0Shares

नेपाल पत्रकार महासंघ कतार शाखाले आफनो १७ औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । “शान्ति र लोकतन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता” भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना गरिएको महासंघ कतार शाखाले नेपाली दूतावासको सभाहलमा शुक्रबार आफनो १७ औं वार्षिक उत्सव केक काटेर भब्यताका साथ मनाएका हुन ।

महासंघ कतार शाखाको स्थापना दिवस हरेक वर्ष मे महिनाको ११ तारीक पर्ने भए पनि यसपाली, सबैको छुट्टी हुने दिन १९ तारिख शुक्रवार पारेर सम्पन्न गरेको नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियालाई उद्धिद गर्दे कतारबाट आयोन्युज सहयोगी लक्ष्मी दर्नाले जानाकारी दिईन । उनका अनुसार मियाकै सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकाल रहेका थिए ।

सो क्रममा महामहिम ढकालले कार्यक्रमलाई सम्बोधनको गर्दे पत्रकार पेशा आफैमा चुनौतीपूर्ण रहेको बताए । उनले नेपालको संविधानले पत्रकारलाई रास्ट्रको चौथो अङ्गमा वर्गीकरण गरेकाले सोही अनुसार समचार लेखनमा सत्यता, निष्पक्षता हुनुपर्नेमा ढकालले जोड दिए । केही पत्रकारले समाजमा अफवाह फैलाउने,बिभाजन गर्ने जस्ता “निच “ पत्रकारीता गर्ने हुदा सबैजना सचेत हुन आग्रह पनि गरे । ढकालले कतारमा रहेका सम्पुर्ण पत्रकारहरुले आफनो पेशालाइ उच्च मर्यादा कायम राख्दै जटिलता ,विश्वशनियता र भोलीको दिनमा निम्ताउने अप्ठ्यारा परिस्थितीहरू सँग जुद्धै कलम चलाउन आग्रह गर्दै दोहामा रहेका विभिन्न संघ संस्था बारे चिन्तन व्यक्त गर्दै आफनो मन्तव्य राखेका थिए ।

संघका उपाध्यक्ष दिल कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख सल्लाहकार तथा रेगिस्तानी कवि तिर्थ सङ्गम राइले मीठो साहित्यक “कविता “ वाचन गरेको थिए । त्यस्तै कार्यक्रम समयमै सुचारु भइ,समयमै सकिएको एक भिन्न विशेष कार्यक्रममा मन्तव्यको लागि छुट्टै ६ जना वक्ता हरु तोकिएको थियो । नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भन्डारी पौडेल,सामाजिक बुद्धिजिवि व्याक्तित्वहरु कमलमणि गुराँगाईं,बिमल सुबेदी,एनसीसी कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,रेडियो कतार उर्दुका पत्रकार ओबैद ताहीर,एम ई आकाश बङ्ला – कतार प्रेस क्लब बाटले विभिन्न शीर्षकमा आ– आफनो धारण राखेका थिए भने कार्यक्रममा बोल्ने सबै बक्ताहरुलाई मायाँको चिनो प्रदान गरिएकोे थियो ।

कार्यक्रममा नेपाली समुदाय बाट नेपाली व्यवसायी तथा अग्रज व्यक्तित्व डा.देव काजी डङ्गोल र अरेबियन गल्फ (Penirsula ) का सिनियर पत्रकार Ashraf siddiqui लाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरिएको थियो । त्यसैगरि QN खबरका संचालक अनिल मगर र सारदा भुजेल लाई प्रोत्साहन पत्र प्रदान गरिएको थियो ।