196Shares

सागुरी धारापानी समाजको आयोजना तथा धरान उपमहानगरपालिकाको उपमेयर कोषको आर्थिक सहयोगमा गत बैशाख २६ गते मंगलबारबाट सुरु भएको २८ दिने ब्युटी पार्लर तालिमको समापन जेष्ठ २२ गते सोमबार गएिको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रमका बीच उक्त सामपन कार्यक्रमको आयोजना गरिएको थियो । सागुरी धारापानी समाजले धरानकै ब्युटीसियन तथा द ब्युटी हबकी सञ्चालीका सुदेश्ना राईको प्रशिक्षणमा उक्त २८ दिने ब्युटिपार्लर सम्बन्धी तालिमको आयोजना गरेको थियो ।

तलिमपछि १६ जना महिलाहरु आत्मनिर्भर र आर्यआर्जनको बाटोमा लागेको पनि आयोजनको भनाई छ । कार्यक्रम समापनको क्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उप मेयर अईन्द्र बिक्रम बेघाले तालिमको मुख्य उद्देश्य स्वरोजगार बनाउनु रहेको बताएका थिए । उनले ‘हातमा सीप भएपछि स्वरोजगार भइन्छ भन्दै कार्य सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए ।

त्यस्तै सोही कार्यक्रममा सागुरी धारापानी समाजका संरक्षक तथा नेपाली कांग्रेस धरानका नेता किशोर राईले रोजगारी हुने अवसरको ढोका खुलेको भन्दै धरान उपमहानगरपालिकाले ५ वर्षसम्म बिना ब्याज पूजी लगानी गरिनुपर्ने बताएका थिए ।
उनले पछिल्लो समय ब्युटी पार्लर तालिमको महत्व झन् बढ्दै गएको बताए । सीप सिकेपछि रोजगारको अवसर र स्थायी रोजगारीको सुनिश्चितनाका लागि स्थानीय सरकार तथा जुनसुकै संघसंस्थाले पहल गर्नुपर्ने समेत बताएका थिए । मुनाफामुखी व्यसायमा सर्वसाधारणलाई उन्मुख बनाउन सके अर्थतन्त्रको जग बलियो बनाउन सकिने उनले धारणा रहेको थियो ।

त्यस्तै साँगुरी धारापानी समाजकी अध्यक्ष तथा सोही कार्यक्रमका सभापति समेत रहेकी गणेशकुमारी राईले २८ दिने ब्युटी पार्लर तालिम जीविकोपार्जनको माध्यम हुन सक्नुपर्ने बताईन भने तालिममा सहभागीहरुलाई तालिमको सदुपयोग गर्न आग्रह गरीन भने महिलाहरु समक्ष बन्न समेत ब्युटी पार्लर तालिमले सघाउ पुर्याउने राईको भनाई थियो ।

एता सोही तालिममा सहभागी भएकी धरान १६ की सुजिना राई आफु सहभागी २८ दिने ब्युटी पार्लर तालिमले आफना पेशालाई अगाडी बढाउन थप मलजल गरिदिएको बताईन । उनले क्षमता अभिवृद्धिका साथै ब्युटी पार्लरसम्बन्धी धेरै ज्ञान पाएकोमा खुशी ब्यक्त गरिन । उनले तालिमपश्चात् भने बिदेश जाने सोच बनाएको पनि बताईन भने धरान १२ कै सुजता राई पार्लर तालिमअघि स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्थिन भने तालिम लिएपछि मेकअपसम्बन्धी सचेतनाले आफुमा ब्युटिसियनको व्यवसाय राम्रो भएको र सञ्चालन गर्दा पैसा कमाउन सकिने जिकिर गरिन् ।

त्यस्तै धरान ९ की एलिना तामाङको पनि ब्युटी पार्लरसम्बन्धी निरन्तर तालिम लिई पार्लर नै खोल्ने बताईन भने बेसिकदेखि प्रोफेसनल लेभलसम्म नै तालिम दिइरहेको जिकिर गर्दै मुख्य प्रशिक्षक द ब्युटी हबकी संस्थापक तथा मेकअप आर्टिस्ट सुदेश्ना राईले प्रशिक्षार्थीहरुमा आत्मविश्वास बढेकोे बताइन् । तालिममा पार्टी मेकअप,दुलही मेकअपलगायत विविध विषयमा प्रयोगात्मक तालिमहरु दिइरहेको थियो ।