163Shares

सुनसरीको धरान स्थित रहेको शक्तिपिठ दन्तकाली मन्दिरमा शनिबार हर्ष बढाइँसहित फूलपाती भित्र्याइएको छ । नेपाली सेना ,सशस्त्र प्रहरीको फुस्रे गुल्म र इलाका प्रहरी कार्यालय सहितका टोलि सहित धरानको पिन्डेश्वर मन्दिर परिसरबाट ल्याइएको फूलपाती भित्र्याइएको हो ।

फूलपाती लिन एका बिहानै दन्तकाली मन्दिरबाट पिन्डेश्वर मन्दिर पुगेका ३ जना पुजारीले खोजेर संकलन गरेको ९ प्रकारका नवपत्रिका अर्थात बनस्पतीलाई विधिपुर्वक डोलीमा राखेर दन्तकाली मन्दिरसम्म सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीयहरुको टोली बाजागाजा र दलबल सहित पिन्डेश्वर मन्दिर पुग्दा स्थानीयले स्वागत गरेका थिए ।

उक्त टोलीलाई स्वागत सगै विधिपुर्वक पूजा आरधना पश्चात नेपाली सेनाले सलामी सहित सम्मान अर्पण गरेसँगै दसैं घरहरूमा फुलपाती भित्र्याइएको हो । फूलपाती भित्र्याउने कार्यक्रममा धरान स्थित रहेको सुरक्षा निकायका प्रमुखहरु,राजनैतिक दलहरु, विभिन्न संघ सस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।

धरानको बिजयपुर स्थित रहेको दन्तकाली मन्दिर कोशी प्रदेशका शक्तिपीठहरूमध्ये एक हो भने दसैं घरहरुमा यही मन्दिरबाट फूलपाती लैजाने चलन छ पनि रहेको छ ।यसैबीच उता धनकुटाको निशान भगवती मन्दिरमा ऐतिहासिक फूलपाती बढाइँ गरिएको छ । प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमापछि तल्लो टुँडिखेलमा विशेष पुजापछि फूलपाती बढाइँ गरिएको छ ।

उक्त अवसरमा नेपाली सेनाले सलामी दिएका थिए । विसं १८३३ देखि फूलपाती बढाइँले निरन्तरता पाएको छ भने परम्परागत झाँकीका साथ निशानदेवी तथा विभिन्न नौ प्रकारका वनस्पति डोलीमा राखेर विशेष पूजा गरिने गरि बढाई गरेका हुन । सो क्रममा अशोका, केरा, जयन्ती, हलेदो, वेलपत्र, धान, सामा, दारिम र माने जस्ता वनस्पतिहरु मन्दिरमा चढाईने गरिएको छ भने यस दिनको विशेष महत्त्व समेत रहने गरेको निशान मन्दिरका पुजारी माधवप्रसाद दाहालले बताए । उक्त फुलपाती बढाइँ हेर्न सर्वसाधारणको भिड लागेको थियो ।

नेपाली सेनाले बडाइँका अवसरमा ब्याण्ड बाजासहित बढाईमा सगभागी भएका थिए । निशानलाई प्रत्येक वर्ष फूलपातीको अवसरमा मात्र मन्दिर बाहिर निकालिन परम्परा छ । सोही परम्परा अनुसार आज विशेष साइतमा बलि दिएर बढाइँ सम्पन्न गरिएको छ ।