79Shares

सुनसरीमा आर्थिक बर्ष २०८०÷८१ का लागी सबैभन्दा बढी ईटहरी उपमहानगरपालिका र गाउपालिकाहरु मध्ये सबैभन्दा बढी हरिनगर गाउपालिकाले बजेट पाएको छ । सुनसरीका १२ पालिकालाई आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ भने धरान उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा ७ दसमलब ४५ प्रतिशतले बजेटमा वृद्धि गरी बजेट प्रँप्त गरेको छ ।

आर्थिक बर्ष २०८०÷८१ को बजेटमा धरान उपमहानगरको लागि कुल ९० करोड २ लाख रुपैया बिनियोजन गरेको छ भने अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा ८३ करोड ४ लाख रुपैया बिनियोजन गरेको थियो । उक्त बजेट अनुसार चालू तर्फ ७७ करोड ७६ लाख र पुँजीगततर्फ १२ करोड २६ लाख रहेको छ ।

बिनियोजन बजेटमा समानीकरण अनुदानमा न्युनतम अनुदान ८ करोड २५ लाख, सुत्रमा आधारित अनुदानमा २१ करोड ७५ लाख र कार्य सम्पादनमा अनुदानमा ५२ लाख गरि कुल ३० करोड ५२ लाख रुपैया रहेको छ । त्यसैगरि सशर्त अनुदान तर्फ चालु खर्चमा ४७ करोड २४ लाख, पुँजीगततर्फ ३ करोड ६ लाख गरि ५० करोड ३० लाख, विशेष अनुदान तर्फ पुँजीगततर्फ ३ करोड २० लाख र समपुरक तर्फ ६ करोड बिनियोजन गरेको छ ।

सरकारले सुनसरीका १२ स्थानीय तहहरूलाई विनियोजन गरिएको कुल रकममध्ये चालूतर्फ ५ अर्ब २५ करोड ७१ लाख र पुँजीगततर्फ ७४ करोड ७२ लाख रुपैया विनियोजन गरिएको छ ।जहा सुनसरीका दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउपालिकामध्ये सबैभन्दा धेरै इटहरी उपमहानगरले चालूतर्फ ७३ करोड ९७ लाख र पुजीगततर्फ ३४ करोड ५२ लाख गरी १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पाएको छ । भने नगरपालिकातर्फ सबैभन्दा बढी बराहक्षेत्रले ६३ करोड ८० करोड ७० लाख बजेट प्राप्त गरेको छ । जसको चालू खर्च ६० करोड १६ लाख र पुजीगत खर्च ३ करोड ५४ लाख रहेको छ ।

उता इनरुवा नगरपालिकाले चालूतर्फ ४६ करोड ७५ लाख र पुँजीगततर्फ ३ करोड ९ लाख गरी जम्मा ४९ करोड ८४ लाख, दुहबी नगरपालिकाको चालूतर्फ ४० करोड ९१ लाख र पुँजीगत तर्फ २ करोड ६४ लाख गरी ४३ करोड ५५ लाख बजेट छ । यस्तै, रामधुनी नगरपालिकाले चालूतर्फ ३९ करोड ९ लाख र पुँजीगततर्फ ४ करोड ३ लाख गरी जम्मा ४३ करोड १२ लाख पाएको छ । त्यसैगरी गाउपालिकातर्फ सबैभन्दा धेरै पाउने हरिनगर गाउपालिकाले चालूतर्फ ३६ करोड ६ लाख, पुजीगततर्फ १ करोड ४६ लाख गरी जम्मा ३७ करोड ५२ लाख, कोसी गाउपालिकाको चालूतर्फ ३२ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड २९ लाख गरी जम्मा ३६ करोड १८ लाख पाएको छ ।

यस्तै, देवागन्ज गाउपालिकाले चालूतर्फ ३१ करोड ९० लाख पुँजीगततर्फ २ करोड ६९ लाख गरी ३४ करोड ५९ लाख, भोक्राहा नरसिँह गाउँपालिकाको चालूतर्फ २९ करोड ६ लाख पुजीगततर्फ ३ करोड १५ लाख गरी ३२ करोड २१ लाख पाएको छ भने बर्जु गाउँपालिकाले चालूतर्फ २९ करोड ५ लाख र पुँजीगततर्फ २ करोड ९ लाख र गढी गाउँपालिकाको चालूतर्फ २८ करोड ११ लाख पुँजीगततर्फ १ करोड ५१ लाख गरी जम्मा २९ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ ।