41Shares

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा धरानबाट कबि राजु स्याङतानको ’अनप्लग पोईट्री टुर २०२३ (कबिता यात्रा) सुरु भएको छ । शुक्रबार धरान १० स्थित किरात राई यायोख्खा भवनको सभाहलमा एक भब्य साहित्यीक तथा सांगीतिक कार्यक्रमको आयोजना गरी उक्त अनप्लग पाईट्री टुर अर्थात कबिता यात्रा सुरु गरिएको हो ।

जहा कवि राजु स्याङ्तानको साथमा गिटरीष्ट तथा संगीत सम्योजक रिदम कडेल,सारंगी टुङनाको साथमा मनिष गन्दर्भ,बासुरीको साथमा प्रकाश रसाईली, तथा डम्फुको साथमा किरण भुषाले मनमोहक धुनका साथै कबितामा बाचनमा थप सौन्दर्यता थपेका थिए । दिउसो करिब २ बजेबाट सुरु गरिएको उक्त कबिता बाचन कार्यक्रममा कवि राजु स्याङ्तानद्धारा लिखित ओ पेईदार्जे कबिता संग्रहका कबिता गुमनाम ताराहरू,आमा तिमी मात, रेमिट्यान्स, नागरिकता, रामबहादुर मार्ग लगायत कविता सुनाएका थिए ।

कबि राज माङ्लाकले लिम्बुनी गाउ, प्रेम कविताको अवसान, गाउ र सहर, सावा खोलाको गीत, राष्ट्रियता र एउटा मिल्कि स तेको पर्स देखेपछि लगायतका कविता सुनाए। त्यस्तै सुन्दर कुरुपले लालमाया धिमालको मुस्कान, सुनसान गाउँ, रक्सी नपिएको साझँ, बाउ, गीतार, सोल्टिनी साइली, पृथ्वीको आविस्कार लगायत कविता प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा बुद्धिजिवी प्रा.डा. टंक न्यौपानेले धरानमा फरक फरक परिवेशमा बसी कविता लेखिरहेका कविहरूलाई अनप्लगमा उभ्याइर निकै नै राम्रा काम गरेको बताए। उनले पूर्वी नेपाललाई साहित्यको हब बनाउनु अनप्लपको उद्देश्य हुनुपर्नै पनि बताए । उनले यस प्रकारको कार्यक्रमले साहित्यसंग समजलाई जोडने काम समेत गर्ने बताए ।

अनप्लग पोईट्री टुरकी कार्यक्रम प्रस्तोता तथा सम्योजक सुनिता तामाङ र कार्यक्रम निर्देशक किरण चाम्लिङबाट सुरुबात गरिएको उक्त कबिता यात्रामा कविहरू सुदिप पाख्रिन,ईन्दु योन्जन नेपाल,चन्द्र गुरुङ,पाराजित पोमु,बिशाल नाल्बो,पल्लवीतप सिघंक निलम गुरुङ लगायतका सुनसरी तथा बिभिन्न जिल्लाका नया तथा पुराना कबि तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो भने उनीहरुले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

यसैबीच सोही कबिता यात्राको सम्पुर्ण टोली भारतको सिक्कीममा यहि मई २१ तरिख अर्थात अन्र्तराष्ट्रिय चिया दिवसको दिन पारेर चिया चर्चा तथा चिया कबिता पुरस्कार कार्यक्रममा समेत सहभागीता हुने र त्यहा पनि यस प्रकारको कबिता बाचन गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।