ्य बिग्रदै गएको बताए भने उनले लागाुऔषध दुब्र्यशनको कुरा गर्दे सबैले आ आफनो स्थानबाट यो कार्य अगाडी बढाउन पनि आग्रह गरे । उनले भने एकै स्थानमा ५ हजार मान्छे भेला भएर गर्नेपर्छ भन्ने चाही होईन ।

यो एचआईभी एडस लागुऔषध संग सम्बन्धीत रहेको बताउदै दुब्र्यसनमा फसेकाहरुले रात हो कि दिन हो भनेर छुटयाउन नसक्दा यस प्रकारको रोगको जोखिम समेत बढेको बताए । राईले यस कार्यका लागी सबै क्षेत्र र राजनितिक दलहरुले समेत आ आफनो स्थानबाट महत्वपुर्ण भुमिका खेल्नुपर्नै बताएका थिए ।

त्यस्तै कार्यक्रममा सोही क्षेकमा कार्य गर्दे आएका सामाजिक कार्यकर्ता रोमन राईले कुनै समय कुन बिरामीको शाररीक रुपमा रोग पचाउने क्षमता के कति छ सोही अनुसार उपचार समेत हुने गरेको भएपनि अहिले आएर यो अबस्था नरहेको बताए । राईले हाल कोशी प्रदेशको ७ बटा जिल्लाका अस्पतालहरुमा स्वास्थ्य कार्यलयबाट निशुल्क औषधी उपचारका साथै परामर्श समेत दिने गरेको बताए । सो क्रममा राईले एच आईभी र ती रोगबाट बच्न तथा रोग लागेपछि गनुपर्नै कार्यहरुको बारेमा बिस्तृत जानकारी गराएका थिए ।

त्यस्तै सोही कार्यक्रममा धरानका वडा नं ४ का वडा अध्यक्ष धनकुमार राई, धरान उपमहानगरपालिका स्वास्थ् महाशाखाका प्रमुख उमेश मेहता लगायतका बक्ताहरुले आ आफनो तबर र क्षमताले भ्याए सम्मको सहयोग गर्न तयार हरेको बताएका थिए ।बिभिन्न क्षेत्रका करिब ३०÷४० जनाको सहभागीता रहेको उक्त समन्वयात्मक कार्यक्रममा धरान पोजेटीभ समुहको आयोजना तथा धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाको आर्थिक सहयोगमा सम्पन्न भएको धरान पोजीटीभ समुहकी प्यारामेटीक कमला गुरुङले जानकारी दिइन । उक्त कार्यक्रममा अन्तमा आयोजकबाट २० बटै वडाका जनप्रतिधिरुलाई आगामी आर्थिक बर्षका एच आईभी संक्रमितहरुका लागी आ आफनो वडामा नै आर्थिक रकम छुटयाई यो किसिमको कार्यक्रमलाई थप सहयोग पु¥याईदिनुहुनका लागी कार्यक्रम प्रस्तावना समेत पेश गरिएको थियो ।