125Shares

दुई देशको हित र पर्यटन बिकासका निम्ती पत्रकारहरुको कलम चल्नुपर्ने भारत र नेपालका पत्रकारहरुले बताएका छन । सोमबार नेपालको सुनसरी जिल्ला स्थित धरानमा आयोजित नेपाल र भारतका पत्रकारहरुको मैत्रीपूर्ण भेटघाट कार्यक्रमको दौरान उनीहरुले उक्त कुरा बताएका हुन।

नेपाल पत्रकार महासंघ सुनसरी शाखा धरान र नेश्नल जर्नलिस्ट एसोसियसन मध्यपुरा भारतका पत्रकारहरु बीच भएको अचानकको भेटघाट र सोही भेटको दौरान गरीएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने अधिकाश नेपाल तथा भारतका पत्रकाहरुले उक्त कुरामा जोड दिएका थिए । बिशेषत नेश्नल जर्नलिस्ट एसोसियसन, मध्यपुरा भारतको जिल्ला अधिवेशनका लागि नेपालको पर्यटकीय स्थल धनकुटाको भेडेटार आएका पदाधिकारीहरुलाई शाखा सुनसरीले स्वागत र सुखद बिदाइ गर्ने क्रममा उक्त कुराको छलफल भएको थियो ।

सो क्रममा आफना कुरा राख्दै नेश्नल जर्नलिस्ट एसोसियसन, मध्यपुरा बिहारका अध्यक्ष डा. सुरेन्द्र कुमारले नेपाल र भारतबीचको वैदिक र पौराणिक सम्बन्ध रहेको उल्लेख गरेका थिए । उनले नेपाल भारतको सम्बन्धलाई थप सुदृढ गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन । नेपाल भारत पत्रकारहरुको सम्बन्ध सुदृढ गर्न नेश्नल जर्नलिस्ट एसोसियसन मध्यपुराले हार्दिकता निर्वाह गर्ने बताए भने उनले भारत भ्रमणका लागि समेत सुनसरीका पत्रकारलाई निमन्त्रणा समेत गरे ।

त्यस्तैगरी नेपालका तर्फबाट बोल्दै वरिष्ठ तथा अग्रज पत्रकार हर्ष सुब्बाले नेपाल भारतका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पत्रकारहरुको मैत्रीपूर्ण र भगिनी सम्बन्ध निर्माण गर्न सुझाव दिएका थिए । उनले भारतीय पत्रकारहरुलाई औपचारिक रुपमा आमन्त्रण गरी धरानका पर्यटकीय स्थलहरुको रिपोर्टिङ गराउने र प्रचार प्रसारका लागि प्रोत्साहित गर्न महासंघ सुनसरीलाई सल्लाह समेत दिए । उनले मध्यपुराका प्राचीन र पर्यटकीय स्थलको प्रचार प्रसारमा समेत सुनसरीका पत्रकारलाई अवसर दिन अनुरोध गरेका थिए ।

भारतीय पत्रकार तथा नेश्नल जर्नलिस्ट एसोसियसन, मध्यपुरा जिल्ला कोषाअध्यक्ष रविकान्तको सम्योजनामा २७ जनाको टोली नोल आएको र सोही टोलीमा सहभागी भारतीय पत्रकारहरुले मध्यपुरामा रहेको शृङ्गी ऋषिको आश्रम स्थलमा साउन महिनामा लाग्ने मेलाका अवसरमा मध्यपुरा भ्रमणका लागि आउन आग्रह गरेका थिए । त्यस्तै नेश्नल जर्नलिस्ट एसोसियसनका तर्फबाट नेपाली सम्पुर्ण पत्रकारहरुलाई आमन्त्रणा समेत गरिएको थियो । उनले आफू १० वर्षअघि धरानमै रहेर पत्रकारिता गरेको प्रसंग उल्लेख गर्दै धरानको धार्मिक पर्यटकीयस्थललाई उजागर गर्न आफूले भूमिका निर्वाह गरेको पनि बताएका थिए ।

त्यस्तै कार्यक्रमको समापनको दौरान नेपाली पत्रकार तथा नेपाल पत्रकार महासंघ सुनसरी शाखाका सल्लाहकार सन्तोष काफलेले क्रस बोर्डर रिपोर्टिङका क्षेत्रमा समेत दुई मुलुकका पत्रकारहरुबीचको एकता आवश्यक रहेको उल्लेख गरेको थिए ।
उक्त कार्यक्रम अघि नेपाल पत्रकार महासंघ सुनसरीको तर्फबाट भारतीय अतिथि पत्रकारहरुलाई रुद्राक्षको माला लगाई स्वागत गरिएको थियो । जहा सुनसरी शाखाका तर्फबाट सह सचिव भोला श्रेष्ठ, तीर्थ कार्की, पूर्व अध्यक्ष हर्ष सुब्बा पुर्ब उपाध्यक्ष सन्तोष काफले पुर्व कोषअध्यष गोबिन्द्र बस्नेत,नेपाल भारत पत्रकार युनियनका अन्र्तराष्ट्रिय उपाध्यक्ष भरतराज शर्मा नेपाल पत्रकार महासंघ सुनसरीका कार्यलय सचिव लक्ष्मी प्रधान, पत्रकारहरु नवराज बिष्ट,डम्बर कार्की,गोपाल प्रयास लगायतका पत्रकारहरुले पाहुना पत्रकारहरुलाई स्वागत गरेका थिए ।

धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले सहितको सहभागीत रहेको उक्त कार्यक्रममा भारतीय पत्रकारलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरिएको थियो भने भारतीय पत्रकारहरुको तर्फबट कार्यक्रममा उपस्थित सम्पुर्ण नेपाली पत्रकारहरुलाई फुलमाला सहित स्वागत सम्मान गरिएको थियो ।

जहा प्रभात खबरका बरिष्ठ पत्रकार चन्दन कुमार नेश्नल जर्नलिस्ट एसोसियसनका संरक्षक तथा मधेपुराका पुर्ब मेयर बिशाल कुमार बब्लु नेश्नल जर्नलिस्ट एसोसियसनका मधेपुरा जिल्ला अध्यक्ष डा. सुरेन्द्र कुमार,जी मिडीया सम्बादाता तथा नेश्नल जर्नलिस्ट एसोसियसनका कोसी प्रमण्डलीय अध्यक्ष शंकर कुमार नेश्नल जर्नलिस्ट एसोसियसनका जिल्ला उपाध्यक्ष अरुण कुशबाहा,राजिब कुमार,सचिव निरन्जन कुमार,रजनीकान्त ठाकुर,डा.सन्जय कुमार,बसीम अक्तर,लगायत भारतका राष्ट्रिय तथा स्थानीय मिडियामा काम गर्ने पत्रकारहरुको उपस्थिति रहेको थियो ।